हिजो संगै बिताएका रातहरु मिठा थिए,
रात संगै गरिएका बातहरु मिठा थिए,
चहानाको एक संसार, तिमी र म संगै कतै,
संग-संगै डुलेका ति साथहरु मिठा थिए,
म एउटा प्रतिक्षामा बस्दै थिए कहिँ कतै,
भेट्न आउने तिम्र ति हातहरु मिठा थिए,
खोज्थ्यौ नयाँ जिन्दगीको नयाँ बिहानी हामी,
तर सम्झनामा हराइजाने प्रभातहरु मिठा थिए,
मदहोसी मन मेरो चुरा बज्ने हात तिम्रो,
ति हातले दिएका सौगातहरु मिठा थिए |
अजय ढुंगाना
पिठुवा ३, आदर्शटोल
चितवन
हाल: लण्डन, यु.के.
No comments:
Post a Comment
तंपाईको प्रतिक्रिया