सामूहिक लगानी कोष र नेपालको अवस्था
व्यक्तिगत वा संस्थागत लगानीकर्ताबाट लगानी योग्य रकम संकलन गरेर दक्ष व्यक्तिहरुबाट उक्त रकमलाई पूँजीबजार र मुद्राबजारका विभिन्न उपकरणहरुमा लगानी विविधिकरणको सिद्धान्त अनुरुप लगानी गर्ने गरी तयार पारिएको लगानी कोष एकांक कोष आदिलाई सामूहिक लगानी कोष भनिन्छ । नेपालको धितोपत्र सम्बन्धी ऐन २०६३ मा सामूहिक लगानी कोष संचालनका लागि योजना व्यवस्थापक आवश्यक पर्ने र उक्त योजना व्यवस्थापकले सामूहिक लगानी कोष संचालनका लागि धितोपत्र बोर्डसंग स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ । योजना व्यवस्थापकको योग्यता, कोष सुपरीवेक्षकको योग्यताको सम्बन्धमा सामूहिक लगानी कोष नियमावली २०६७ मा व्यवस्था गरेको पाइन्छ । उक्त व्यवस्थाले सामान्य लगानीकर्ताको लगानी योग्य रकम पूँजीबजारको क्षेत्रको जानकार विज्ञ व्यक्तिको हातमा मात्रै पुराउने कुराको प्रत्याभुत गर्दछ । नियमावलीमा भएको लगानी सम्बन्धी व्यवस्था र लगानीको सिमा सम्बन्धी व्यवस्थाका कारण सामूहिक लगानी कोषको रकम लगानी गर्दा लगानी विविधिकरण गर्ने पर्ने कुराको पनि प्रत्याभुत गर्दछ ।
विकसित पूँजीबजारमा खुलामुखी (ओपन इन्डेड), बन्दमुखी (क्लोज इन्डेड) लगानी कोष, एकांक कोष लगायतका सबै खाले सामूहिक लगानी कोष संचालनमा रहेको देखिएता पनि नेपालमा बन्दमुखी योजनाहरु मात्रै प्रचलनमा रहेको देखिन्छ । नामको हिसाबले व्यालेन्स फण्ड, हाइब्रिड फण्ड जस्ता नाममा सामूहिक लगानी कोषका योजनाहरु संचालन भएता पनि ति सबैको लगानी प्रकृति हेर्दा तात्विक भिन्नता नरहेको देखिन्छ । सरकारी तथा संस्थागत ऋणपत्रहरुको विकास हुन नसक्दा बण्ड फण्डहरु संचालन हुन सकेका छैनन् ।
एक्सचेन्ज ट्रेडेड फण्डको अवधारणा
विश्वमा सन् १९९०को दशकबाट प्रचलनमा आएको एक्सचेन्ज ट्रेडेड फण्ड (इटिएफ) को प्रयोग पछिल्लो समय धितोपत्र बजारमा व्यापक रुपमा हुदै गएको पाइन्छ । एक्सचेन्ज ट्रेडेड फण्ड अर्थात इटिएफ धितोपत्रको दोस्रो बजारमा कारोबार हुने शेयर जस्तै प्रकृतिको सामान्य लगानीको उपकरण हो, जसको केही बिशेषताहरु सामूहिक लगानी कोषसंग मिल्दोजुल्दो देखिन्छ । सामान्यतया कुनै इन्डेक्समा आधारित रहेर बिभिन्न लगानी योग्य धितोपत्रहरुको समिश्रणबाट तयार पारिने लगानीको उपकरण इटिएफ हो । इटिएफ आफैले कुनै एक कम्पनीको धितोपत्र मात्रको प्रतिनिधित्व गर्दैन, यसले आप्mनो पोर्टफोलियोमा समाविष्ट सम्पूर्ण धितोपत्रको औषत मुल्य जनाउदछ । जुन सामूहिक लगानी कोषमा भनिने खुद सम्पत्ती मुल्य (NAV) जस्तै हो । इन्डेक्समा आधारित रहेर तयार गरिएको फण्ड हुनाले यसलाई इण्डेक्स फण्ड पनि भन्ने गरिन्छ । इन्डेक्स फण्ड, प्यासिभ फण्ड (निष्कृय फण्ड) प्रकृतिको हुने गर्दछ, जसको कारण यसको व्यवस्थापन खर्च उल्लेखनिय रुपमा कम हुन जान्छ । इटिएफलाई धितोपत्रको दास्रो बजारमा सुचिकृत गरी निरन्तर कारोबारका लागि उपलब्ध गराइन्छ । यसर्थ इटिएफलाई सामूहिक लगानी कोषको परिष्कृत अवधारणको रुपमा व्यख्या गर्ने गरेको पनि पाइन्छ ।