Saturday, May 5, 2012

अनौठो यात्रा, अनौठो उडान (कविता); अजय ढुंगाना


अनौठो यात्रा, अनौठो उडान

एउटा अनौठो यात्रा,
एउटा अनौठो उडान,
जिन्दगीका कर्कश रेखाहरु,
सधै कर्कशिला नहुदा रहेछन,
त्यसैले त एउटा अनौठो यात्रा,
अनौठो उडान |

शुभ प्रभात,
रंगको लालिमा,
फुस्स उड्दा,
तिमी गजल कोर्छौ,
प्रडायामका महत्व सम्झन्छौ,
म त्यहि बिहान,
बेलुकीको बाँकी ह्विस्की,
तुन्क्याउछु,
कफीका बट्टाहरु,
किचनका अल्मारीबाट,
गलल्ल हाँस्छन,
म अनौठो यात्राको,
उडानको प्रतिक्षामा छु |

Thursday, May 3, 2012

प्रश्नहरु जन्मिन्छन बिना सम्भोग नै

प्रश्नहरु जन्मिन्छन बिना सम्भोग नै 

म प्रश्नहरु माथि त्यति धरै निरंकुश हुन्न, प्राय प्रश्नहरुलाई निर्बाद रुपमा जन्मन दिन्छु | 

संयोग अचम्मको परेको थियो, प्राय यस्ता अवस्थाहरु अचम्म दयाक हुन्छन र त् संयोग भनिन्छन, जे होस् यो पटक मैले उत्तर भेटे पश्चात प्रश्न जन्मिएको थियो, यो प्रश्नले आफ्नो अस्थित्व हैसियत कुन रुपमा राख्छ, त्यो उ आफै जानोस, मलाई भने प्रश्नको अवतरण देखेर दया लागेर आएको थियो | 

घडीका सुइलाई एक फन्का घुमाएर म एकै पटक बाल्यकालमा पुग्दछु; मेरो बाल्यकाल जसले मसंग अनेकौ स्मृतिहरु सजाएको छ, जुन मेरो मस्तिष्कको एउटा कुनामा सधै जीवित भएर बाँचीरहेको छ हो त्यही बचपनमा पुग्छु म | चितवनको एउटा सानो गाउँको सानो चौघेरा भित्र सुन्दर सजिएको थियो त्यो | भद्दा सजिएको होइन, चरम अभावको खडेरीमा अल्झिएको होइन, बीच मै कतै, केही पाए जस्तो, केही पाउन अझै बाँकी जस्तो पनि |

'चौकैठ' नाघिन्, तर यात्रा रोकियो

रन्जु झा लगायत कथित जनकपुर बम काण्डमा जीवन गुमाउने सम्पूर्णको आत्माको चिर शान्तिको कामना

तल प्रस्तुत लेख नागरिक दैनिकको अनलाइन संस्करणबाट लिइएको हो |


देशविदेशका फिल्म फेस्टिभलहरूमा रुचाइएको छोटो फिल्म 'चौकैठ'मा मुख्य भूमिका निर्वाह गर्ने अभिनेत्री रञ्जु झाले उतारेका विम्बहरू अब फिल्मको पर्दामा सीमित भएको छ। जनकपुरको रामानन्द चोकमा सोमबार बम विष्फोटमा अन्य तीनसहित रञ्जुले मृत्युवरण गरिन्। फिल्म 'चौकैठ'मा पुरुषप्रधान समाजले निर्धारण गरिदिएको घेरालाई नाघ्दै प्रतीकात्मक विद्रोह गर्ने नारीको रूपमा देखिएकी रञ्जुको विम्ब वास्तविक जीवनमा पनि त्यस्तै थियो।  

'मिथिला समाजमा घुम्टोदेखि बाहिर निस्किएर ठाउँठाउँ नाटक देखाउँदै हिँड्न एउटी महिलालाई सजिलो छैन,' प्राज्ञ रंगकर्मी रमेशरञ्जन झाले भने, 'त्यसैले उनी मिथिला समाजमा बोल्ड नारीको रूपमा चिनिँदैथिइन्।'

रञ्जुको असामयिक निधनको खबर प्राप्त हुने बित्तिकै काठमाडौंमा रहेका रंगकर्मीहरूले थापाथलीस्थित शिल्पी थियटरको हलमा सोमबार साँझ शोक प्रकट गरे। विष्फोटको बेला अरू रंगकर्मी र स्थानीय संस्कृतिकर्मीसहित धर्नामा बसेकी थिइन् रञ्जु। 

Tuesday, May 1, 2012

गजल (राजेश कार्की)


अभिनव.कमका लागि अमेरिकाको लस् एन्जलसबाट इआर. राजेश कार्कीज्यूले पठाउनु भएको गजल आजको ब्लगको सामाग्री, गजलका लागि राजेशज्यूलाई हार्दिक धन्यबाद 

गजल

सधैँ सधैँ भुलाउने बातैमा तिमीले
जानी जानी छोइदिने हातैमा तिमीले

सँगै सँगै हिँडदा पानी परे सिमसिम
नजिक नजिक टसाउने छातैमा तिमीले

कहिले माया पिएर कहिले पिलाएर
डुबाउने त्यो हेराइको मातैमा तिमीले