हालैका दिनमा दैनिक जसो पत्रपत्रिकामा शेयर लिलामीका सुचनाहरु
प्रकाशित भैराखेका हुन्छन् । पछिल्लो समय कृषी विकास बैंकको हकप्रद निष्काशनको
क्रममा नबिकेका झण्डै २० लाख कित्ता शेयर लिलामीको सुचना आएको थियो । जसमा सामान्य लिलामीको प्रकृयामा भन्दा अधिक
आवेदन परेको तथ्यहरु बाहिर आएका थिए । विगतकम जस्तो केही सय वा हजारको संख्यामा
पर्ने गरेको आवेदनको सिमा नाघेर करिब एघार हजार भन्दा बढी लगानीकर्ताले आवेदन पेश
गरेका थिए । जब लिलामीको बाँडफाँटको नतिजा प्रकाशित भयो र आवेदनको क्रममा परेको
अधिकतम रकमको बारेमा जानकारी बाहिर आयो, उक्त आंकडाले बजार तरङ्गित भएको थियो ।
धितोपत्रको दोस्रो बजारमा समान्य अवश्थामा नै रु ४३५ को हाराहारीमा
उपलब्ध शेयर लिलामीमा रु ६०१ मा सकार्नु अनौठो कुरा थियो । सामाजिक संजालहरुमा यस
विषयमा अनेक टिका टिप्पणीहरु देख्न सकिन्थ्यो । सस्तोमा खरिद गर्ने र महंगोमा
बिक्री गर्ने लगानीको सामान्य सिद्धान्त विपरित बजार मुल्य भन्दा निक्कै माथी गएर
महंगोमा खरिद गर्नु र खरिद गरेकै दिनबाट निक्कै ठूलो घाटा बेहार्नु बुद्धिमतापूर्ण
लगानीको निर्णय हुनै सक्दैन । कृषी विकास बैंकको हकप्रद लिलामी त एक प्रतिनिधि
घटना मात्रै हो,
विगतमा अन्य संगठित संस्थाका शेयर लिलामीमा
समेत यस्तै प्रकृतीका बोलकबोल अक्सर देख्न सकिन्थ्यो ।
संगठित संस्थाको हकप्रद बिक्री गर्दा तोकिएको समय भित्र हकबाला
शेयरधनीले शेयर खरिद नगरेमा वा खरिद गर्न नचाहेमा बाँकी रहन गएको शेयर धितोपत्र
दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २० मा उल्लेख गरिए अनुसार त्यसरी बाँकी
रहन गएको शेयर लिलाम, बोलकबोल
प्रणाली अन्तरगत निष्पक्ष रुपमा बिक्री विवतरण गर्नुपर्ने हुन्छ । लगानीकर्ताले
हकप्रद मार्फत नबिकेका शेयर लिलामीमा सकार्नु अघि विविध कुराहरुमा ध्यान दिनुपर्ने
हुन्छ, जसको चर्चा यहाँ गर्न खोजिएको छः