Saturday, June 22, 2013

Oval Cricket Stadium, London

ओभल क्रिकेट स्टेडियम लण्डन

आजको ब्लग सामग्रीका रुपमा ओभल क्रिकेट स्टेडियम लण्डनका केही तस्विरहरु राख्ने कोशिस गरेको छु | यी तस्विरहरु केही दिन अघि सम्पन्न अस्ट्रेलिया र श्रीलंका बीचको खेल हेर्न जाने क्रममा खिचिएका हुन |
केही तस्विरहरु म आफैले र केही साथी मोहन खड्काले खिच्नु भएको हो |
यी तस्विरहरु निकोन डि ५१०० क्यामराबाट खिचिएका हुन् |

Click on the Image for the larger view.


Monday, May 6, 2013

जिन्दगीको यात्रा


जिन्दगीको यात्रा

अनकन्टार खोंचमा,
जिन्दगीको यात्रा,
शुरु गर्नु अघि,
तिमी मलाई,
यात्राको नियम सुनाउदै छ्यौ |

म प्रभातका शित टिपेर,
सुनकोशी बगरका,
बालुवा चालेर,
वा बागरका गिट्टी,
दुइ फ्याक पारेर,
जिन्दगी सजाउनै,
खोज्दै गर्दा,
तिमी अमुर्त सपनाका रंग भरेर,
मलाई नयाँ जिन्दगी बाँडदैछौ,
म अनकन्टार खोंचमा छिरेर,
नयाँ जिन्दगीको यात्रा,
शुरु गर्दैछु |

Thursday, April 11, 2013

नयाँ बर्ष


नयाँ बर्ष 
नयाँ बर्ष २०७० को शुभकामना सहित यो "नयाँ बर्ष" कविता आजको ब्लगको सामग्री 

समय,
आफैमा मादकताको रंग भरेर,
रसिलो बन्दै,
भरिलो बन्दै,
ढोकामा आएर,
ढक ढक गर्छ,
उ बैशाख बनेर आँउछ |

यता चेरी फुलेर झुलिरहेछ,
उता शिरिस फुलेर,
निलै भएको होला,
झुलिरहेको होला,
शितका थोपाहरु,
बिहानीको सुनौलो प्रकाशमा
टल्किरहेको होला,
बसन्तको शितल हावामा,
नौलाख प्रितका गितहरु,
गुन्जिरहेका होलान,
सत्यताको महत्व बोकेर,
यता अप्रिल दौडिरहेछ,
उता समय ढोकामा,
ढक ढक गर्दैछ,
बैशाख बनेर |

Wednesday, April 3, 2013

अब अल्लि गतिलो स्टेडियम बनाउने कि ?


एसीसी ट्वान्टी ट्वान्टी कप को यो संस्करण नेपालले सफलता पुर्बक सम्पन्न गरेको छ | खेलकुद भनेको खेल्न सक्ने खेलाडीका लागि मात्र हैन, हेर्ने र साथ दिने दर्शकका लागि पनि हो | तसो त नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको भनिने त्रि बि क्रिकेट ग्राउण्डको भौतिक पुर्बधारमा व्यापक परिबर्तन गर्न जरुरि छ | त्यहाँ आयोजना भएका हरेक संस्करणमा उपस्थित दर्शकले हामी नेपालीमा क्रिकेट मोह कति छ भन्ने कुरा प्रष्ट देखाउछ | दश साल पहिले त्यहाँको अवस्था र हालको अवस्थामा केहि बदलिएको छैन भन्दा फरक पर्दैन | सोसल मिडियामा भेटिएका केहि तस्वीरले मन कट्टक्क खायो, सरकार र क्यानलाई मेरो आग्रह टियुको यो स्टेडियमलाई अल्लि ब्यबस्थित गरि २-४ वटा अल्लि गतिलो स्टेडियम बनाउने कि ??