अभिनव.कम
▼
Tuesday, September 27, 2011
Tuesday, September 20, 2011
Friday, September 16, 2011
दशैँ आयो, तिहार आउदैछ; अजय ढुंगाना
दशैँ आयो, तिहार आउदैछ
हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा
.........…...............….............................
काठमाडौँमा रहदाको चार पाँच बर्ष टिकाको केही दिन अगाडि मात्रै घर गइन्थ्यो; चाड बाडको समयमा गाडीको टिकट पाउन मुस्किल हुने हुनाले कहिले गाडीमा उभ्भिएर त कहिले माइक्रो बसमा कोच्चिएर | पाँच छ घण्टाको कहालीलाग्दो यात्रा र त्यसको थकान त्यो सबै भुलिन्थ्यो, दशैँमा घर पुगे पछी | दशैँमा घर पुग्दा यस्तो लाग्थ्यो घर मलाई पर्खेर बसिराखेको छ; मेरै प्रतीक्षामा छ; मेरै इन्तजारमा छ | बुबा आमा, छर छिमेक, गाउँ घरका साथी भाइ सबैसंगको फुर्सदिलो भेटघाटले सम्बन्धको आत्मियतालाई फेरी एकपटक नयाँ उचाईमा पुराउथ्यो; अनि रोजगारी र पढाईका लागि मुग्लान छिरेका दाजु भाइ दशैँका लागि क्रमश फर्किरहेका हुन्थे, ति मध्ये कसैसंग त बर्षौ पछि भेटघाट हुन्थ्यो |
Thursday, September 15, 2011
शब्दको किनारैकिनार (कविता); अभि सुबेदी
शब्दको किनारैकिनार
राती
कति आँशु बगे
थाहा पाइनँ
बिहानको खोलाको स्वाँ ! सुनेपछि
वगेको मन झिक्न
हतारहतार शब्दको किनारैकिनार दौडेँ ।
अभि सुबेदी
Source: http://sanjaal.com/
राती
कति आँशु बगे
थाहा पाइनँ
बिहानको खोलाको स्वाँ ! सुनेपछि
वगेको मन झिक्न
हतारहतार शब्दको किनारैकिनार दौडेँ ।
अभि सुबेदी
Source: http://sanjaal.com/