जिन्दगीको यात्रा
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEg5MXQQgDMAB8KLsPOFxUgLKL3nQj-XBKJfT9xocO5gXzwLEy-1leqe4wwnwAQs17_H8hMGgZJ7jzYJAjKNsZVu3vHe8lDExhvvwPYpcplbl_pkXoeWfBT2ywd0xhz-AwJ70RBNVqrInRk/s1600/123.jpg)
जिन्दगीको यात्रा,
शुरु गर्नु अघि,
तिमी मलाई,
यात्राको नियम सुनाउदै छ्यौ |
म प्रभातका शित टिपेर,
सुनकोशी बगरका,
बालुवा चालेर,
वा बागरका गिट्टी,
दुइ फ्याक पारेर,
जिन्दगी सजाउनै,
खोज्दै गर्दा,
तिमी अमुर्त सपनाका रंग भरेर,
मलाई नयाँ जिन्दगी बाँडदैछौ,
म अनकन्टार खोंचमा छिरेर,
नयाँ जिन्दगीको यात्रा,
शुरु गर्दैछु |