Showing posts with label मोहन कोइराला. Show all posts
Showing posts with label मोहन कोइराला. Show all posts

Saturday, January 8, 2011

एक अर्को फर्सीको जरा (कविता); अजय ढुंगाना

एक अर्को फर्सीको जरा

हिजो एक दिन,
मोहन कोइरालालाई सम्झिरहें,
सम्झिरहें, वस् सम्झनामा उनी थिए,
उनी स्मृतीमा थिए,
मात्रै अब कल्पनामा थिए,
हिजो एक दिन,
मोहन कोइरालालाई सम्झिरहें,
उनको फर्सीको जरा कबितालाई सम्झिरहें,
वस् सम्झनामा उनी थिए,
उनीसंगै उनका कबिताहरु थिए ।
आज धेरै फरक लाग्दैछ,
त्यो विगत भन्दा यो परिवेश,
वेग्लै अनि भिन्दै भएको छ, समय,
कोल्टे फेरेको छ, समयले,
आफ्नो रुप रंग र सौन्दर्य,
फेरेको छ उसले,
म वस् समयको नियतीलाई हेरिरहेछु,