Monday, July 7, 2014

धुँवा~ धुँवा ~~ जिन्दगी

धुँवा~ धुँवा ~~ जिन्दगी

16 February 2012 at 07:44
                             (चुरोट सल्किन्छ....)
मेरो माया
चुरोटको धुँवामा उड्यो कान्छि,
हेर त,
रङमङिंदै~ ~ ~, गुजुल्टिदै
रङमङिंदै ~ अनि ~ गुजुल्टिंदै

                         (निकोटिनले खेल्न थाल्छ.....)
तिम्रो माया
निकोटिनको सर्को भो कान्छी,
उस्तै, दुरुस्तै
संसार भुलेर म
लठ्ठिएझैं,
तिम्रो
मायालु अगाँलोमा

Wednesday, June 11, 2014

विश्वकप फुटबल, बाजी कस्ले मार्ला ??

विश्वकप फुटबल, बाजी कस्ले मार्ला ??

विश्वकप फुटवलको २० औं संस्करण यही हप्ता ब्राजिलमा बड़ों तामझामका साथ शुरु हुदैछ। स्पेन प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। संसारभरी नै यतिबेला विश्वकप कस्ले जित्ला भनेर निक्कै अड्कलबाजीहरु चलेका छन्। विश्वकप जितिरहेकै देशले फेरि ट्रफी उचाल्ला या त कुनै देशले पैलो पटक उचाल्ला भन्ने तर्कहरु पनि प्रसस्तै चलेका छन। बेलायतमा सट्टा बाजी राख्ने ठाँउ ल्याडब्रोक्सले ब्राजिललाई पैलो अर्जेन्टिनालाई दोस्रो र त्यसपछी जर्मनी, स्पेन, बेल्जियम, पोर्चुगललाई राखेको छ भने ४ पटकको बिजेता इटालीलाई दशौ स्थानमा राखेको छ। इङ्ल्याड टपटेन पोसिबल कन्ट्री लिस्टमा पर्न सकेन। होन्डुरस र कोस्टारिका लिस्टको पुछारमा छन् । ल्याडब्रोक्सले जस्तै बिलियम हिलले र पयाड्डी पावरले पनि फेवरेट ब्राजिललाई नै मानेको छ, भने अर्जेन्टिनालाई दोस्रो र त्यसपछी जर्मनी, स्पेन, बेल्जियम नै छन्।

Friday, May 16, 2014

मेरो टिएलको स्नयापसट

स्नयापसट

पात्र १: फलोब्याक दिएसी अन्फलेर मरेछ।

पात्र २: काकाले आज कस्को ब्लग प्रचार गरेछन।

पात्र ३: फुलीहरु जम्मै यतै रैछन।

पात्र ४: समाजशास्त्रले चैं यो विषयमा के भन्छ सर?

पात्र १(फेरि): बतासे शहिद भएछ।

पात्र ५: आज यता गज्जबको घाम लाग्नेबाला रैच (बेदर फोरकास्टको फोटो सहित)।

पात्र ६: मलाई सर नभने हुने।

पात्र ३: फेब गर्नलाई नि नुन पैचो ल्या झै गर्छन।

पात्र ७: ग्रुप ७ मा कत्खेर हो लाईन जाने? #लोडसेडिङ

पात्र ८: (एउटा चल्या गीतको २ लाईन) मर्ने कसैलाई रहर हुदैन!!

पात्र ९: बाराभले के फलाकेछन टुइटराँ आज फेरि??

पात्र ५: लखरलखर काम तिर लागियो।

पात्र ४: यस्तो कुरा यता नगरौ, डिएममा आउनुस।

पात्र १०: लोटाले मेरो टुइटको माँ बहेन गर्देच।

Friday, April 18, 2014

Street photography, #London

Street photography, London

On this episode of my blog, I'm presenting some photos, that were captured while roaming around the street in central London this week. That's why I named the post title Street Photography. I hope you will enjoy it.