Tuesday, July 5, 2011
Friday, July 1, 2011
एक तिमी (कविता); महाकवि लक्ष्मीप्रसाद देवकोटा
Wednesday, June 29, 2011
मेरो चोक (कविता); भूपी शेरचन
मेरो चोकसाँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
असङ्ख्य रोग छ, अनन्त भोक छ,
असीम शोक छ,
केवल हर्ष छैन,
यहाँ त्यसमाथि रोक छ ।
साँघुरो गल्लीमा मेरो चोक छ ।
यहाँ के छैन ? सबथोक छ ।
यो मेरो चोकमा
देवताले बनाएका मानिस र
मानिसले बनाएका देवता
यी दुबैथरिको निवास छ ।
तर यहाँ यी दुबैथरी उदास छन् ।
Labels:
कविता,
घुम्ने मेच माथि अन्धो मान्छे,
भूपी शेरचन
Wednesday, May 18, 2011
(न) परिबर्तन (कविता); अजय ढुंगाना
(न) परिबर्तन
त्यो बदलिरह्यो,
एउटा सामान्य रितमा,
जसरी मौसम बदलिन्छ,
जसरी ऋतुहरु बदलिन्छन्
एक परिबर्तनका लागि |
एक दृश्य,
जो देखिएको छ मेरो नजरमा,
तिम्रो आखाको कोणबाट,
त्यही नदेखिन सक्छ,
त्यस्तै नदेखिन सक्छ,
म, मनको बदलाबको कुरा गर्छु,
जुन तिम्रो मस्तिष्कले नबुझ्न सक्छ,
तिम्रो मनले पनि नबुझ्न सक्छ,
त्यो बदलिरह्यो,
एउटा सामान्य रितमा,
जसरी मौसम बदलिन्छ,
जसरी ऋतुहरु बदलिन्छन्
एक परिबर्तनका लागि |
एक दृश्य,
जो देखिएको छ मेरो नजरमा,
तिम्रो आखाको कोणबाट,
त्यही नदेखिन सक्छ,
त्यस्तै नदेखिन सक्छ,
म, मनको बदलाबको कुरा गर्छु,
जुन तिम्रो मस्तिष्कले नबुझ्न सक्छ,
तिम्रो मनले पनि नबुझ्न सक्छ,
Subscribe to:
Posts (Atom)

