अभिनव.कम

Friday, January 28, 2011

गजल; रन्जना ढुंगाना (पौडेल)


गजल

मझेरीमा उनैलाई कुरीराछु आज भोली,
भनिदिनु धेरै धेरै, सोच्ने भाछु आज भोली,

टेढीएको उनको मन फर्कन्छ कि भन्ने ठानी,
भनिदिनु उनकै लागि, मन्दिर धाछु आज भोली,

उनैसंग संगै जिउने मिठा सपना देखेकी थे,
भनिदिनु सपना अरु, जोडदै गाछु आज भोली,

उनकै नाममा दियो बाली, पर्खी बस्छु हर साझ,
भनिदिनु आशुमै दिप, बाल्दै आछु आज भोली,

समिप आए भने उनि, माफ माग्न हाजिर छु,
भनिदिनु ति गल्तीमा, पछुताछु आज भोली |



रन्जना ढुंगाना (पौडेल)
२०६४ बैशाख 

1 comment:

तंपाईको प्रतिक्रिया