एउटै गोरेटो,
एउटै गल्ली,
एउटै साँझ,
एउटै रमझम,
बिचको
एउटै पार्टी,
र अनायशै हाम्रो भेट,
मेरो लागि असजिलो थियो,
सायद तिम्रो लागि पनि,
अप्ठ्यारो भयो होला ।
झरिले उन्मक्त साँझ,
अपरिचितहरुको भिड,
अनि नशाको तरंग,
मेरो लागि त काफ़ी थियो,
अबचेतन मस्तिष्कमा रहेका,
ति दिनहरु संम्झन,
सायद तिमीले पनि सम्झियौ होला,
त्यस्तरी नै ।
हुन त गफ शुरु गर्ने,
अनेकौं बिषयहरु थिए होलान,
ट्विटरमा झैं, फेसबुकमा झैं,
कार्टेलिङका बिषय,
अनशनका बिषय,
संघियता, सुनको भाउ,
खाडीका नेपाली,
घाँडो एडिएसएल,
हुडहुडे झरी, वा,
ति सबै भन्दा पहिले,
संबिधानसभा नै हुन सक्थ्यो ।
प्यालामा मदिरा थप्दै,
गफलाई लमतन्ने बनाउने,
टपिकहरु थिए युनिभर्समा,
इबोलाको भाइरस,
इस्लामिक स्टेट,
मलालाको नोवल पुरस्कार,
अलिबाबा, इण्डियाको मार्श मिसन,
युक्रेन - रसिया,
किम जोङ उन वा,
यि सबै भन्दा पनि पहिले,
संबिधानसभा नै हुन सक्थ्यो ।
नेइमारको गोल हुन सक्थ्यो,
म्याक्सबेलको बिकेट हुन सक्थ्यो,
रिहानाको लिकेज फोटो,
ब्याङ ब्याङको कमाई,
माइलीको पागलपन,
आइसबकेट च्यालेन्ज,
मुस्ताङको हिमपैह्रो,
आइफोन ६ प्लस,
वा ति सबै भन्दा पहिले,
नभेटिएको सहमती नै हुन सक्थ्यो,
तैपनि मैले,
ति सबै छोडेर,
त्यै बिरानो ढुंगा संम्झिए,
त्यै गोरेटो सम्झिए,
त्यै झरि,
त्यै साँझ,
त्यै चौतारी र
त्यै एउटा छाता सम्झिए,
गरेरै नसकिएका बातहरु,
एक झमेट मै बितेका,
पट्यारलाग्दा पर्खाईहरु ।
र झस्काइरहे,
सम्झनाका कुइनेटाहरुले,
दुइटा फरक टाउकोमा,
बाँढिएका हेडफोनका टुप्पाहरुले,
साइकिलको डन्डीमा सजिएर,
दौडिएका स्मृतिहरुले,
दुइ स्ट्र राखेर,
रित्ताइएका कोकका बोत्तलहरुले,
झस्काइरहे तारन्तार,
कितावका खातखातमा सजाइएका,
हजारौं पटक पढिएका,
मीठा प्रेमपत्रहरुले ।
तर सायद नसम्झिनु पर्थ्यो मैले,
यि तमाम कुरा छोडेर,
त्यो रमझम छोडेर,
त्यो मदहोश छोडेर,
तिनै विगतका भग्नावशेषहरु,
आफ्नै मायाका खण्डहरहरु,
हाम्रै प्यारका अवयवहरु,
र कोपिला मै टिपेर फ्याकिएका,
सुगन्ध रहित फुलहरू ।
एउटै गल्ली,
एउटै साँझ,
एउटै रमझम,
बिचको
एउटै पार्टी,
र अनायशै हाम्रो भेट,
मेरो लागि असजिलो थियो,
सायद तिम्रो लागि पनि,
अप्ठ्यारो भयो होला ।
झरिले उन्मक्त साँझ,
अपरिचितहरुको भिड,
अनि नशाको तरंग,
मेरो लागि त काफ़ी थियो,
अबचेतन मस्तिष्कमा रहेका,
ति दिनहरु संम्झन,
सायद तिमीले पनि सम्झियौ होला,
त्यस्तरी नै ।
हुन त गफ शुरु गर्ने,
अनेकौं बिषयहरु थिए होलान,
ट्विटरमा झैं, फेसबुकमा झैं,
कार्टेलिङका बिषय,
अनशनका बिषय,
संघियता, सुनको भाउ,
खाडीका नेपाली,
घाँडो एडिएसएल,
हुडहुडे झरी, वा,
ति सबै भन्दा पहिले,
संबिधानसभा नै हुन सक्थ्यो ।
प्यालामा मदिरा थप्दै,
गफलाई लमतन्ने बनाउने,
टपिकहरु थिए युनिभर्समा,
इबोलाको भाइरस,
इस्लामिक स्टेट,
मलालाको नोवल पुरस्कार,
अलिबाबा, इण्डियाको मार्श मिसन,
युक्रेन - रसिया,
किम जोङ उन वा,
यि सबै भन्दा पनि पहिले,
संबिधानसभा नै हुन सक्थ्यो ।
नेइमारको गोल हुन सक्थ्यो,
म्याक्सबेलको बिकेट हुन सक्थ्यो,
रिहानाको लिकेज फोटो,
ब्याङ ब्याङको कमाई,
माइलीको पागलपन,
आइसबकेट च्यालेन्ज,
मुस्ताङको हिमपैह्रो,
आइफोन ६ प्लस,
वा ति सबै भन्दा पहिले,
नभेटिएको सहमती नै हुन सक्थ्यो,
तैपनि मैले,
ति सबै छोडेर,
त्यै बिरानो ढुंगा संम्झिए,
त्यै गोरेटो सम्झिए,
त्यै झरि,
त्यै साँझ,
त्यै चौतारी र
त्यै एउटा छाता सम्झिए,
गरेरै नसकिएका बातहरु,
एक झमेट मै बितेका,
पट्यारलाग्दा पर्खाईहरु ।
र झस्काइरहे,
सम्झनाका कुइनेटाहरुले,
दुइटा फरक टाउकोमा,
बाँढिएका हेडफोनका टुप्पाहरुले,
साइकिलको डन्डीमा सजिएर,
दौडिएका स्मृतिहरुले,
दुइ स्ट्र राखेर,
रित्ताइएका कोकका बोत्तलहरुले,
झस्काइरहे तारन्तार,
कितावका खातखातमा सजाइएका,
हजारौं पटक पढिएका,
मीठा प्रेमपत्रहरुले ।
तर सायद नसम्झिनु पर्थ्यो मैले,
यि तमाम कुरा छोडेर,
त्यो रमझम छोडेर,
त्यो मदहोश छोडेर,
तिनै विगतका भग्नावशेषहरु,
आफ्नै मायाका खण्डहरहरु,
हाम्रै प्यारका अवयवहरु,
र कोपिला मै टिपेर फ्याकिएका,
सुगन्ध रहित फुलहरू ।
अजय ढुंगाना
No comments:
Post a Comment