Saturday, December 31, 2011

New Year wishes from London.

लण्डनबाट नयाँ बर्षको शुभकामना
[New Year wishes from London.]


अलबिदा बर्ष २०११ 


सु-स्वागतम बर्ष शंख्या २०१२ 




संसारको जुनसुकै कुनामा रहनु भएको भए पनि, जस्तो अवस्थामा रहनु भएको भए पनि हामी तपाई सबैलाई नयाँ बर्ष २०१२ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ | नयाँ बर्षले आपसी प्रेम, सद्भाव र शान्ति छर्न सकोस, यहि नै हाम्रो कामना | नेपाली भाषा, साहित्य र संस्कृतिलाई माया गर्नुहुने र अभिनव.कमलाई नजिकबाट नियाली रहने तपाई सबैलाई हार्दिक मंगलमय शुभकामना |

अभिनव.कम परिवार

(तस्विरहरु:
 माथिको लण्डनको प्रख्यात बिग बेन घडी 
तलको लण्डन आई)
(फोटो श्रोत: विभिन्न वेव साइटहरु )

Wednesday, December 28, 2011

टि-ट्वान्टी विश्वकप क्रिकेट २०१२ र नेपालको सम्भावना


[Nepal's possibilities in T-20 World Cup 2012]
टि-ट्वान्टी विश्वकप क्रिकेट २०१२ र नेपालको सम्भावना

सेप्टेम्वर १८, २०१२बाट श्रीलंकामा शुरु हुने टि-२० विश्वकप क्रिकेटको चौथो संस्करणमा एसोसिएट राष्ट्रहरु मध्यका दुइ राष्ट्रले सहभागी हुन पाउनेछन | त्यसका लागि १६ राष्ट्र सम्मिलित छनोट चरणमा बिजेता या उपबिजेता हुनुपर्नेछ | जुन प्रतियोगिता मार्च महिनाको १३ तारिखबाट यु.ए.यी.मा शुरु हुदैछ | गत महिना काठमाडौँमा सम्पन्न एसीसी ट्वान्टी ट्वान्टी क्रिकेटमा सेमिफाइनलमा पुगेर नेपाल एसोसिएट राष्ट्रहरुको छनोट प्रतियोगिताका लागि छनोट भएको हो | एसोसिएट राष्ट्रहरुको छनोट प्रतियोगिताको आयोजक यु.ए.यी. भने प्रतियोगिताका लागि भने छनोट हुन सकेन | अब चर्चा गरौ नेपालको विश्वकप यात्राको सम्भावनाका बारेमा; एसोसियट राष्ट्रहरुमा नेपाललाई बलियो टोलिका रुपमा हेरिदैन | नेपालको कम्जोर ब्याटिंगका बारेमा सारा विश्वलाई थाहा छ | तर नेपाली बलिंग भने चुस्त मानिन्छ | एउटा खेल चुस्त बलिंगका कारणले जित्न सकिएला, तर पुरै प्रतियोगिता वा सिरिज चुस्त बलिंगका कारणले जित्छु भन्नु मुर्खता हुनजान्छ | नेपालको कम्जोर ब्याटिंग हालै सम्पन्न एसीसी ट्वान्टी ट्वान्टीमा अफगानस्तान र ओमानसंगको पराजयबाट मुल्यांकन गर्न सकिन्छ | वा त अघिल्लो बर्ष तन्जिनियासंग एकदिवसीय खेलमा ११७ रन पछ्याउने क्रममा ब्यहोरेको ९ रनको हार र डिभिजन ४ मै अडकनु परेको यथार्थ हेर्न सकिन्छ | उमेर समुहको क्रिकेटमा केहि राम्रै उपलब्धि हासिल भए पनि राष्ट्रिय टोलिको प्रदर्शन भने निराशा जनक नै छ, आजका दिनसम्म | हाम्रो देशको क्रिकेटको स्तर कहाँ छ, हाम्रो देशको प्रतिनिधित्व गर्ने टोलीबाट कतिसम्मको आशा गर्न मिल्छ भन्ने कुरा बुझ्न सकिन्छ | छनोट प्रतियोगिताबाट छनोट भएर नेपाली टोली विश्वकपसम्म पुगे त्यो नै नेपाली राष्ट्रिय टोलीको अहिलेसम्मको सबैभन्दा ठुलो सफलता हुनेछ |

Tuesday, December 27, 2011

एउटा निरास लडाकुको कथा

एउटा निरास लडाकुको कथा
A Story of Disillusioned Solder.


अल जजिरा टि.भी.ले केही दिन अगाडि प्रशारण गरेको वृत्तचित्र दि डिस्इल्युजन्ड सोल्जर (निरास लडाकु)ले चन्द्रभक्तको कथा वर्णन गर्छ। नेपाली वृत्तचित्रकार सुविना श्रेष्ठले चन्द्रभक्तलाई लामो समयसम्म क्यामराले  पछ्याउदै यो वृत्तचित्र तयार परेकी हुन् |
दिदीको हत्या पश्चात माओबादीका पूर्णकालिन सदस्य भएका संगम अर्थात् चन्द्रभक्त युद्धबिराम भए पछि शिबिरमा रहदा माओबादी लडाकु रुपासंग बिबाह गरेका हुन् | शिबिरबाट अयोग्य लडाकु भएर बाहिरिनु पर्दा उनि खुशी थिएनन् | त्यति नै बेला उनिकी श्रीमती दुई जिउकी हुन्छिन | कृष्ण गोरखाको ग्रामिण भेगमा रहेको आफ्नो घरमा पुग्छन, बर्षौ पछि आफ्नो आमा बुवालाई भेटछन् | संयुक्त राष्ट्रसंघको सहयोगमा मोबाइल बनाउने तालिम लिएका चन्द्र आफ्नै पसल खोल्ने योजना बनाउँछन् | केही पछि चन्द्र र रुपाको छोरी जन्मिन्छे | उनीहरु दुवै जना अब सैनिक नहुने र छोरीलाई पढाउनु पर्ने कुरा सोच्छन | रुपा आफुले पढाई छोडेर माओबादीमा जादा आफ्नो बच्चै बुद्धी भएको र आफुलाई ठिक र गलत के हो थाहा नभएको सम्झिन्छिन | पार्टीले बाई.सी.एल.को जिम्मेवारी थमाएको हुन्छ चन्द्रभक्तलाई र त्यसैको लागि उनि काठमाडौँ आउछन | बाई.सी.एल.मा रहदा दिन भरि त्यतिकै खाली बस्नु पर्दा आफ्नो जिन्दगी त्यतिकै बर्बाद हुदै गएको महसुस गर्छन उनि | परिवार पाल्नु पर्ने बाध्यतालाई पनि उनि सम्झन्छन् | आफ्नो पार्टीले चुनाब जितेर सरकारमा पनि गैसकेको थियो, तर पार्टीको कार्य-शैली प्रति बिस्तारै उनलाई बितृष्णा बढ्दै जान्छ | पार्टीले बाटो बिराएको भान हुन्छ उनलाई | उनि सामेल भएको कृष्णभीरको लडाई सम्झदै भन्छन "हामीलाई त पूरै विश्वास थियो, हामी नयाँ नेपालको लागि लडेको भनेर तर आफ्नै पार्टीले हामीलाई त्याग्यो |"

Sunday, December 25, 2011

क्रिसमसको शुभकामना

अभिनव.कमको तर्फबाट क्रिसमसको शुभकामना




तपाई जहाँ रहनु भएको भए पनि तपाई सबैलाई क्रिसमसको हार्दिक मंगलमय शुभकामना
अभिनव.कम परिवार