अभिनव.कम

Monday, June 18, 2012

गजल (श्रीराज भण्डारी)

गजल


धेरै पछी भेट भयो फर्किएर हिन्यौ तिमी
नायासै आँखा जुध्यो तर्किएर हिन्यौ तिमी


केही शब्द तिम्रो नजिक गई मैले बोले पनि
बिष लाग्यो मेरो शब्द झर्किएर हिन्यौ तिमी


पराईको सिन्दुर अनि हातभरी चुरा थिए
छुन खोजे तिमीलाई मर्किएर हिन्यौ तिमी


के थियो सपना? किन भुल्याउ प्रश्न गरे
कलीयुग हो यो भन्दै गर्किएर हिन्यौ तिमी



श्रीराज भण्डारी
remake in 16/06/2012
image: entertainmentnepal.net

2 comments:

  1. धेरै राम्रो छ कबीता कतै यी दुइ शब्द बास्ताबीक त होइनन |

    ReplyDelete

तंपाईको प्रतिक्रिया