अभिनव.कम
▼
Thursday, January 19, 2012
Sunday, January 15, 2012
माथिल्लो मुस्तांगलाई फलो गर्दै अल-जजिरा
Al Jazeera Correspondent: Mustang: A Kingdom on the Edge
अल जजिराको अफिसियल वेवमा नेपाल टाइप गरेर सर्च गर्दा मुस्तांग सम्बन्धि धेरै सामग्रीहरु भेट्न सकिन्छ | हामीले केही दिन अगाडिको एउटा पोस्टमा मुस्तांगका मनोरम दृश्यहरु राखेका थियौ | ति सबै तस्विरहरु पनि अल जजिराबाटै लिइएक थिए | उक्त सामग्री हेर्नका लागि यहाँ क्लिक गर्नु भए हुन्छ
'दुर्गम मुस्तांगका केही मनमोहक तस्विरहरु' |
माथिल्लो मुस्तांगलाई फलो गर्दै अल-जजिरा

'दुर्गम मुस्तांगका केही मनमोहक तस्विरहरु' |
आजको ब्लगको सामग्री भने अल जजिराले नै माथिल्लो मुस्तांगलाई फलो गर्दै बनाएको डकुमेन्ट्रीलाई लिएका छौ | मुस्तांगको प्राकृतिक सुन्दरताका अलावा, त्यहाँको समस्या, त्यहाँको बौद्ध धर्म, तिब्बत र धर्म गुरु दलाई लामासंगको सम्बन्धका बारेमा चर्चा गरिएको छ | आउनुहोस आज हेरौ अल जजिराले मुस्तांगलाई फलो गर्दै बनाएको यु ट्युबमा उपलब्ध साढे सतचालिस मिनेट लामो डकुमेन्ट्री Mustang: A Kingdom on the Edge
Abraham Lincoln’s letter to his son’s Head Master
Abraham
Lincoln’s Letter to his Son’s Headmaster

It
will take time, I know, but teach him, if you can, that a dollar
earned is of far more value than five found...Teach him to learn to
lose...and also to enjoy winning. Steer him away from envy, if you
can, teach him the secret of quiet laughter. Let him learn early that
the bullies are the easiest to lick...Teach him, if you can, the
wonder of a book...but also give him quiet time to ponder the eternal
mystery of birds in the sky, bees in the sun, and flowers on a green
hillside.
In
school, teach him it is far more honorable to fail than to
cheat...Teach him to have faith in his own ideas, even if everyone
tells him they are wrong...Teach him to be gentle with gentle people,
and tough with the tough. Try to give my son the strength not to
follow the crowd when everyone is getting on the bandwagon...Teach
him to listen to all men...but teach him also to filter all he hears
on a screen of truth, and take only the good that comes through.
Thursday, January 12, 2012
गजल; राकेश कार्की
गजल
पिउँदिन
भन्दा भन्दै अलिकति पिलाई
दियौ
थपुँ
थपुँ लाग्ने गरी यस्मा यो के
मिलाई दियौ
अब
दु:खेन
यो छाती दु:खेन
चित्तको घाउ नै
कस्तो
नशा हो जादुको यो हृदय सिलाई
दियौ
चाँद
पनि हाँसे जस्तो तारा सबै नै
नाचे जस्तो
मधुरो
मैन बत्तीमा अति मजा दिलाई
दियौ
छामुँ
छामुँ लागी रह्यो खुशीहरु
भेटिए जस्तो
सुस्त
छुँदा औँला भित्रै स्पर्शमा
बिलाई दियौ
राकेश
कार्की
लस्
एन्जेलस्
Wednesday, January 11, 2012
दुर्गम मुस्तांगका केही मनमोहक तस्विरहरु
Few delightful portrait of remote Nepal, Mustang.
दुर्गम मुस्तांगका केही मनमोहक तस्विरहरु
Mustang; A hidden kingdom भनेर अलजजिरा टेलिभिजनले आफ्नो वेवसाइटमा लेखेको छ | कुरोको चुरो बुझ्दै जाँदा पश्चिम नेपालका केही जिल्लामा अवशेषका रुपमा रहेको रजौटा प्रथालाई भन्न खोजेको रहेछ | अनि जिग्मे पल्बर बिष्ट अहिले मुस्तांगको राजा रहेछन | तर उनि नै मुस्तांगका अन्तिम राजा हुन् | नेपाल सरकारले सन् २००८ मा रजौटा प्रथालाई खारेज गरे पछि अब उप्रान्त मुस्तांगमा कोही राजा हुन पाउने छैन | बौद्ध धर्मावलम्बी बिष्ट १२औ शताब्दीमा स्थापित मुस्तांग राज्यको अन्तिम राजा हुने भएका छन् | अति नै बिकट उपल्लो मुस्तांग पुरै नेपालबाट भन्दा तिब्बतबाट बढी प्रभावित छ |
अल जजिरा टेलिभिजनले आफ्नो वेव साइटमा राखेको तस्विरहरुमा प्राकृतिक सुन्दरताले भरिएका मनमोहक दृश्यहरु छन् | तर ति प्राकृतिक सुन्दरताका पछाडी भौगोलिक विकटताका कारण उत्पन्न समस्याहरु मुस्तांगका अर्का पाटाहरु हुन् | आजको ब्लगको सामग्री हामीले यही मुस्तांगका केही तस्विरहरुलाई बनाएका छौ | यी सबै तस्विरहरु अल जजिरा टेलिभिजनको वेव साइटबाट लिइएको हो |