Thursday, April 15, 2010

kavita

बाटो

आज बाटोमा रथ दौडदैनन्,
बाटोमा हिडेका,
घोडाको टापको आवाज,
अंह सुनिदैनन्,
हिजो र आजमा,
फरक देख्दैछु म,
हिजो बाटोमा रथ दैड्दा,
केवल घोडाको टापको आवाज हुन्थे,
मान्छेहरु चुपचाप हुन्थे,
मौन हुन्थे बोट अनि विरुवाहरु,
शान्त रहन्थे आकाश र बादल,
यो हिजोको कथा,
तर आज बाटोमा रथ दौडदैनन्,
सुनिदैनन् घोडाको टापको आवाज,
बाटो चर्किएको पनि छैन,
र बाटो भत्किएको पनि हैन,
आज बाटोले,
मुन्टो बांगिएका जंगबहादुरहरुको,
सवारीको इजाजत,
खारेज गरिदिएको छ,
आज बाटोमा मान्छेहरु छन्,
केवल मान्छेहरु,
तर चुपचाप छैनन् मान्छेहरु,
लगाइरहेछन् नारा,
जंगबहादुर मुर्दावाद,
मुर्दावाद मुर्दावाद,
नियालिरहेछन् परिवर्तनलाई,
बोट अनि विरुवाहरु,
स्वागत गरिरहेछन्,
आकाश अनि बादलहरु,
आज बाटो जनताको भइको छ,
जनताको पैतालाले,
बाटाको अगं अगं,
फेरि एकपटक पवित्र भएकोछ ।

अजय ढुंगाना

Monday, December 25, 2006

केही गजलहरु


एक पल मिठो सपनाको त्यही देउ तिमी मलाई,
एक फूल तिमो सम्झनाको त्यही देउ तिमी मलाई,

मायाको आशामा हराउने निश्छल त्यो तिमो मन,
एक भाग तिमो प्रार्थनाको त्यही देउ तिमी मलाई,

मायामा विश्वास हुन्छ केही गर्ने सहास बढ्दै जान्छ,
त्यसैले शब्द ति शुभकामनाको त्यही देउ तिमी मलाई,

मनको क्यानभासमा तिमीले कोरेको अनुपम त्यो चित्र,
तस्विर त्यो तिमो रचनाको त्यही देउ तिमी मलाई,

म मायामा हराँउदै छु जिउन चहान्छु तिमो साथ,
निश्छल प्यार रञ्जनाको त्यही देउ तिमी मलाई,



एकै छाता मुनी बिताएको त्यो बर्षात कहाँ होला?
लड्न खोज्दा समाउने तिमो हात कहाँ होला?

म आज एक्लै छु तिमै सम्झनामा वसिरहेछु,
भोली संगै बिताउने तिमो साथ कहाँ होला?

भन्छन् मलाई म बाँचिरहेछु उनकै निम्ती आज यहाँ,
फर्केर आउने हामो मिलनको पभात कहाँ होला?

स्मृतीमा तिमो तस्विर सजिव हुन्छ मनको ऐनामा,
मदहोशी तिमो अधर स्नेही ति वात कहाँ होला?

सम्झनाको बाढी आँउछ, आज एक्लै हुदा यहाँ,
नजर सँग नजर जुधाएको त्यो रात कहाँ होला?

तस्विर तिमो क्यानभासमा कोर्दै तिमै पतिक्षामा छु,
भेट हुदा तिमीलाई दिने मायाको सौगात कहाँ होला?



हिजो संगै बिताएका रातहरु मिठा थिए,
रात संगै गरिएका वातहरु मिठा थिए,

चहानाको एक संसार तिमी र म संगै कतै,
संग संगै डुलेका ति साथहरु मिठा थिए,

म एउटा पक्षिामा बस्दै थिए कहीं कतै,
भेट्न आउने तिमा ति हातहरु मिठा थिए,

खोज्थ्यौ नयाँ जिन्दगीको नयाँ बिहानी तर,
सम्झनामा हराइजाने प्रभातहरु मिठा थिए,

मदहोशी मनमेरो चुरा बज्ने हात तिमो,
ति हातले दिएका सैगातहरु मिठा थिए,

अजय ढुङ्गाना
अभिनव
Its glad to say i am from Nepal