Showing posts with label लण्डन. Show all posts
Showing posts with label लण्डन. Show all posts

Wednesday, February 12, 2014

Deadly flood hits England and Wales


Deadly flood hits northern England and Wales for last few days.
UK met office has issued "Red Warning" for winds of greater than 85 mph across northern England and Wales. According to BBC, a person has died so far. I have collected some photographs of flood from various websites.
Streets have been flooded in coastal areas as high spring tides and gale force winds swept in from the Atlantic. Hundreds of homes were evacuated and residents in other areas were warned to keep a bag packed in case they had to leave their homes at short notice. Above, Telegraph photographer Paul Grover captures the moment a huge wave crashes into the sea wall at Ilfracombe, North Devon.
Picture: Paul Grover/Telegraph

Labour's Ed Miliband (left) talks with resident Peter Horner standing in floodwaters in Wraysbury, England. Photograph: Peter Macdiarmid/Getty Images (Source: Guardian)

Saturday, November 10, 2012

फरक एंगल

पछिल्लो दुइ महिनामा लण्डन अन्डरग्राउण्ड (मेट्रो रेल) मा यात्राका दौरान खिचिएका तस्विरहरु,

१. बेलायतको पत्रिका इभिनिंग स्ट्यानडर्डमा ब्यानर न्युज बनेको नेपालको जहाज दुर्घटनाको खबर

Monday, November 21, 2011

सनातन हिन्दु मन्दिर, वेम्ली, लण्डन

 सनातन हिन्दु मन्दिर, वेम्ली, लण्डन

आज हामी ब्लगको यो अंकमा लण्डनको वेम्ब्लीमा रहेको सनातन हिन्दु मन्दिरको दर्शन गराउने छौ | लण्डनमा रहेको थोरै ठुला हिन्दु मन्दिरहरु मध्येको एक यो मन्दिरको आधुनिक भवनको निर्माण हालसालै पुरा भएको छ | यसको निर्माण र त्यो संगै जोडिएका अरु कैयन कुराहरुको बारेमा ब्लगको अर्को अंकमा चर्चा गरौला | तर आजलाई भने गत बर्ष चैत्र महिनामा त्यहाँ पुग्दा खिचिएका केही तस्विरहरु तपाईहरुसंग बाढ्दैछु | मन्दिरको भित्री परिसरमा तस्विर लिन बन्देज गरिएको थियो, त्यसैले त्यहाँका बाहिरी आवरणका तस्विरहरु मात्रै मसंग छन् यति बेला |


Sunday, October 16, 2011

बेलायतको सबैभन्दा अग्लो भबनको कहानी


बेलायतको सबैभन्दा अग्लो भबनको कहानी


लण्डन ब्रिजको म  पढ्ने क्याम्पस छेउ बन्दै गरेको एउटा बिशाल भबनको नाम हो 'द शार्ड' हो | यो बेलायतको सबैभन्दा अग्लो भबन हुने भएको छ |  आउनुहोस आज यही भवनको कुरा गरौ |

को हुन् त यो भवनको डिजाइनर ?
यो भबन औपचारिक रुपमा २०१२को मे महिनाबाट खुल्ने भएको छ | अहिले यसको निर्माण अन्तिम चरणमा पुगिसकेको छ | ८७ तल्लाको तो भबनका डिजाइनर इटालीका रेन्जो पिएनो हुन् | उनि विश्वका चर्चित र नामी डिजाइनरका रुपमा चिनिन्छन | ओसाका जापानको कान्सकी अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल, नेदरल्याण्डको NIMO साइन्स म्युजियम, न्युयोर्कको मोर्गन लिबर्टी, न्युयोर्ककै न्युयोर्क टाइम्सको भबन, सिड्नीको औरोरा प्लेस उनले डिजाइन गरेका केही प्रतिनिधि भबनहरु हुन् | यो भन्दा बाहेक उनको डिजाइनका लस एन्जल्स काउन्टी म्युजियम अफ आर्ट्स, कोलम्बिया विश्वबिद्यालय, हार्बर्ड आर्ट म्युजियम, रेन्जो पिएनो टावर क्यालिफोर्निया, माल्टाको संसदीय भबन, माल्टाकै ओपेरा हाउस लगायतका भबनहरु निर्माणका क्रममा छन् |

Monday, August 29, 2011

लण्डन थेम्स फेस्टिबल र नेपाल


लण्डन थेम्स फेस्टिबल र नेपाल

बेलायतसंग नेपालको पुरानो र बेग्लै किसिमको सम्बन्ध छ; जुन चाहे जंगबहादुरले नै लेख्न शुरु नगरेको किन नहोस?? नेपाललीहरुले पनि बेलायत प्रति राख्ने धारणा भिन्दै छ; आज बेलायतमा नेपालीहरुको आवादी बाक्लै भै सकेको छ; गुर्खा सैनिकले बसाएको बस्ति मात्रै होइन यहाँ सबै ठाउँ, जात र धर्मका नेपालीहरु भेटिन्छन |

प्रसङ्ग आज बेलायतमा रहेका नेपालीहरुको बारेमा होइन; प्रसङ्ग अंग्रेजले नेपाल प्रति राख्ने सम्मानको एउटा सानो किस्सा हो | संयोगले अस्ति शुक्रबार टावर ब्रिज पुगेको थिए; त्यहा चलिरहेको रहेछ थेम्स फेस्टिबल | लण्डन थेम्स फेस्टिबल लण्डन ब्रिज र टावर हिल ब्रिजको बीचमा र टावर हिल ब्रिजबाट देब्रे पट्टि चलीरहेको रहेछ; यो उत्सबका बारेमा धेरै कुरा मलाई जानकारी रहेन; तर यही उत्सबको एक हिस्सा दोश्रो विश्व युद्धमा प्रयोग गरिएको एक पानीजहाज जसलाई आजभोली संग्रालयका रुपमा बिकाश गरिएको छ; त्यो जहाजलाई दुलही जस्तै गरि सजाइएको थियो |  त्यो संग्रालय पहिले नै घुमीसकेको हुनाले फेरी भित्र जाने रहर चलेन त्यसैले लण्डन ब्रिजबाट टावर हिल ब्रिज तिर अगाडि बढे; बादलले घामसंग लुकामारी खेल्दै थियो; बिच-बिचमा पानी सिम सिम पर्दै थियो | केही अगाडि बढे पछि देखे त्यो उत्सबमा फोटो प्रदर्शनी पनि गरिएको रहेछ; त्यहाँ रहेका केही तस्विरमा पुगेर मेरा आखा टक्क अडियो | ति तस्विरहरु थिए, नेपालको नेवारी परम्परा अनुसार गरिने बिबाहका दृश्यहरु | लण्डनको एक मुख्य पर्यटकीय केन्द्रको छेउमा नेपाली सस्कृतिका केही तस्विरहरु सजाएर राखीएको देख्दा मनमा छुट्टै किसिमको आनन्द छायो, तरङ्गले भरियो |

Tuesday, August 9, 2011

Youtube videos of London riots


Tottenmham 



Corydon


Saturday, February 19, 2011

एक अल्छिको डायरी (हास्य ब्यङ्ग); अजय ढुंगाना



एक अल्छिको डायरी

२३/१/२०११ 
(सायद आजको मिति यही त होलानी, क्यालेन्डर हेर्न पनि जाँगर छैन)
आज बिहान ढिलै उठियो, आइतबार भएकाले | बिहान उठे पछि ल्यापटप खोल्दा, खुल्न समय लाग्ने हुनाले हिजो राती आफु सुत्ने बेलामा ल्यापटपलाई पनि सिलिपमा राखेर छोडेको थिए, ल्यापटप समाते, चार्जको कुनै चिन्ता छैन हिजो रातभरी नै चार्जमा छोडेको छु, केही एक दुइटा कामलाग्ने इमेल पत्र आउनुपर्ने थियो, त्यसैले इमेल खोले र हेरे तर आएको रहेनछ, काम नलाग्ने तातो न छारोका इमेल भने ताती लागेका रहेछन | ति सबैलाई डिलिट गर्नु पर्ने, पछि गरौला भनेर छाडे | त्यसपछि फेसबुक खोले, एक जना साथीले एउटा राम्रै लेख राखेका रहेछन, तर पुरै पढ्न लागेको कन्सिरीका रौ तातेर आयो, आखा चिम्लिएर लाइक गरिदिए, लाइक गरे पछि कमेन्ट नगरे पनि हुने, ढुक्क, बेजोडको आनन्द, जय होस् यो लाइक बटन बनाउनेको भन्ने सोचे | त्यै फेसबुकको अलि तल एउटा पेज भेटे "के पट्याउनु यो सिरक !!! भरे फेरि खोल्नु परिहाल्छ ।।।", यसो हेरेको त आठ हजार भन्दा ज्यादालाई यो कुरा एकदम जायज लाग्दो रहेछ, मैले पनि त्यो पेज लाइक गर्नलाई ढिला गरिन | अनि आफ्नै ओछ्यानमा हेरेको त हिजो राती ओडेको सिरक त्यतिकै रहेछ, तर अह पट्याइन, यो त परस्पर बिरोधी हुन्छ भन्ने लग्यो, त्यसैले सिरक त्यतिकै छोडे, फेरी बेलुका ओड्नका लागि | 
इन्टरनेटमा बस्दा बस्दै दिउसोको तीन बजिसकेछ, इन्टरनेटमा कुन कुन साइट खोले र के के गरे केही याद छैन, साथीले बनाएर ल्याएको एक कप कफी भन्दा बाहेक पेटमा पनि केही परेको हैन, कता कता भोक लागे जस्तो पो भयो त, भान्सामा गएर केही बनाउने जागर भयको हैन, लौ त लौ बनेर डोमिनोजबाट पिज्जा अर्डर गर्ने भए | अर्डर गरिसके पछि सम्झिए, आइसल्याण्ड बाट किनेर ल्याएको पिज्जा त डि-फ्रिजमा पनि थियो, तर सोचे होस्, माइक्रोओभनमा तताइन्जेल त्यास्तो पट्यारलाग्दो गरि कसले पर्खियोस | त्यहीबेला  झट्ट एउटा काम सम्झिए, बाहिर त आखिर निस्कनै पर्ने भयो; बिहान साथीले बाहिर पानी परिरहेको छ भनेको कुरा याद आयो, पानी अहिले परिरहेको छ या रोकिसक्यो अह यकिन भएन, खाटबाट उठेर झ्यालको पर्दा खोलेर हेर्न जना मन लागेन, बरु ल्यापटपमै बि.बि.सी.को साइट खोले, अनि आफ्नो घरको पोस्ट कोड हाने, आकाश सफा छ भन्ने जानकारी आयो उताबाट | डोमिनोजको पिज्जा पनि आइपुग्यो, ढोका खोल्न तल जादा बल्ल आजको दिन बाहिरको दर्शन पाए | पनि परेको थिएन, आकाश सफा नै देखिन्थ्यो | पिज्जा एकलै हसुरेपछी बाहिर निस्कने कपडा लगाएर, मन नलागी नलागी घरबाट निस्किय | पर गाडी चड्ने ठाउँमा पुगे पछि थाह भयो, मैले त ट्राभल कार्ड नै बोक्न भुलेछु | 
अब फेरी भैरे घर तिरै फर्कियो | 
ओहो कस्तो दिग्दारी हो यो, मन मनै सोचे; फेरी घर आए पछि बाहिर निस्कने जागर चलेन | खाटमा पल्टिए, जिउ दुखीरहेको महसुस भयो | आजको दिनको समयले डाडा काटिसकेको थियो, ओहो लोटरी किन्न भुल्नु हुदैन, मन मनै एउटा निर्जीव कल्पनाको महल बनाए, त्यो महलका भित्ताहरुमा राखिने चित्रहरुको तस्विर पनि बनाए | ओहो लोटरी परे पछिको यश आराम युक्त जिन्दगी, त्यो पो जिन्दगी, मन मनै सोचे त्यसैले ढिला गर्नु हुन्न टिकट किन्नका लागि, फेरी ल्यापटप खोले, अनलाइन टिकट किन्नका लागि |

आजबाट अलि एक्टिभ हुनका लागि दैनिकी लेख्न थालेको, यति लेखियो, धेरै त के लेखौ र पढ्नेलाई पनि अल्छी लाग्ला भन्ने सोच्दै......
नमस्कार


(हामीलाई प्राप्त गोप्य जानकारी अनुसार यो डायरी उक्त अल्छीले आफैले नलेखी, आफ्नो एक साथीलाई आफ्नो लागि लेख्न लगाएको पो रहेछ); सम्पादक 


अजय ढुंगाना
लण्डन




Saturday, January 8, 2011

समुन्द्रका छालहरु (कविता); अजय ढुंगाना

समुन्द्रका छालहरु

म आज उड़दैछु ,
यो धर्ती छोडेर,
आकाश छुनका लागि,
बतास, बेग र बादल मात्र होइन,
तारा जुन र सुर्यसंग,
हात मिलाउनका लागि,
म संगै,
मेरा इछ्या, चाहाना र कल्पनाहरु,
उड्दैछन् आकाशमा,
तैरिदैछन् बतासमा,
मनको स्पन्दनमा,
स्वप्न तरंगहरु तैरिए झैँ,
मेरो कल्पनाको महल,
झुल्दैछ आकाशमा........
....................................

Monday, December 27, 2010

एक कप ब्ल्याक स्ट्रोङ कफी; अजय ढुंगाना

एक कप ब्ल्याक स्ट्रोङ कफी
(आफ्नै गन्थन)


चिसो निकै नै बढेको छ; जिउ तात्नै गाह्रो मान्छ, खुट्टामा मोजा, हातमा पन्जा लगाएर कति बस्नु, असजिलो लाग्छ | हात, खुट्टा खाली राखेर आफै चलाउन नपाउदा बेग्लै किसिमको खसखस लाग्दो हुन्छ | समय काट्न पनि कति गाह्रो हो, दिनभरी घरमै बसिरहनु पर्दा पट्यारलाग्दो हुन्छ तैपनि एक कप तातो कफी खान मन लाग्यो अनि तल किचनमा गएर बनाएर ल्याए; यो बीचमा उता (काठमाडौँ) मा पनि निकै चिसो बढेको सुनेको छु |

कप रित्तिएपछि झ्यालको छेउमा गएर उभिन्छु अनि बाहिर हेर्न थाल्छु; हिउ परेर ओभिनसकेका कान्ला र चौरहरु देखिन्छन मेरो कोठाको झ्यालबाट, यो घर भन्दा पछाडी पट्टीको दृश्य हो | झ्यालको छेउबाट फेरी छिटै नै खाटमा गएर बस्न मन लाग्दैन, कुर्चीलाई झ्यालको छेउमा तान्छु र त्यसमै बसेर फेरी बाहिर तिर हेर्न थाल्छु | चिसोले गर्दा एकै ठाउमा गुइठो परेर बस्न खोजे जस्तै गर्छु, तर त्यसले पनि काम गर्दैन | नेपालबाट आउदा खेरी ल्याएको दिदीको खैरो पछ्यौरा खाटबाट झिकेर ओडेर बस्छु; खुट्टालाई सेन्ट्रल हिटिंगको टिनमा छुवाएर राख्छु, अनि बेला मौकामा हातले पनि त्यही टिनको पाता छुन्छु |

घर नजिकैबाट एउटा ट्रेन उ पर ब्रिमिंगहमसम्म पुग्छ, त्यसैको आवाजले मेरो ध्यान त्यतै तिर तानिन्छ, म हेर्छु त्यो रेललाई; त्यो सेतो रंगको 'चिलटन रेल' आजसम्म चढ्ने मेसो मिलेको छैन, त्यसको अनुभव अह, म बर्णन गर्न सक्दिन, त्यो मेरो जिन्दगीको अनुभव भन्दा परको कुरा | ट्रेन गैसकेपछी, त्यहाँ देखिन्छ, उही पग्लिन बाकी हिउका बुदहरु | म सोच्छु, सम्झन्छु, मेरो जिन्दगीका रंगहरु, चितवन, काठमाडौँ र लण्डनको बसाई; अनि आफ्नै अभिलाषाहरुको मन भित्रको द्वन्द | २०६३ सालमा काठमाडौँमा हिउ पर्दा किर्तिपुरमा मेरो बसाई थियो, फाल्गुन ३ गते, उपत्यका बन्दको दिन हिडेर चन्द्रागिरिसम्म पुगेको र हिउमा चिप्लिएको मेरो मस्तिष्कमा ताजै छ | त्यसको ३ बर्ष पछि गत बर्ष आफैसंग साक्षात थियो थेगी नसक्नुको हिउ; र अघिल्लो बर्षको अनुभबलाई बिर्साउदै, यो बर्ष झन् धेरै हिउसंग साक्षात भए | समयको बहाबसंगै बग्दै जादा र जिन्दगीका कान्लाहरु चढ़दै जादा, ''यी सबै त आउदै जादै गर्छन'' बाबा भन्ने गर्नु हुन्थ्यो; म बाबालाई सम्झन पुग्छु | मेरा सम्झनाका शृंखलाहरु अकस्मात आछाम र जाजरकोटका डाडा तिर पुगेर अल्झिन्छन, बाबा यतिबेला त्यतै हुनुन्छ, पछिल्लो पटक उहासंग झन्डै २ महिना अघाडि कुरा भएको थियो | बाबा, २०६४ सालमा जिरी पुग्दा यस्तै मनका अभिलाषाहरु मध्यको एक, आकाशमा कबास झैँ उड्ने, निर्मल, कन्चन हिउका बुद्हरुसंग पहिलो पटक साक्षात हुनु भएको थियो रे; जिरीबाट फर्किएर काठमाडौँ आए पछि भन्दै हुनुहुन्थ्यो, यो भन्दा पहिले पहिले हिउले पुरिएर सेताम्मे भएका डाडाहरु त देखेको थिए तर आकाशबाट परिरहेको यति धेरै हिउसंग साक्षात भएको यो पहिलो पटक हो | उहाले यो भन्नुहुदा मैले उहाको मुहारमा एउटा बेग्लै किसिमको उत्साह देखेको थिए |