मिठो जिन्दगी
तिमी हिड्ने बाटो
भत्काउन तत्पर हुन्छौ,
म बैकल्पिक मार्ग खोज्छु,
तिमी मेरो गन्तव बदल्न खोज्छौ,
साँघुरा बाटाहरुको,
घुमाउर गल्छेडामा,
तिमी,एम्बुस थापेर,
मलाई तर्साउन खोज्छौ,
मलाई भगाउन खोज्छौ |
म तिमीबाट
जिन्दगीको एउटा पाठ सिक्छु,
सिक्ने कुरा कहिल्यै नसिद्धिने,
फेरी अर्को पाठ सिक्छु,
तिमी मेरो मौनता माथि
पट्यारलाग्दो राजनीति
थोपर्न खोज्छौ,
मेरो मौनतालाई,
तिमी समर्थन मान्छौ,
म हार्दीन,
तर तिमी,
आफुले मलाई जितेको मान्छौ |

