Sunday, March 20, 2011

गजल (११३); अजय ढुंगाना

गजल


चाँद टिपेर तिम्रो शिरमा लगाउन सकिन,
सबको सामु, तिमी मेरो भनेर जनाउन सकिन,

एकान्तमा टोलाउदै, पलपल सपनामा हराउदै,
कति गर्छु माया तिमीलाई बुझाउन सकिन,

मेरो स्मृतीमा त केबल तिमीमात्र हुन्छ्यौं सधै,
सायद म नै तिम्रो त्यो सपनीमा आउन सकिन,

म प्रेममा हराउदै थिए, गदै तिमीलाई माया,
निश्छल प्रेम तिमीसंग मैले लुकाउन सकिन,

तिमी मनमा छ्यौं, मुटुमा छ्यौं, आँखामा छ्यौं,
तर मैले तिमीलाई यो घरमा सजाउन सकिन ।

अजय ढुंगाना

२००६ जनवरी 
पिठुवा चितवन

Thursday, March 17, 2011

गजल (११२) अजय ढुंगाना

गजल


मेरो शिरमा आज आकाश छैन कहाँ गयो ?
आफैसंग मलाई विश्वास छैन कहाँ गयो ?

निल गगनका ताराहरु छैनन् हिजो जस्तै आज,
चमकताको तिनमा आभाष छैन कहाँ गयो ?

पाना पल्टाई सोच्ने गर्थे म विगतका कुराहरु
मसंग गैरवशाली इतिहास छैन कहाँ गयो ?

निष्पट्ट अन्ध्यारो छ मैले देख्ने चैघेरामा,
शुभ प्रभातमा सुनौलो प्रकाश छैन कहाँ गयो ?

अजय ढुंगाना

Monday, March 14, 2011

गजल (१११); अजय ढुंगाना


गजल

कस्तो अनौठो शुन्यता जीवनको,
बिराएछु बाटो कता जीवनको,

पर्खाई असजिलो, कमजोर मनमा,
सहदैछु कठोर व्यग्रता जीवनको,

मनको ज्वालाले पोल्दछ मुटु,
हुदैन किन शितलता जीवनको,

पलहरु खुशीका भाग्दैछन् दुर,
किन बढ्दैछ बिबशता जीवनको,

देख्दैछु घृणित रुप, तुच्छ कुरूप,
बाकी छ केवल नग्नता जीवनको |



अजय ढुंगाना
१३/०३/२०११
लण्डन

Friday, March 11, 2011

बीपी कोइरालासँग (कविता); जगदीश घिमिरे


बीपी कोइरालासँग

एक वार्ता

तपाईले भत्रु भएको थियो —
‘तिमीलाई दुविधा भयो भने
हत्केलामा नेपालको एक मुठी माटो उचालेर सोध
उसले जे भन्छ
त्यही तिम्रो अन्तरात्माको आवाज हुन्छ ।’

म त्यो वाचाल माटो खोज्दै नयाँ नेपालभरि डुलेँ
कतै पनि सिंगो नेपालको माटो पाइन
समस्त नेपालको माटो विभक्त भएछ
जाति जातिको चकलावन्दीमा

ती चकलाबन्द माटोहरु — जो एकअर्कासंग वोल्दैनन्
जो एकअर्काको कुरा र मर्का बुझ्न चाँहदैनन्
ती प्रत्येक चकलाको माटो ढोगेर हत्केलामा उचाल्दै सोधेँ
सबैले केही भने — कसैले भनेको बुझिन

नयाँ नेपालमा जो कुनै जातिको हुँदैन
जो कुनै चकलाको हुँदैन
त्यो नेपाली हुँदैन