Tuesday, March 27, 2012

फोटो अफ द डे

Photo of the Day
फोटो अफ द डे



फोटोग्राफर: रन्जना ढुंगाना पौडेल
थिम: सनसेट
स्थान: ब्रकबेल पार्क, ल्याम्बेथ, लण्डन 
(Brockwell Park, Lambeth, London)
Camera used: Cannon IXUS 9515




Saturday, March 24, 2012

जति जति टाढा गयौ (गीत); राकेश कार्की




जति जति टाढा गयौ
उति उति रित्तो भएँ
छाना जग कै नभाको
ठिङ्ग्रीङ्ग भित्तो भएँ

चोट तिमीले देको हैन
आफै नै लागेको हो
झरी दिए त्यसै त्यसै
न त आँशु मागेको हो

Monday, March 19, 2012

तिमीले रोजेको बाटो (कविता); अजय ढुंगाना


तिमीले रोजेको बाटो 


२०५९ मङ्सिर अर्थात् माओबादी जनयुद्ध चलिरहदा लेखिएको कविता, आज पहिलो पटक यो ब्लगमा

हिड्नु पर्ने बाटो,
सजिलो थिएन,
तैपनि तिमीले बोलायौ,
म गइन |

तिमीले अन्धकारमा यात्रा शुरु गर्यौ,
म पनि यता,
लोडसेडिंगको मार खेप्दै थिए,
बिहान उठ्दा,
तिमीले स्कुल जलाएर आगो तापेछौ,
मैले त्यही दिनदेखी,
स्कुल जान छोडीदिए |

Friday, March 16, 2012

अल्विदा, नारायणीका राँके भूतहरु (कविता) अजय ढुंगाना

अल्विदा, नारायणीका राँके भूतहरु

देशमा गणतन्त्र घोषणा हुनुभन्दा पहिले (२०६४ बैशाख) मा लेखिएको मेरो एउटा कविता आजको ब्लगको सामग्री 

भो, भयो अति भयो,
अब चाँहिदैन मलाई,
नारायणीका राँके भूतहरुको,
क्रिसमस र नववर्षका,
शान्ति र दिर्घायुको कामना ।

साँच्चै अब चाँहिदैन मलाई,
कतिथ तेरो छत्रछायामा,
अल्झिएको, मक्किएको,
धर्मराएको, लड्बडाएको,
तेरो ओठे हाँसोमा नसुहाएको,
स्वतन्त्रताको भयावह नारा ।

ए! नारायणीका राँके भूतहरु,
त्यो मसानघाट भन्दा माथी उठेर हेर्,
एक टुक्रा संसार भन्दा पर,
नजर डुलाएर हेर्,
देख्नेछस् तैले,
त्यो मसानघाट भन्दा पर,
देवकोटा देखी भानुभक्तसम्म,
जो लेखिरहेछन् स्वतन्त्रताका कविता ।