यो मन्दिर नभएको शहरको कथा
म मन्दिर भएको शहरमा जन्मिएको मान्छे,
म आत्मा भएको शहरमा हुर्किएको मान्छे,
तर अहिले,
मन्दिर नभएको शहरमा छु,
अर्थात आत्मा नभएको शहरमा छु |
यो शहरको शरिर छ,
टाउको छ, हातहरु छन् र खुट्टाहरु छन्,
रगतको नशा झैँ बग्ने नदिहरु छन्,
केहि बर्ष भयो,
आखा पनि पाएको छ यो शहरले,
तर आत्मा छैन यो शहरको |
हो, यो आत्मा नभएको शहर हो,
यो मन्दिर नभएको शहरको कथा हो |

