Friday, March 4, 2011

लाइफ इज ब्युटीफुल ! (कथा); भाउपन्थी

 लाइफ इज ब्युटीफुल !


नत्र हामी, म र मेरी श्रीमती राधा अझै निकै बेरसम्म सुत्ने थियौँ । धेरै सुत्ने र कम खाने अभ्यासमा हामी लागेका छौँ । जागिरको तलबले पूरै महिना धान्न धौधौ मात्र होइन पुग्दै नपुग्ने भइरहन्छ । त्यसैले धेरै सुत र कम खाऊ, कम खर्च गर भन्ने सिद्धान्त हामीले प्रतिपादन गरेका छौँ । बिहे भएको तीन वर्ष भइसक्यो तर हामीले सन्तानोत्पत्तिबारे अझै विचार गर्न सकेका छैनौँ, राधाको पहिलो गर्भ खेर गएपछि । काखमा बच्चा खेलाउने रहर रहरमै सीमित गरेर बसेकी छ राधा, मेरी श्रीमती । वास्तविक कुरो उसले थाहा पाएकी छैन । मनको भ्रम निवारण गर्न कन्डोमसन्डोम, पिलसिल छोडेर उसले लामो अवधिसम्म गर्भ रोक्ने कपर टी हो कि के हो लगाएकी छ । आर्थिक अवस्था केही सुध्रेपछि पहिलो गर्भ धारण गर्ने हाम्रो योजना छ तर जागिरको प्रमोसनबिना यो सम्भव शून्य छ । प्रमोसनका लागि म बरोबर धाउने गरेको छु हाकिमको क्वार्टरमा र मन्त्रीहरू जिल्ला भ्रमणमा आउँदा पनि पुच्छर हल्लाएर पछिपछि हिँड्ने गरेको छु तर हात लाग्यो शून्य भइरहेछ । बिहे भएको साल राधाले सोचविचार, सल्लाहसहमति र जोसका साथ पहिलो गर्भ धारण गरेकी त हो तर त्यो समय नपुग्दै खेर गयो र ऊ मरणान्त बिरामी परी । बिरामीले केही ऋण पनि बोकाएर गयो भने अर्को गर्भधारण एक वर्षसम्म नगर्नू भन्ने डाक्टरी चेतावनीले पनि हामीलाई गर्भप्रति अनुत्सुक बनायो । एक वर्षसम्म गर्भ धारण नगर्नू भन्ने चेतावनी मैले डाक्टरको पाउ पक्रेर भन्न अनुरोध गरेको हुँ । यथार्थ थाहा पाएको भए राधा पूरै चकनाचूर भएर मानसिक रूपमा क्षतविक्षत हुने थिई ।

Monday, February 28, 2011

लोभ्याउन सिपालु कुन्छा (संमरण); श्याम दाहाल


लोभ्याउन सिपालु कुन्छा

परीक्षाको बेला अलिक बढी नै मेहेनत गरिन्थ्यो, अघिपछि सधैँ राजनीतिकै बढी चर्चा-परिचर्चा गर्न रुचाउने जमात थियो, हाम्रो । पञ्च-प्रवृत्ति र केही साथी देखेर हो कि ? हामीहरू भ्रष्टाचारको खूब विरोध गर्दथ्यौँ । मेरा-पि्रय, परममित्र रामशरण महतजी र मैले त लमजुङ पुगेर पनि भ्रष्टाचारकै घोर विरोध गरेर खिल्ली उडायौँ । त्यहीँको घटनाले- पू.प्र.म. सूर्य ब. थापाज्यू कहिल्यै नबिर्सिने हुनुभएको छ । महतजी अहिले ढुङ्गो समाउँदा-द्रव्य हुने, माटो समाउँदा-सुन हुने, ठाउँमा पुग्नुभएको छ । म यथावत् छु । उहाँ उस्तै हुनुहुन्छ कि कस्तो हुनुभएको छ, थाहा छैन । -छँनता-प्र.म. ला ब. शास्त्रीका दाँत, सखा, मङ्गलदेव शास्त्रीले हालिदिएको व्यथा पनि जिउँदैछ ।) परीक्षाले गर्दा-महिनौँ अघिदेखि निदलाई फकाएर एम.ए. को परीक्षा सकेपछि आनन्दले दुई-चार दिन सुत्लास् भनेर लोभ देखाउँदै लगियो तर परीक्षा सकेको रात त विचरा ?... निदले झन्-झपक्कै आँखा लगाउनसम्म पनि पाएन । बाटो खोज्दाखोज्दै-विचारमा डुबेर झन् छर्लङ्ग रात बित्यो । तत्काल नयाँ समस्या पो अगाडि देखापर्‍यो-अब बिहान उठेर कहाँ जाने ? विनाकाममा के गरेर कसरी बस्ने ? चिन्तैचिन्ताले रातभरिमा दुईवटा विकल्प तयार भए । पहिलो विकल्प प्रशासन जाने । सायद यही बाटो हिँडेको भए- म पनि नेपालका अधिकांश पठित-टाठा-बाठाहरूले भ्रष्टाचार गरेर रातारात अकूत सम्पत्ति जम्मा पारेर नेपालका नामूद भ्रष्टाचारीहरूको पङ्क्तिमा सगौरव, निर्ममताका साथ शानदाररूपमा आफूलाई समाज सामु सगर्व उभ्याउन हुने थिए कि  । अर्को विकल्प थियो- राजनीतितिरै हाम्फाल्ने । त्यो समय पञ्चकै बढी बिगबिगी थियो र पञ्चको कर्म र आचारण देखेर, घरपरिवारले पटक्कै रुचाएनन्, बरु डराए । यसैबीच रामचन्द्र न्यौपानेदाइ आइपुग्नुभयो, धोबीधाराको डेरामा ।

Sunday, February 27, 2011

गजल; गोबिन्द राज विनोदी

गजल


समालेर राख यौवन मात लाग्न सक्छ
भुलभए दु:खै द:ख खात लाग्न सक्छ ।

आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा
भयो भने अति यहाँ बात लाग्न सक्छ ।

छ भनेर शक्ति आज घमण्डले फुल्दा
कुनै दिन नियतिको लात लाग्न सक्छ ।

हक खोज्दा गर्नु पर्छ कर्तव्यको ख्याल
नत्र कुनै दुर्जनको हात लाग्न सक्छ ।

गोबिन्द राज विनोदी 

Friday, February 25, 2011

सागरमा ज्वारभाटा (कविता); रबिन्द्रनाथ ठाकुर

सागरमा ज्वारभाटा 





आनन्द सागरमा आज ज्वारभाटा आएको छ
सबै मानिस तिम्रो..........समातेर बसेका छन्,
जति हुन्छ उति भारी हालिदेऊ, हाम्रो दुःखपूर्ण नाउ पार गर
छालमाथि पौड्दै हामी तर्छौ“ प्राण विलुप्त भए होओस्
आनन्द सागरमा आज ज्वारभाटा आएको छ †
पछाडिबाट पुकार्ने त्यो को हो ?
त्यो को हो जो अगाडि बढ्दा बाधा दिन्छ ?
यस भयदेखि हामी पहिले नै परिचित छौ“ ।
कसको सराप, कसैका ग्रह–दोपले हामीलाई सुखको उच्च
शिलामा बसाइदियो ।
लंगूरको डोरी हामीले लियौ“ र गाउ“दै हिंड्दैछौ“ ।

रबिन्द्रनाथ ठाकुर