Thursday, April 11, 2013

नयाँ बर्ष


नयाँ बर्ष 
नयाँ बर्ष २०७० को शुभकामना सहित यो "नयाँ बर्ष" कविता आजको ब्लगको सामग्री 

समय,
आफैमा मादकताको रंग भरेर,
रसिलो बन्दै,
भरिलो बन्दै,
ढोकामा आएर,
ढक ढक गर्छ,
उ बैशाख बनेर आँउछ |

यता चेरी फुलेर झुलिरहेछ,
उता शिरिस फुलेर,
निलै भएको होला,
झुलिरहेको होला,
शितका थोपाहरु,
बिहानीको सुनौलो प्रकाशमा
टल्किरहेको होला,
बसन्तको शितल हावामा,
नौलाख प्रितका गितहरु,
गुन्जिरहेका होलान,
सत्यताको महत्व बोकेर,
यता अप्रिल दौडिरहेछ,
उता समय ढोकामा,
ढक ढक गर्दैछ,
बैशाख बनेर |

Wednesday, April 3, 2013

अब अल्लि गतिलो स्टेडियम बनाउने कि ?


एसीसी ट्वान्टी ट्वान्टी कप को यो संस्करण नेपालले सफलता पुर्बक सम्पन्न गरेको छ | खेलकुद भनेको खेल्न सक्ने खेलाडीका लागि मात्र हैन, हेर्ने र साथ दिने दर्शकका लागि पनि हो | तसो त नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको भनिने त्रि बि क्रिकेट ग्राउण्डको भौतिक पुर्बधारमा व्यापक परिबर्तन गर्न जरुरि छ | त्यहाँ आयोजना भएका हरेक संस्करणमा उपस्थित दर्शकले हामी नेपालीमा क्रिकेट मोह कति छ भन्ने कुरा प्रष्ट देखाउछ | दश साल पहिले त्यहाँको अवस्था र हालको अवस्थामा केहि बदलिएको छैन भन्दा फरक पर्दैन | सोसल मिडियामा भेटिएका केहि तस्वीरले मन कट्टक्क खायो, सरकार र क्यानलाई मेरो आग्रह टियुको यो स्टेडियमलाई अल्लि ब्यबस्थित गरि २-४ वटा अल्लि गतिलो स्टेडियम बनाउने कि ??

Saturday, March 23, 2013

असहायलाई टुहुरा बनाएर गए अधिकारी



लेखनाथ अधिकारीको निधन पछी सोकाकुल छ लम्झुङको यो अनाथालय। मुठ्ठी दान बाट १० बर्ष देखी सन्चालित यस् अनाथालयलाई आफु रहे नरहे पनि सजिलै चलाऊन सकियोस, अरु पनि थुप्रै बालबालिकाको आस्रय घर बनोस भन्ने हेतुले अँसबन्डा बाट आफ्नो भागमा परेको सम्पत्तीको आधा १० लाख दिएर बैंकमा एउटा कोश खडा गरेका थिए, जस्मा १ करोड सम्म पैसा बनाएर राख्ने र त्यस बाट आएको ब्याज बाट अनाथालयलाई दिगो रुपमा सन्चालन गर्ने उदेश्य थियो उहाको। यसै अभियानको बारेमा कान्तिपुरमा छापिएको समाचार




उक्त अनाथालयको सहोगार्थ अस्ट्रेलियाको सिड्नीमा नेपाली चलचित्र "सिमला"को प्रदर्शन पनि भएको छ |
उक्त अनाथालयलाई सहयोग गर्न चहानु हुन्छ भने तलको लिंकमा क्लिक गर्नु होला | 
http://www.gofundme.com/2dwyw0



अजय ढुंगाना
र 
अभिनव.कम


Sunday, March 3, 2013

उस्तै र पनि बेग्लै


उस्तै र पनि बेग्लै

पल्लो कोलोनी,
कोलोनीको तेश्रो घर,
तेश्रो घरको दोश्रो तल्ला,
दोश्रो तल्लाको छेउको कोठा,
छेउको कोठाको सानो झ्याल,
जब साँझमा बत्ति बल्छ,
अनि रंगिन बन्छ |

मुटुको एउटा नशाबाट,
मस्तिष्कसम्म,
रगतका केहि थोपाहरु,
हुलाकी बनेर बाटो लाग्छन,
लौरी टेक्दै उकालो हिंडछन्,
र मस्तिष्कको प्रतिक्रिया बोकेर,
फर्कन्छन मुटु मै फेरी,
निमेस भर मै |