Friday, December 31, 2010

नवबर्ष २०११को हार्दिक मंगलमय शुभकामना


नवबर्ष २०११को उपलक्ष्यमा हाम्रो यो ब्लगलाई माया गर्नु हुने सम्पूर्ण पाठक, शुभचिन्तक तथा मार्ग निर्देशन गर्ने अग्रजहरुलाई शुभकामना ब्यक्त गर्न चहान्छौ, नया बर्षले तपाईमा नया जोश, जागर, उत्साह, खुशी, सुख, शान्ति  प्रगति र सकारात्मक सोच ल्याउन सकोस् भन्ने कामना गर्दछौ

Thursday, December 30, 2010

नयाँ वर्ष (कविता); भूपी शेरचन

 नयाँ वर्ष

नयाँ सरुवा भई आएको हुलाकेझैं
झोलामा सुर्जेको एउटा पुलिन्दा बोकेर
छानामाथि वैशाख हिँडिरहेछ
भारी अल्छी पाइला सारेर
भित्ता–घडीको लङगूर हल्लिरहेछ उसको
पदचापले
ट्वाक्......ट्वाक्........ट्वाक्........ट्वाक्
निस्तेज भई आकाश पल्टेको छ
न्यास्रो अनुहार पारेर
बेमौसमको बर्षात
बेला–कुबेलाको वादलको गड्याङ–गुडुङ
आकाशलाई पखाला लागेको छ
विष्णुमतीको फोहर हैजे पानी पिएर
ट्वाँ......
सहनाइको बेसुरा ध्वनिबाट निस्किरहेका छन्
हैजाका असङ्ख्य अदृश्य कीटाणुहरु
मध्यान्ह दिन
चर्को घाम

परेवा र चील (कविता); विक्रम सुब्बा

परेवा र चील

जुनसुकै देशको
जतिसुकै अग्लो डाँडाबाट
जतिसुकै सेतो परेवा उडाए पनि
दिउँसै खुला आकाशमा
चीलले परेवाको शिकार गर्छ
…र चील
अमेरिकाको राष्ट्रिय पक्षी हो ।

विक्रम सुब्बा


source: www.nepalikavita.com

Wednesday, December 29, 2010

गजल (१०५); अजय ढुंगाना


             गजल

नसोध म कुन यथार्थमा ढलेर पिउदैछु,  
आफ्नै आखा आफैसंग छलेर पिउदैछु, 

छैन भन्छयौ माया, बिर्सदै त्यो अतित, 
तर तिम्रो मायाको नशाले गलेर पिउदैछु,
 
तड़पिदै छु पल पल, तिम्रै मायामा हर पल, 
जलायै तिमीले मलाई! हो म जलेर पिउदैछु, 

मायाको ज्योति जगाउन दियो बालेथे मैले, 
घरै जलायो त्यसले, त्यसैमा बलेर पिउदैछु


 अजय ढुंगाना