Tuesday, November 27, 2012

सामाजिक संजाल, ब्लग र नेपाली युवा

सामाजिक संजाल, ब्लग र नेपाली युवा

(२४ मार्च २०१२का दिन लेखिएको र ब्लगको ड्राफ्टमा रहिरहेको पोष्ट )
केही दिन अगाडि सामाजिक संजालको एउटा मध्यम टुइटर प्रयोग गरि पत्रकार किशोर नेपालले एउटा बन्चरो प्रहार गरे | जसमा लेखिएको थियो, नेपालको सामाजिक संजालको कब्जा केटाकेटीहरुले गरेका छन् जो ढुंगे युगका मान्छे जस्ता छन् | उनको यी शब्दले पढ्ने जति सबैलाई झस्कायो | उनि स्वयम् पनि सामाजिक संजालका एउटा प्रयोगकर्ता हुन् र पनि उनले उक्त टुइट गर्नु अघि यो कुरो हेक्का नराखे जस्तै देखियो | त्यसैले उनलाई रातारात विरोधाभास पात्रका रुपमा तयार परियो, सामाजिक संजालमा | उनका बिगतका कार्यहरुको मुल्यांकन गरियो, मुल्धारे पत्रिकाले समात्न नसकेको सामाजिक संजालका गतिका बारेमा चर्चा भयो, त्यो साता पुरै सामाजिक संजालमा |

यो एउटा उदहारण मात्रै थियो, सामाजिक संजालमा हामी नेपालीको अवस्थाका बारेमा | सामाजिक संजालको प्रयोग कुन उदेश्यका लागि हुनुपर्छ, त्यो छुट्टै वहसको बिषय हो, आज त्यता तिर नलागौ | आजको बिषय सामाजिक संजालको एउटा प्लेटफर्म ब्लगमा केन्द्रित रहने कोशिस हुनेछ, नेपाली समाजमा यसको अभ्यास र नेपाली युवा बर्गको योगदानलाई नजिकबाट नियाल्ने प्रयास हुनेछ | किनकी नेपाली समाज ब्लगिंगको अभ्यासबाट अछुतो छैन, यहाँ हेरक बिषयका बारेमा ब्लगिंग गर्नेहरु भेटिन्छन | नेपाली समाजमा प्रबिधिमा नजिकबाट पहुच भएको वर्ग युवा वर्ग हो | हो, यही युवा वर्ग नै सबैभन्दा बढी होमिएको छ ब्लगिंगको दुनियामा, यही युवा वर्गले ब्लगलाई कुन रुपमा लिन्छ, आजको कुरोको चुरो त्यही हुनेछ | सामाजिक संजाल र ब्लगले हाम्रो समाजलाई कता तिर डोराउदै छ, के माथि किशोर नेपालको टुइटमा भनिए जस्तै सामाजिक संजाल नेपालको सन्दर्भमा कलिला बच्चाहरु वा उनकै शैलीमा ठेट्नाहरुले कब्जा गरेकै हुन् त? अनि के ति सामाजिक संजालका प्रयोगकर्ताहरु विचारहिन ढुंगे युगका आदि मानव जस्तै छन् त? यिनै प्रश्नका जवाफ खोज्ने कोशिस गर्नेछौ | सामाजिक संजालबाट पनि स्पेशिफिक हुदै ब्लगमा केन्द्रित हुदै यी चर्चाहरु गर्नेछौ | त्यसो त आज-भोलि ब्लगिंगलाई पनि मोर्डन र ट्रेडिसनल भनेर बिभाजन गर्ने गरेको पाइन्छ | मोर्डन ब्लगिंगले टुइटरमा लेखिने जस्तो माइक्रोब्लगिंग बुझाउछ, जुन एकदमै थोरै, एकदमै स्पेशिफिक र अति नै कन्सनट्रेट हुनुपर्छ भन्ने मान्यता राख्दछ | तर हामी भने यो लेखमा ट्रेडिसनल अर्थात् परम्परागत शैलीकै ब्लगिंगको दयारा भित्र रहेर कुरा गर्नेछौ, जसमा लेखाइको शंख्यात्मक बन्धन हुदैन र केही हदसम्म खुल्ला मानिन्छ, जसलाई फोटो, भिडियो र लेखाइले आकर्षक स्वरूप दिन सकिन्छ | एकै हरफमा भन्दा यो खुल्ला आकाशमा उडेको चंगा जस्तै हुन्छ, लेखमा उठाइएको बिषयले धागोको जस्तै काम अर्थात् लेखको दयारालाई नियन्त्रण गर्छ |

निश्चित रुपमा ब्लगलाई उत्पादनशिल बनाउन सकिन्छ, बिचारको बहस गर्ने केन्द्रबिन्दु बनाउन सकिन्छ | प्राय राजनैतिक बिषयमा ब्लगिंग गर्नेहरु धेरै हदसम्म ब्लगलाई वहसको केन्द्रबिन्दु बनाउन सफल भएका छन | "हाम्रो ब्लग", "नेपालप्लस"लाई यसका उदाहरणका रुपमा लिन सकिन्छ | बेलायतमा रहेर नेपाली सिनेमा र कलाकारिता सम्बन्धि ब्लग लेख्ने लेक्स लिम्बुले ब्लग मार्फत नै आफ्नो छुट्टै पहिचान बनाएका छन्, उनको ब्लग आजको दिनसम्म सत्र लाख चालिस हजार भन्दा ज्यादा पटक हेरिएको छ | नेपालमै रहेर प्रबिधि र सामाजिक संजालको सेरोफेरोमा ब्लगिंग गर्न रुचाउने आकार पोष्टका अनिल (आकार) पनि ब्लग मार्फत नेपाली समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने र ब्लगमै आफ्नो करियर बनाउन सकिने कुरा उनले आफ्नो ब्लगमा ब्यक्त गरेका छन् | नेपालमा ब्लगिंगको इतिहास ठ्याकै कहाँबाट शुरु भयो, यो बिषयमा म त्यति धेरै स्पष्ट छैन, तर नेपाली भाषा (युनिकोड) मा शुरु गरिएको पहिलो ब्लग "मेरो संसार" वा हालको "माईसंसार" हो | यो ब्लगका ब्लगर उमेश श्रेष्ठ(सालोक्य)ले ब्लग मार्फत नै नेपालका ग्रामिण भेगका केही सरकारी स्कुलमा पुस्तकालय खोल्ने एउटा अभियानका बारेमा पाठकलाई जानकारी गराए, पाठकहरुको उत्साहजनक प्रतिक्रिया पाए, अन्तत विद्यालय, स्थानीय निकाय, स्थानीय निकायको सहयोगमा पुस्तकालय अभियानले मुर्तरुप पायो, ब्लग मार्फत समाज रुपान्तरणको अभियानमा एउटा प्रशंसनीय कदम चाले |

नेपालमा नियमित रुपमा बल्गिंग गर्नेहरु अहिले विभिन्न नामबाट समुहगत हुन थालेका छन् | जसबाट आपसी अनुभब र सहयोग साटासाट गर्न सजिलो हुने निश्चित छ | नेपाल बाहिर रहेर पनि नेपाली भाषामा ब्लगिंग गर्ने हरु पनि प्रसस्तै छन् | राजनैतिक इस्यु मात्रै खोजिने र त्यसकै सेरोफेरोमा मात्रै रहेर लेखिने ब्लग पनि प्रसस्तै भएका छन् भने, कथा, कविता जस्ता साहित्यिक रचना मात्रै राखिने ब्लगका पनि लर्को लामै छ | निश्चित रुपमा ब्लगको बिषय छनोट गर्ने स्वतन्त्र अधिकार ब्लगरमा हुन्छ तर एउटाले कुनै बिषयमा राम्रो ब्लगिंग गर्यो भने त्यसकै फलो गर्दै ठ्याकै त्यसरी नै ब्लगिंग गर्छु भन्ने नयाँ पुस्ताको पनि कमि छैन रे, जानकारहरु बताउछन | केही हदसम्म यी कुरा सत्य पनि हुन् | रहरै-रहरले ब्लगिंग गर्न आइपुगेकाहरुको जमात पनि ठुलै भै-सकेको छ | "जनक एप्रोच" ब्लगका युवा ब्लगर जनकराज भट्ट आफ्नो अनुभबमा भन्छन "नेपाली ब्लगिङ दुई थरीका मान्छेले गरेको देख्छु, एउटा रमाइलो या रिस शान्त पार्न, अर्को चाँही ब्लगिङ बुझेरै यस्लाई बिबिध तरिकाले उपयोग गर्न । नेपाली ब्लगिङमा निरन्तरताको अभाब छ, दुई चार वटा लेख्यो छोड्यो, भ्याएको बेला लेख्यो नत्र छोड्यो आदी आदी । त्यसैले जती रुपमा "नागरिक पत्रकारिता"को बिकासको लागि यस्लाई प्रयोग गर्न सकिन्छ त्यो त भएको देखिन्न, तर पनि आसा गर्ने ठाउँ प्रसस्तै भेटिन्छ, शायद मुलधार पत्रकारितामा आबद्द साथीहरु नै ब्लगिङमा पनि अगाडि देखिएकाले यो समस्या आएको हुनसक्छ ! राम्रो छ, राम्रो बनाउन सकिन्छ !" कैयन नेपाली ब्लगहरुलाई एकसाथ राखेर हेर्दा, भट्टजीको अनुभब र मुल्यांकन ठिकै लाग्छ, मुलधारे पत्रिकामा आबद्ध युवा पत्रकार नै ब्लगमा पनि हावी भएका हुन् कि |

नेपाली समाजका सयौ उर्जनशील युवाहरु ब्लग प्रति आकर्षित भएका छन | चाहे रहरै रहरमा होस् वा ब्लगलाई नजिकबाट बुझेर होस् यो आकर्षणलाई एउटा सुखद उपलब्धिका रुपमा हेरिनु पर्छ | संसारमा धेरै त्यस्ता व्यक्तिहरु छन्, जो रहरै रहरमा ब्लगिंगको दुनियाँमा होमिएका थिए तर आज ब्लग मै उनीहरुले आफ्नो करियर बनाएका छन् | यसर्थ गल्तिबाट सिक्दै जाने अभिप्रायका साथ आएकाहरुको पनि धेरै अगाडि बढ्न सक्ने सम्भावना छ | यद्दापी लेखनी सजिलो कुरो भने होइन, अझ कुनै बिषयमा स्पेशिफिक भएर निरन्तर लेखिरहन झनै गाह्रो हुन्छ | किनकी लेखकलाई त्यो बिषय र सन्दर्भका बारेमा पर्याप्त ज्ञान हुनु पर्दछ | अझ लेखकले लेखेको कुरा पाठकलाई त्यही हिसाबमा बुझाउने काम झनै चुनौतीपूर्ण हुन्छ | ब्लगमा यी सबै कुराहरु ब्यक्त गर्न लेखका अलावा फोटो र भिडियोको पनि प्रयोग गर्न सकिन्छ तर कुन ठाउँमा कस्तो सामग्री प्रयोग गर्दा उपयुक्त हुन्छ, यो ब्लगरको बिबेकमा भर पर्दछ र यो कुराले पनि ब्लगरको परिक्षा लिईरहेको हुन्छ | त्यसैले समग्र एउटा कडा चुनौति पनि हो |

ब्लगले समाजमा सकारात्मक परिवर्तनका लागि उर्जा प्रदान गर्न सक्छ, परिवर्तनका लागि एक जुट हुन सहयोग पुर्याउछ | युवा वर्गको जोश ब्लग लगायतका सामाजिक संजालका माध्यमबाट समाज रुपान्तरणका लागि प्रयोग गर्न सकिन्छ | आजै अर्थात् (मार्च २४)मा टि.एफ.सी.नेपालले आफ्नो जन्मदिन मनाईरहदा यसले गरेका कामहरु सम्झन उपयुक्त ठान्छु | ति अबोध बालबालिकाको मुहारमा छाएको खुशी यही सामाजिक संजाल कै उपज हो | चितवनका पत्रकार एकल सिलवालले चलाएको अभियान "चेपांगको आंगमा तुसारो नपरोस"लाई फेसबुक मार्फत धेरैले सहयोग गरेको कुरा सम्झिरहेछु | त्यस्तै, बिबिसीका रबिन्द्र मिश्रले केही महिना अगाडि नेपालको तराईमा शितलहर चल्दा न्यानो कपडा बटुल्न फेसबुक र टुइटर मार्फत गरेको त्यो अनुरोध र कैयनले साथ दिएको उनको त्यो अभियान सम्झन चाहन्छु | अनि फेरी एकपटक माइसंसारको पहलमा गोरखा र पर्बतमा खुलेका ति पुस्तकालयहरु सम्झन चाहान्छु | र यो क्रम यति मात्रै होइन र यही रोकिएको पनि हैन | त्यसैले मलाई लाग्छ वर्तमान समयमा सामाजिक संजालको शक्तिलाई नजरअन्दाज गर्नु मुर्खतापूर्ण हो, तैपनि यी सबैका बिचमा पत्रकार किशोर नेपालको टुइट आयो र मलाई भन्न मन लाग्यो नेपालजी, तपाईलाई धेरै पर छोडेर सामाजिक संजाल, ब्लग र नेपाली युवा धेरै अघि बढीसके |

सायद, यो मध्य पृष्ठमा छापिने ब्लो अप भन्दा बेग्लै संसार हो कि ??



अजय ढुंगाना
लण्डन

1 comment:

NKM said...

Well, once he said that he knows his business. I hope so (counting the grey hairs).


However, I do not like chat-bard style conversation in twitter: the conversation is public!
The excuse is often: "The rule of the game is that there is no rule". However, having khubilities to spit should come with the power to understand the acidity of the spit.