Showing posts with label लक्ष्मी प्रसाद देवकोटा. Show all posts
Showing posts with label लक्ष्मी प्रसाद देवकोटा. Show all posts

Thursday, March 8, 2012

गौंथली र देवकोटा (कविता); महाकबि लक्ष्मीप्रसाद देबकोटा


गौंथली र देवकोटा

क.
गौंथली र देवकोटाको
एउटै गुँड छ ! एउटै गुण छ !

ख.
यस घाटमा क्या बाघ र पाठो पानी पिउँछ !
प्रकृति बसेर, दुइटैको दिल,
एक धागोमा सिउँछ, सिउँछ !
त्यो तर्सिन्न, म शङ्किन !
मध्यरातमा एक कोठामा
दुइटै जीवको जाग्ने निहुँ छ
तलतिर लागे यस संसारमा
आगो, आगो,
मास्तिर ज्यादा लागेदेखिन्
यशको चिसो हिउँ छ, हिउँ छ !
बीच बासो,
फ्यारफ्यार मध्यम,
रसले जिउँछ, रसले जिउँछ !

Wednesday, December 14, 2011

महाकवि देवकोटाको यात्री कविता गीतमा

महाकवि देवकोटाको यात्री कविता गीतमा


चलचित्र बासुदेवमा राखिएको महाकवि लक्ष्मीप्रसाद देवकोटाको यात्री कविता रबिन शर्माले गाएका हुन् | कविताका सबै हरफहरु अक्षरम्स गाइएका छैनन् | गीतका रुपमा गाउनका लागि केही हरफहरु काटिएको हुनुपर्छ  र पनि गायक र संगीतकारले देबकोटाको रचनामा न्याय गरेको मान्नुपर्छ | निकै नै चर्चित यो कवितालाई गीतको रुपमा यसरी गाइएको छ |

कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने,
साथ कसोरी लाने हो ?
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने,
साथ कसोरी लाने हो ?

Wednesday, October 26, 2011

महाकविः सहानुभूति होइन सम्मान पत्र



महाकविः सहानुभूति होइन सम्मान पत्र


सुनको दिन एक उदाउँछ रे
जल चञ्चल भैकन गाउँछ रे ...
भोजपुर जिल्लाको सदरमुकामसँग जोडिएको गाउँ पोखरेमा सरस्वती मिडिल स्कुल थियो उहिले हाम्रो बाल्यकालमा । अहिले पनि त्यो सरस्वती निम्न माध्यमिक विद्यालय भएर बाँचिरहेकै छ । त्यही स्कुलमा कक्षा तीन या चारतिर पढ्दा सबैभन्दा पहिले मैले 'सुनको दिन एक उदाउँछ रे' शीर्षकको यो बालगीत गाउने मौका पाएको थिएँ । त्यतिबेला नेपाली साहित्य पढाउने सरले लक्ष्मीप्रसाद देवकोटालाई महाकवि भन्नुभएको थियो थिएन सम्झन सकिन तर आˆनो बालमनोविज्ञानमा रमाउने सुनको दिन एक उदाउँछ रे लेख्ने कविलाई मैले बालकवि चैँ पक्कै सम्भिmएको थिएँ ।
भोजपुर बजारको दक्षिणमा अहिले पनि ठिङ्ग उभिइरहेको विद्योदय हाईस्कुलमा आएपछि मैले लक्ष्मीप्रसाद देवकोटालाई 'कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो,' भन्ने कविता लेखकका रूपमा चिन्ने मौका पाएँ । ऊ जमानामा त्यस्तो भौतिक चेतनाले भरिएको कविता लेख्ने कवि कत्ति आँटिलो होला भनेर म छक्क परेको थिएँ । भर्खरभर्खर मुलुकी ऐन आएको हुनाले दलित जातिले मन्दिर प्रवेश गर्ने आन्दोलन चलेको थियो त्यतिबेला हाम्रो जिल्लामा पनि । ब्राहृमणहरूले जनै हलोको अनौमा बेरेर गोरु जोतेर विद्यमान सामाजिक विकृतिका विरुद्ध युद्धघोष गरेको समय थियो त्यो । त्यसैले 'जाउ समाउ आर्तहरूको चहर्‍याइरहेको घाउ' भन्ने कविता हाम्रा दाजुहरू सँगसँगै हामीसम्म पनि आएको थियो विद्रोह बोकेर ।

सुनको दिन एक उदाउँछ रे (कविता); महाकवि लक्ष्मीप्रसाद देवकोटा


सुनको दिन एक उदाउँछ रे


सुनको दिन एक उदाउँछ रे,
यस देश खुलिकन आउँछ रे |
रंगिला सब बादल छाउँछ रे,
जल चंचल भैकन गाउँछ रे |

चिडिया बिउँझेर कराउँछ रे,
सब मन्दिर घंट बजाउँछ रे |
र हवा पनि बास उडाउँछ रे,
दिल फूल सबै बिउँझाउछ रे |

Friday, July 1, 2011

एक तिमी (कविता); महाकवि लक्ष्मीप्रसाद देवकोटा



एक तिमी


‘हुन्न’ भन्नु तिमीले केवल
आफूलाई नचिन्नु हो
आफूलाई नगन्नु हो !
स्रष्टाका ए प्रतीक अदर्पण
परिस्थितिको स्रष्टालाई,
धुस्नाहरुमा चट्ट सुताई,
कैद गरीकन थुन्नु हो !

किन हुन्न ? किन हुन्न ?
यस माटोमा अङगुर स्याउ !
सह्यार बाहुला कोदाली ली,
लौ आऊ !
यो हो फलको द्धार हेर !
आफूलाई चिन्ने ठाउँ !

Wednesday, April 13, 2011

मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन; लक्ष्मी प्रसाद देवकोटा

...............................................................
...............................................................
हे मेरी आमा ! मलाई तिमी सम्झँदिहोऊ नि !
हे मेरी मुना ! मलाई तिमी सम्झँदिहोऊ नि !
ईश्वर ! ईश्वर !! तँ मात्र मेरो वनमा साथी छस्,
मानिसभित्र ढुङ्गाको दिल तँ देख्ने माथि छस् ।
आगोको ज्वाला कताको होला ? डढेलो उठ्यो कि,
मरेकालाई झन् मार्न भनी डढेलो उठ्यो कि ?
नजीकै आयो मानिस यौटा लिएर चिराक
डाँकू पो हो कि ? भूत पो हो कि ? वनको खराब ।
पयोमा यौटा झुण्डेको सास के भर, के डर ?’
भएको बल गलाको पुग्छ चिराक पल्तिर ।
को रुन्छ, भनी भोटेले हेर्छ, देख्दछ बिरामी
मायाले भन्छ, ‘साथी र भाइ रहेछ हरामी ।
मेरो छ घर एक कोस पर, तिमी त मर्दैन,
म बोकी लान्छ, हुन्छ कि हुन्न ? फरक पर्दैैन ।’

Monday, April 11, 2011

एक बिहान, (कविता); महाकबि लक्ष्मी प्रसाद देवकोटा


एक बिहान


  उषा चढिन् रे सल्लो !
        स्वर्ग भयो आकाश उपल्लो !
        त्यसको मछाया,
        ताल धरामा, तल्लो !
        सुन्दरताले झस्केको, वायुमण्डल
        हाल्यो !
        प्रतिस्पर्शले क्या बादल बल्लीे ,
फुल्दै झल्क्यो ! फुल्दै झल्क्यो !

 पन्छी–गाना उडाइन् तिनले ।
श्रवण भरीकन,
       फुलको कोभी आँखा भल्यो !
        के, के तिनले गाइरहिछन् ?
सृष्टि रसिलो, लाल सुरा भै,
कसरी उछल्यो ! कसरी उछल्यो !

 आदिपुरुस ? औ प्रकृतिदेवी
       खेल्छन्जुहारी रङ्गमा !
       सुनिरहेछु, स्वर्गकी बाला !
पर्वतमाला, मिरमिर पुराना,
गुन्जिरहेछन्ढङ्ग, ढङ्गमा !
जन्मिरहेछन् दिवस जगत्को,
चल्छ किरणको डल्लो !
 अप्सराकी ए ! रानी ! तिमी,
छवि–खानी !

Wednesday, January 26, 2011

यात्री (कविता); लक्ष्मी प्रसाद देवकोटा


यात्री


कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरमा जाने हो ?
कुन सामग्री पुजा गर्ने,
साथ कसोरी लाने हो ?
मानिसहरूका काँध चढी,
कुन देवपुरीमा जाने हो ?
हाडहरूका सोन्दर खम्बा,
मांस पिण्डका दिवार ।
मस्तिस्कको यो सुनको छाना,
इन्द्रियहरुका द्वार !
नसा-नदिका तरल तरङ्ग,
मन्दिर आफू अपार !
कुन मन्दिरमा जान्छौ यात्री,
कुन मन्दिरको द्वार ?
मनको सुन्दर सिंहासनमा
जगदिश्वरको राज !
चेतनको यो ज्योति हिरण्य,
उसको शिरको ताज !

Tuesday, January 11, 2011

पागल (कविता); लक्ष्मी प्रसाद देवकोटा

पागल

जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बास्नालाई स्वाद लिन्छु !
आकाशभन्दा पातला कुरालाई छुन्छु !
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन !
म देख्दछु ढुङ्गालाई फूल !
जब, जल–किनारका जल–चिप्ला ती
कोमलाकार पाषाण,
चाँदनीमा,
स्वर्गको जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर उठ्दछन् मूक पागलझैं,
फूल झैं एक किसिमका चकोर–फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न !
जुनेली गङ्गा–किनार छाल आउँछ तिनको भाषा
साथी ! छालछाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !

तिमी चतुर छा बाचाल
तिम्रो शुद्ध गणित–सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु !
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्यिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !

Thursday, December 23, 2010

PAGAL (Poem) by LP Devkota, translated in english



PAGAL 
LUNATIC

Oh yes, friend! I'm crazy!
that's just the way I'm.

I see sounds,
I hear sights,
I taste smells,
I touch not heaven but things from the underworld,
things people do not believe exist,
whose shapes the world does not suspect.
Stones I see as flowers
lying water-smoothed by the water's edge,
rocks of tender forms
in the moonlight
when the heavenly sorceress smiles at me,
putting out leaves, softening, glistening,
throbbing, they rise up like mute maniacs,
like flowers, a kind of moon-bird's flowers.
I talk to them the way they talk to me,
a language, friend,

Sunday, December 12, 2010

एक सुन्दरी वेश्याप्रति(कविता); महाकबि लक्ष्मी प्रसाद देवकोटा

एक सुन्दरी वेश्याप्रति


छ प्राप्तिको सुरा शरद् ! सुखोत्सवी छ मानव !
फली, फुकी, धनी धरा सुनौलिएर मुस्किइन् !
सुधा–उरीज सप्किंदी ! स्वभावमस्त ! मुस्कुरी !
ए सुन्दरी ? रसा सरी रुमाल फर्फराउँछयौ ?

रसाल भार रेशमी विचित्र चित्र रेखिए !
बन्यौ कि फूलले तिमी ? सुगन्ध ली हवा बहे !
रङ्गीन ज्यान झ्यालकी ! बजारबीचकी उषा !
उपास्दथें म अम्बिका ! झसङ्ग झैं यहाँ भएँ !

शरन्निशा तिमी झुकी, झिकी लजालु घूँघट,
स्मिति–प्रयोगिनी बनी, जिती सफेद चाँदनी,
सितारिंदी उदाउँछयौ ? बनाइ अङ्ग मख्मली ?
टुना गरेर चित्तमा चकोरका झिलीमिली ?

अनङ्गबाण झैं बस्यौ ? मिलिन्द डाक्न चञ्चली !
स्वरुप–शिल्पकारको टुना गवाउनाकन ?
म हूँ सितार स्नायुको, बजीरहेछु झन्किँदै !
समुद्र आज हो बडो छचल्किँदो जुनेलिँदै !