Tuesday, December 6, 2016

धितोपत्र सार्वजनिक निष्काशनमा लागू हुन लागेको आस्वा (ASBA) प्रणाली के हो?



नेपालको पूँजी बजारलाई सुधार गर्दै जाने क्रममा नेपाल धितोपत्र बोर्डले हालसालै "धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३" "धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३" जारी गरेको छ। बोर्डले २०७३ माघ देखी धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ लागू हुने जनाएको छ। उक्त निर्देशिका लागू भए पश्चात धितोपत्रको प्राथमिक निष्काशनमा Application Supported by Blocked Amount (ASBA) प्रणाली शुरुवात हुनेछ। यो व्यवस्था पश्चात पूँजी बजारको प्राथमिक निष्काशनमा गुणात्मक परिवर्तन हुने अपेक्षा गर्न सकिन्छ। यो लेखमा आस्वा (ASBA) प्रणाली के हो, यो प्रणाली अन्तर्गत लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा खरिद कसरी गर्नु पर्छ लगायत धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ का यावत बिषयमा चर्चा गर्न गैरहेको छौं।

धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३, अन्तर्गत धितोपत्र खरिद कार्यको हाल भैरहेको व्यवस्थालाई पूर्ण रुपमा रूपान्तरण गरिएको छ। विश्वको धेरै देशमा प्रचलनमा आइसकेको आस्वा प्रणालीको नेपालमा लागू गर्न लागिएको मोडल भने Securities Exchange Board of India (SEBI) ले तयार पारेको मोडलबाट अप्नाइएको हो। यो प्रणालीमा धितोपत्र सार्वजनिक निष्काशन क्रममा लगानीकर्ताले आवेदन दिन चाहेको कित्ता बराबरको रकमलाई लगानीकर्ता कै खातामा रोक्का गर्न लगाएर, धितोपत्र खरिदको आवेदन दिनुपर्ने हुन्छ। निष्काशन तथा बिक्री प्रबन्धकले लगानीकर्ताको विवरण प्रशोधन गरेर धितोपत्र बाँडफाँट गरे पश्चात आवेदक लगानीकर्तालाई बाँडफाँट गरिए बराबरको रकम मात्र लगानीकर्ताको खाताबाट कट्टा गरी बॉंकी रकम उक्त खातामा रोक्का फुकुवा गरिन्छ।

Thursday, October 29, 2015

गजल (रञ्जना पौडेल)


तिमी विनाको जिन्दगी, बॉंच्नुको के सार भो
हॉंसो दवियो मेरो यहॉं, आँशुको बजार भो

बिर्सियौं ति क्षण सारा, वाधा पनि भुल्यौं
मेरो सुन्दर जिन्दगीको सपना नै पार भो

मिठो बोली बोल्थ्यौं तिमी थाहा पाइन कप्टी रैछौ
मेरो मन तोडी हिड्यौ तिम्रो जीवन बहार भो

अतितका घटानाले हृदयमा घाउ लाग्यो
तिम्रो माया यो मुटुमा तरवारको धार भो

तिमी फूलको मुना थियौं, म बागको माली थिए
फूल गोड्न नपाउदैमा बाग झारै झार भो।


रञ्जना पौडेल


Friday, October 17, 2014

कविता (शिर्षक दिन भ्याको छैन)

एउटै गोरेटो,
एउटै गल्ली,
एउटै साँझ,
एउटै रमझम,
बिचको
एउटै पार्टी,
र अनायशै हाम्रो भेट,
मेरो लागि असजिलो थियो,
सायद तिम्रो लागि पनि,
अप्ठ्यारो भयो होला ।

झरिले उन्मक्त साँझ,
अपरिचितहरुको भिड,
अनि नशाको तरंग,
मेरो लागि त काफ़ी थियो,
अबचेतन मस्तिष्कमा रहेका,
ति दिनहरु संम्झन,
सायद तिमीले पनि सम्झियौ होला,
त्यस्तरी नै ।

Friday, September 26, 2014

कहाँ बस्ने टुइटेले कस्तो टुइट गर्छन ??

कहाँ बस्ने टुइटेले कस्तो टुइट गर्छन ??

पछिल्लो तीन बर्ष टुइटरमा निकै धेरै समय बिताइयो, यसको आफ्नै मज्जा छ, यसको बेग्लै रमाइलो छ | 

टुइटर आफ्नो इन्ट्रेस्टको बिषयका व्यक्ति वा संस्था वा चिजलाई फलो गरेर त्यस सम्बन्धि अधिक जानकारी लिने र आफ्नो दक्षता बढाउने संजालको रुपमा आम मानिसले बुझे पनि नेपालीमा टुइट गर्नेहरु बीच छुट्टै संसार छ | अधिकांश यहाँ रमाइलोको लागि टुइट गर्ने भेटिन्छन यसका अलावा आफुलाई मन लागेको कुरो टुइट गर्न त कसले कसलाई छेक्छ र ?? 

म टुइटरमा धेरैलाई फलो गर्न रुचाउछु, त्यसैले मेरो फ़लोइङ्ग लिस्टमा राउण्ड द ग्लोबका थुप्रै नेपालीहरु भेटिन्छन | तपाई टुइटर चलाउनु हुन्छ?? नेपाली टुइटेहरुको कहाँ  बसेर टुइटर चलाउछन भन्ने थाहा छैन?? मैले यसै सन्दर्भमा एउटा अनुसन्धान गरेकोछु, टुइटको प्रकृति हेरेर को कुन ठाउँमा बसेर टुइट गर्छ भन्ने बुझ्न सजिलो हुन्छ | आउनुस आज यही अनुसन्धानको मुख्य बुदाहरु के के रहेछन हेरौ | :पी