Sunday, January 2, 2011

गजल(१०६); अजय ढुंगाना

गजल

तिमी साथ छैनौं भयो रात नौलो,
भुली एक आफै, र यो रात नौलो,

म विश्वास फेरि जित्ने सोच बोकी,
गए सामु आजै छ यो रात नौलो,

कतै आफ्नु के बोलु भनि म साच्दै,
बिराएछु आफैं ग यो रात नौलो,

हात्तीवाङ्-खालीहात नजानोस्!, भुवनहरि सिग्देल

हात्तीवाङ्-खालीहात नजानोस्!

मलाई हात्तीवाङ् जाने काम आइलाग्छ जुन बखत म धादिङको जोगीमारामा काम गर्थें । म उभिएको विन्दुबाट हात्तीवाङ् पुग्न मात्रै पाँच-छ घण्टा लाग्छ, म सहरबजारमा बस्ने मानिस भएको कुँज्याइले । काठमाडौँको भीमसेन थानको उकालो चढ्दा स्वाँस्वाँ गर्ने मेरो सङ्कीर्ण फोक्सो लैताकको उकालो सम्भिmँदैमा काम्न थाल्नु अनौठो कुरो हुँदैनथ्यो तर मानिसलाई अवस्था र बाध्यताले नै हो लैताकको उकालो चढाउने पनि ।
अघिल्लो दिन योजना बन्छ-भोलि हात्तीवाङ् जाने । राति चार मिनेट निद्रा बिग्रन्छ-भोलिको अत्यास सुरु भएको हुनाले । करङतिर उपियाँजस्ता सगसगाउँछ । त्यहाँ उपियाँ छैन मलाई थाहा हुन्छ । त्यो सगबग हात्तीवाङ्को हो, करङ भित्रपट्टकिो । थाकेको शरीरलाई निदाउन करैलाग्ने हुनाले मलाई थाहै नदिई निदाइसक्छ-एउटा अन्तरालमा ।
बिहान ६ बजे नै बाटो लागिसक्नु पर्ने अवस्था किन हो भने मन्थली, लैताक, जैपुरीहुँदै महाभारत -कोटडाँडा) काटेपछि चितवनतर्फको पानीढलो सुरु हुन्छ । तेर्पे, उकालो, सल्लेभीर नाघेर गएपछि बल्ल हात्तीवाङ् गाउँ देखिन्छ, परैबाट । यो कुरो मलाई गोपे चेपाङले अघिल्लै दिन भनिसकेको कारणले दिमागमा बाटोको चित्र बनाउन सजिलो भएको हो तर आज ता गोपे चेपाङ मसँग छैन । गोपेका गोडाले मेरो उकालो हिँडिदैन पनि । गोपेले जुत्ता नभएर लगाउँदैन । मसँग जुत्ता भएकाले सजिलोखाले छान्दछु, कपडाको, हलुका । मनले त भन्छ-'गोपे जहाँ हिँड्नसक्छ म किन नसक्ने ?' वास्तवमा त्यसो हुन्न तुलनात्मक कारणले । मैले हाफ पैन्ट र पातलो कमिज लगाएँ । गोपेको जस्तो नभएर होइन, उकालोमा भारी हुन्छ भनेर मात्रै । हिजो मानबहादुर लौरो टेकेर उकालोतिर लागेको थियो । ऊ बूढो थियो, गोडाका भर थिएनन् । आज म पनि लौरो टेकेरै उकालो चढ्दैछु, गोडाको भरमाथि विश्वास नभएर ।

Saturday, January 1, 2011

मुक्तक १, अजय ढुंगाना

                        मुक्तक

बिन्ति नसोध मलाई, म प्राय किन हतारमा हुन्छु,
तर जहाँ भए पनि म त तिम्रै प्यारमा हुन्छु ,
समिपमा भेटेनौ मलाई त तिमीले के भो,
खोजी हेर म त तिम्रै हृदयको दरबारमा हुन्छु

अजय ढुंगाना

गजल; ललिजन रावल

              गजल
शीतको थोपा उडिगयो, बिहानीका धामसँगै
मेरो नाउँ जोडिएला, फेरि तिम्रो नामसँगै ।
बोटहरु नाङ्गा भए, बाग फेरी उजाड भयो
फुलेका ती फूलहरु, झरिगए यामसँगै ।
मलाई कायल बनाइसके, रोइ रोइ यी आँखाले
तिमीलाई खोज्ने आँखा पठाउँ कि खामसँगै ।
जिन्दगीको एउटै पङ्ति, धेरै लामो हुँदोरैछ
रोकिदिउँकि आफैलाई, एउटा पूर्णविराम सँगै ।
हुलबाटै टाढा हुन मन लाग्छ कैलेकाहीँ
तरै लाग्नुपर्दो रैछ, मानिसका लामसँगै।

ललिजन रावल