Friday, October 17, 2014

कविता (शिर्षक दिन भ्याको छैन)

एउटै गोरेटो,
एउटै गल्ली,
एउटै साँझ,
एउटै रमझम,
बिचको
एउटै पार्टी,
र अनायशै हाम्रो भेट,
मेरो लागि असजिलो थियो,
सायद तिम्रो लागि पनि,
अप्ठ्यारो भयो होला ।

झरिले उन्मक्त साँझ,
अपरिचितहरुको भिड,
अनि नशाको तरंग,
मेरो लागि त काफ़ी थियो,
अबचेतन मस्तिष्कमा रहेका,
ति दिनहरु संम्झन,
सायद तिमीले पनि सम्झियौ होला,
त्यस्तरी नै ।

Friday, September 26, 2014

कहाँ बस्ने टुइटेले कस्तो टुइट गर्छन ??

कहाँ बस्ने टुइटेले कस्तो टुइट गर्छन ??

पछिल्लो तीन बर्ष टुइटरमा निकै धेरै समय बिताइयो, यसको आफ्नै मज्जा छ, यसको बेग्लै रमाइलो छ | 

टुइटर आफ्नो इन्ट्रेस्टको बिषयका व्यक्ति वा संस्था वा चिजलाई फलो गरेर त्यस सम्बन्धि अधिक जानकारी लिने र आफ्नो दक्षता बढाउने संजालको रुपमा आम मानिसले बुझे पनि नेपालीमा टुइट गर्नेहरु बीच छुट्टै संसार छ | अधिकांश यहाँ रमाइलोको लागि टुइट गर्ने भेटिन्छन यसका अलावा आफुलाई मन लागेको कुरो टुइट गर्न त कसले कसलाई छेक्छ र ?? 

म टुइटरमा धेरैलाई फलो गर्न रुचाउछु, त्यसैले मेरो फ़लोइङ्ग लिस्टमा राउण्ड द ग्लोबका थुप्रै नेपालीहरु भेटिन्छन | तपाई टुइटर चलाउनु हुन्छ?? नेपाली टुइटेहरुको कहाँ  बसेर टुइटर चलाउछन भन्ने थाहा छैन?? मैले यसै सन्दर्भमा एउटा अनुसन्धान गरेकोछु, टुइटको प्रकृति हेरेर को कुन ठाउँमा बसेर टुइट गर्छ भन्ने बुझ्न सजिलो हुन्छ | आउनुस आज यही अनुसन्धानको मुख्य बुदाहरु के के रहेछन हेरौ | :पी

Monday, July 7, 2014

धुँवा~ धुँवा ~~ जिन्दगी

धुँवा~ धुँवा ~~ जिन्दगी

16 February 2012 at 07:44
                             (चुरोट सल्किन्छ....)
मेरो माया
चुरोटको धुँवामा उड्यो कान्छि,
हेर त,
रङमङिंदै~ ~ ~, गुजुल्टिदै
रङमङिंदै ~ अनि ~ गुजुल्टिंदै

                         (निकोटिनले खेल्न थाल्छ.....)
तिम्रो माया
निकोटिनको सर्को भो कान्छी,
उस्तै, दुरुस्तै
संसार भुलेर म
लठ्ठिएझैं,
तिम्रो
मायालु अगाँलोमा

Wednesday, June 11, 2014

विश्वकप फुटबल, बाजी कस्ले मार्ला ??

विश्वकप फुटबल, बाजी कस्ले मार्ला ??

विश्वकप फुटवलको २० औं संस्करण यही हप्ता ब्राजिलमा बड़ों तामझामका साथ शुरु हुदैछ। स्पेन प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। संसारभरी नै यतिबेला विश्वकप कस्ले जित्ला भनेर निक्कै अड्कलबाजीहरु चलेका छन्। विश्वकप जितिरहेकै देशले फेरि ट्रफी उचाल्ला या त कुनै देशले पैलो पटक उचाल्ला भन्ने तर्कहरु पनि प्रसस्तै चलेका छन। बेलायतमा सट्टा बाजी राख्ने ठाँउ ल्याडब्रोक्सले ब्राजिललाई पैलो अर्जेन्टिनालाई दोस्रो र त्यसपछी जर्मनी, स्पेन, बेल्जियम, पोर्चुगललाई राखेको छ भने ४ पटकको बिजेता इटालीलाई दशौ स्थानमा राखेको छ। इङ्ल्याड टपटेन पोसिबल कन्ट्री लिस्टमा पर्न सकेन। होन्डुरस र कोस्टारिका लिस्टको पुछारमा छन् । ल्याडब्रोक्सले जस्तै बिलियम हिलले र पयाड्डी पावरले पनि फेवरेट ब्राजिललाई नै मानेको छ, भने अर्जेन्टिनालाई दोस्रो र त्यसपछी जर्मनी, स्पेन, बेल्जियम नै छन्।