Saturday, August 24, 2013

टेन क्वेशन विथ लेनिन बन्जाडे



लेंदाईको नामबाट टुइटरमा परिचित लेनिन बन्जाडे पेशाले पत्रकार हुन् | http://lendaai.wordpress.com/ ब्लगमा उनको रचना तथा लेखहरु पढ्न सकिन्छ | उनीसंग गरिएको दश प्रश्नहरु आजको टेन क्वेशन सिरिजमा हामीले प्रस्तुत गरेका छौ |

Q1: हिजोआज कुन पुस्तक पढ्दै हुनुहुन्छ वा पछिल्लो समय कुन पुस्तक पढेर सक्नुभयो ?
खालिद होसेनीको And the Mountains Echoed खोलेको हो, पढ्न सुरु गरेको छैन ;)

Q2: पढ्नका लागि किताबहरु के का आधारमा छान्नुहुन्छ ?
साथीभाइको सिफारिस र पत्रपत्रिकाको समीक्षा

Q3: एउटा किताब छान्नुपरे कुन छान्नुहुन्छ ?
फिक्सन

Q4: पढ्नका लागि सबैभन्दा उत्तम समय र स्थान ?
आफ्नै कोठा । राति ।

Q5: दोहोराएर पढ्नु भएको पुस्तक ?
वसन्ती

Q6: पढ्दा पढ्दै बिचैमा छोडनुभएको किताब ?
शताब्दीको अन्तिम प्रेमकथा

Q7: आवश्यकता भन्दा बढी चर्चा पाएको किताब ?
घनचक्कर

Q8: मनपर्ने लेखक र सबैभन्दा बढी इम्प्रेसिभ क्यारेक्टर ?
नवीन विभास, शंकर लामिछाने, बुद्धिसागर, ब्रजेश, खलिल जिब्रान आदि । पात्र 'Th Old Man and the Sea' को बुढो Santiago :))

Q9: तपाईको रिकमेन्डेशनका छुटाउनै नहुने ५ किताब ?
1 कर्नाली ब्लुज
2 जूनकीरीको संगीत
3 रात पनि ऐठन परेको रातमा (नवीन विभास)
4 फस्ट लभ
5 The Kite Runner | A Thousand Splendid Suns (Both by Khaled Hosseini)

Q10: अन्तिम प्रश्न, किन पढ्नुहुन्छ ? 
मन लाग्छ ;)


उहाँलाई @lendaai मा टुइटरमा फलो गर्न सकिन्छ | 

Sunday, August 18, 2013

टेन क्वेशन बिथ ए बुक रिडर १

टेन क्वेशन बिथ रामापिथेकस
हामीले आज देखी हरेक हप्ता समाजिक संजालका सकृय एक जना ब्यक्तिसंग उहाँको पुस्तक पढ्ने शैली र रुचीको बारेमा १० प्रश्नहरुको एउटा सिरिज "टेन क्वेशन बिथ ए बुक रिडर" शुरु गर्न लागेका छौ । आशा छ तपाईहरुलाई हाम्रो यो प्रयास मन पर्नेछ ।
आजको पहिलो अंकमा सामाजिक संजाल टुइटरमा रामापिथेकसको नामबाट चिनिने बिष्णु पुरीसंगको कुराकानी प्रस्तुत गरेका छौ ।

Q1: हिजोआज कुन पुस्तक पढ्दै हुनुहुन्छ वा पछिल्लो समय कुन पुस्तक पढेर सक्नुभयो ?
छैन । रेस्ट गरि'राछु । टाउको दुखी राछ । हिजो दारु खाको, ककटेल परेच :(

Q2: पढ्नका लागि किताबहरु के का आधारमा छान्नुहुन्छ ?
दाम हेर्नी हो नि । फास्ट ह्यान्ड महँगो हुन्च । सेकेन-ह्यान किन्नी हो, पढनी हो । दामको आधारमा हो म त ।

Q3: एउटा किताब छान्नुपरे कुन छान्नुहुन्छ ?
त्यस्तो छैन

Q4: पढ्नका लागि सबैभन्दा उत्तम समय र स्थान ?
यत्र, तत्र , सर्बत्र ! यदा, कदा, सर्बदा !

Saturday, August 17, 2013

A survey on your book reading habit.

Some survey among these will publish in this blog.
Create your free online surveys with SurveyMonkey , the world's leading questionnaire tool.

Sunday, August 4, 2013

#Nepathya Concert in Wembley Arena, London (Photos)

Camera used: Nikon D5100
Photographs by: Ajaya Dhungana