Showing posts with label अमेरिका. Show all posts
Showing posts with label अमेरिका. Show all posts

Thursday, November 24, 2011

सन् १९५० ताकाको नेपाल

सन् १९५० ताकाको नेपाल


अमेरिकी पूर्व राष्ट्रपति टोनी हेगनले सन् १९५० ताका नेपाल भ्रमण गर्दा तयार पार्नु भएको यो भिडियोमा त्यति बेलाको सुन्दर अनुपम नेपाललाई कैद गरिएको छ | उहाँले गर्नु भएको झन्डै १४००० किलोमिटर पैदल यात्राको सक्षिप्त रुप हो यो भिडियो | यु ट्युबमा उपलब्ध यो भिडियो अहिलेको पुस्तालाई हेगनको अनुपम उपहार पनि हो |



Friday, January 7, 2011

घर ९; परशु प्रधान

घर ९

जीवनभरको पीडादायी र दुःखान्त भयो- मेरो पहिलो रात अर्थात् हनिमुन । म कुनै कवि वा लेखक होइन, न कुनै दार्शनिक । मेरा सारा सपनाहरू एकै रातमा खरानी भएका थिए, मेरा सारा इच्छा, आकाङ्क्षाहरू पानीपानी भएका थिए । कुनै नाटक वा सिनेमामा घट्ने, हुन सक्ने सम्भावित असम्भव स्वयं ममा घट्यो ।
अहिले फेरि अमेरिका फर्केको छु । लसएञ्जलस्को नाइट क्लबमा पुनः बेयरा भएर आफ्नो विगत, वर्तमान र भविष्य तौलिरहेछु । वर्षौं वर्ष सोचेको, सम्झेका र विश्वास गरिएका सत्यहरू केही घण्टामा असत्यमा रूपान्तर हुँदा रहेछन् । आफूलाई सोध्छु- तैंले कङ्गाल नेपाललाई प्रेम गरेर के पाइस् ? नेपालीहरूको पीडालाई मलम लगाउन खोज्दा के पाइस् ?....

। तँ मूर्ख होस् अझ तँ पागल होस् ।
कामबाट राति दुई बजे फर्केको छु । अलिअलि बियरको धङधङी छ, अलिअलि भोलिको धङधङी छ, अनि धेरथोर आफूले भोग्नु परेको दुर्घटनाको धङधङी छ । यी सत्यहरूबीच असत्य छ, भ्रमहरूबीच निराशा छ । हात हेरेर कुनै ज्योतिषीले गरेको भविष्यवाणी सत्य हुन्छ कि कसो ? पहिलो वाक्य थियो- बिहेको लगन ढिलै छ, अर्थात् तीस-बत्तीस वर्षपछि । दोस्रो वाणी थियो- आफूले केही नबिराए पनि ठूलो मानसिक आघात र बेइज्जती सहनुपर्ने । अनि साह्रै पीडादायक तेस्रो घोषणा थियो- परिस्थिति आउन सक्छ, तपाईंले आत्महत्या गर्नु परोस् । आफ्नो कामले भन्दा हातका रेखाहरूले मान्छेको भविष्य निर्धारण गर्छ भने म किन केही गरुँ ?...

Thursday, December 30, 2010

परेवा र चील (कविता); विक्रम सुब्बा

परेवा र चील

जुनसुकै देशको
जतिसुकै अग्लो डाँडाबाट
जतिसुकै सेतो परेवा उडाए पनि
दिउँसै खुला आकाशमा
चीलले परेवाको शिकार गर्छ
…र चील
अमेरिकाको राष्ट्रिय पक्षी हो ।

विक्रम सुब्बा


source: www.nepalikavita.com