Saturday, March 3, 2012

साइन्स म्युजियममा देखिएका अनौठा गाडीहरु


Pictures of some strange car from Science Museum, London
साइन्स म्युजियममा देखिएका अनौठा गाडीहरु

तस्विर १ 

Tuesday, February 28, 2012

हामी (कविता); भूपी शेरचन


हामी

हामी जतिसुकै माथि उठौं,
जतिसुकै यताउति दगुरौं,
जतिसुकै ठूलो स्वरमा गर्जौं
तर, हामी फगत् पानीको थोपा हौं
पानीका निर्बलिया थोपा
जो सूर्यद्वारा माथि उचालिन्छौं
र बादल बन्छौं,
हावाको इशारामा यताउति दगुर्छौं
र आफुलाई गतिशील भन्ठान्छौं,
अनि एकचोटि माथि पुगेपछि
हामी आफ्नो धरतीलाई बिर्सन्छौं
र आफ्नो धरतीलाई
खोलालाई
बगरलाई उपेक्षापूर्वक
पालिएका कुकुर
झ्यालबाट गल्लीका कुकुरहरुलाई हेरेर भुके झैं
हामी भुक्तछौं

Friday, February 24, 2012

बेलायतमा साहित्यिक भेला हुदै

बेलायतमा साहित्यिक भेला हुदै




स्रोत: नेपालीसंदेश

Saturday, February 18, 2012

पासासंग उद्रेको चोली (लुट) हेर्न जाने मास्तर प्लान तयार हुदैछ

Nepali movie 'Loot' featuring in London, UK
पासासंग उद्रेको चोली (लुट) हेर्न जाने मास्तर प्लान तयार हुदैछ

१६ मार्चमा लण्डनमा एक सफल व्यवसायिक नेपाली चलचित्र लुट पहिलो पटक प्रदर्शन हुने भएको छ | यो चलचित्रलाई लिएर म पहिले देखि नै निक्कै उत्साही भएको छु | यो चलचित्रका बारेमा मैले केही भनिरहनु पर्दैन | पछिल्लो एक महिनामा नेपाली सिने जगतमा यो चलचित्रका बारेमा भएको टिप्पणी र प्रतिक्रिया नै काफी छ | लण्डनमा यसको प्रदर्शनको तारतम्य मिलाएको छ, सिग्नेचर भन्ने ग्रुपले | फेसबुकमा यो इभेन्टका बारेमा निम्न अनुसार जानकारी राखिएको छ | 

Event: 'Loot' in London Premier UK- The Signature
By the Signature
Date: 16/03/2012
Venue: Clapham Grand, Clapham Junction, London SW11 1TT
Time: 5-5.45 PM (Pre Screening)
6-8.30 PM (Movie Time)
8.45-10 PM (Post Screening)
Price: £12 Normal
£15 Balcony
Please note the movie is 16+