अभिनव.कम

Saturday, March 23, 2013

असहायलाई टुहुरा बनाएर गए अधिकारी



लेखनाथ अधिकारीको निधन पछी सोकाकुल छ लम्झुङको यो अनाथालय। मुठ्ठी दान बाट १० बर्ष देखी सन्चालित यस् अनाथालयलाई आफु रहे नरहे पनि सजिलै चलाऊन सकियोस, अरु पनि थुप्रै बालबालिकाको आस्रय घर बनोस भन्ने हेतुले अँसबन्डा बाट आफ्नो भागमा परेको सम्पत्तीको आधा १० लाख दिएर बैंकमा एउटा कोश खडा गरेका थिए, जस्मा १ करोड सम्म पैसा बनाएर राख्ने र त्यस बाट आएको ब्याज बाट अनाथालयलाई दिगो रुपमा सन्चालन गर्ने उदेश्य थियो उहाको। यसै अभियानको बारेमा कान्तिपुरमा छापिएको समाचार




उक्त अनाथालयको सहोगार्थ अस्ट्रेलियाको सिड्नीमा नेपाली चलचित्र "सिमला"को प्रदर्शन पनि भएको छ |
उक्त अनाथालयलाई सहयोग गर्न चहानु हुन्छ भने तलको लिंकमा क्लिक गर्नु होला | 
http://www.gofundme.com/2dwyw0



अजय ढुंगाना
र 
अभिनव.कम


Sunday, March 3, 2013

उस्तै र पनि बेग्लै


उस्तै र पनि बेग्लै

पल्लो कोलोनी,
कोलोनीको तेश्रो घर,
तेश्रो घरको दोश्रो तल्ला,
दोश्रो तल्लाको छेउको कोठा,
छेउको कोठाको सानो झ्याल,
जब साँझमा बत्ति बल्छ,
अनि रंगिन बन्छ |

मुटुको एउटा नशाबाट,
मस्तिष्कसम्म,
रगतका केहि थोपाहरु,
हुलाकी बनेर बाटो लाग्छन,
लौरी टेक्दै उकालो हिंडछन्,
र मस्तिष्कको प्रतिक्रिया बोकेर,
फर्कन्छन मुटु मै फेरी,
निमेस भर मै |