Friday, April 18, 2014

Street photography, #London

Street photography, London

On this episode of my blog, I'm presenting some photos, that were captured while roaming around the street in central London this week. That's why I named the post title Street Photography. I hope you will enjoy it.




Thursday, April 10, 2014

अनि म हराँए ।

अनि म हराँए ।

उमेरले पाँच त जेठबाट लाग्ने हो।
पुषबाटै शैक्षिक सत्र शुरु हुन्छ। यही पुषबाट म पनि स्कूल जाने। स्कूल काँहा?? म त बोर्डिङ जाने।

दाजु, (ठूलो बुबाको छोरा) परार सालबाटै बोर्डिङ जान थालेको।
आहा!! अब म पनि जाने। बिहानै सुकिला ड्रेसमा सजिएर घाँटीमा टाइ झुण्डयाएकाहरुसंगै म पनि केही पाइलासंगै हिड्थें, अनि फेरि फ़र्किएर आउथे, दिन भरि धुलो र माटोमा खेल्न। तिनले पछाडी भिर्ने ब्याग, हातमा बोक्ने टिफ़िन ती सबै सबैले मलाइ निक्कै लोभ्याउथ्यो। ति सबै चिज मेरो पनि अब आफ्नै हुदैछ भनेर दंग पर्थे। तर मलाइ के थाहा, स्कूल भित्र पट्यारलाग्दो भूतहरु पनि हुनेछन भनेर।

स्काइ राइडर बोर्डिङ स्कूल।
मेरो पहिलो पाठशाला हुदै थियो यो। पूर्वी चितवनको रत्ननगर नगरपालिकामा पर्छ, त्यती खेर नगरपालिका भैसकेको थिएन क्यार, गाबिस नै थियो। सायद ५ या ६ कक्षासम्म पढ़ाई हुन्थ्यो त्यहाँ। स्कूलसम्म पुग्ने बाटाहरु धुलाम्मे ग्राभेल थिए, खाल्डाखुल्डी टन्नै भएका। घरबाट स्कूलसम्म पुग्न साइकलमा त्यस्तै २० मिनेट जति लाग्थ्यो। त्यहाँ पढ्ने हाम्रो घर वरिपरीका केटाकेटीलाई लिन रिक्सा आउथ्यो, म पनि अब रिक्सा चढेर पढ्न जाने मन फुरुङ्ग भयो।

अनि म नर्सरीमा भर्ना भए।
जिन्दगीको नयाँ अध्याय शुरु भयो मेरो, भर्ना गरेको दिन बुबा ममी दुबै जनाले मलाइ लिएर स्कूल जानुभयो। दिदी पनि संगै हुनुहुन्थ्यो, मामाघर बसेर सरकारी स्कूलमा ३ कक्षेसम्म पढेर फर्किनुभाको। दिदीलाई १ कक्षामा  र मलाई नर्सरीमा नयाँ भर्नाका प्रक्रियाहरु भए त्यहाँ । म भने स्कूलको अफिस कोठामा झुन्डेका अनेकौं नक्सा र चार्टहरुमा नजर डुलाइरहें। ति सबैमा मलाई सबैभन्दा अनौठो ग्लोब देखेर लाग्यो (त्यो चिजको नाम ग्लोब रहेछ भनेर मैले निक्कै बर्ष पछी मेसो पाए)। हामीसंंग कुरा गर्दै बस्नु भएको एक जना त्यहीको मास्टरले बिचबिचमा घुमाई रहेको देखेर मैले मन मनै त्यो एउटा खेलौना भन्दा बड्ता क्यै नभएको निर्क्यैल निकाले। मदन सरले मलाई काखमा लिएर भन्नुभयो, अजय!! तिमी हाम्रो नयाँ बिद्यार्थी। भोली देखी बोर्डिङ आउने।

Sunday, March 23, 2014

लैनसिंह बाङ्देलको मुलुक बाहिर उपन्यास

लैनसिंह बाङ्देलको मुलुक बाहिर उपन्यास

आजको ब्लगमा लैनसिंह वांगदेलको मुलुक बाहिर उपन्यासको अडियो भर्सन राखेका छौ | यो सामग्री अच्युत घिमिरेले संचालन गर्ने कार्यक्रम श्रुति संवेगबाट लिइएको हो |

भाग १

भाग २

भाग ३

भाग ४

भाग ५

भाग ६

भाग ७

भाग ८

भाग ९ 

Sunday, March 16, 2014

नेपालको ऎतिहासिक सफलताको साक्षी हुदै गर्दा


फागुले उन्मत्त दिन, जब साँझ ढल्कदै थियो, एउटा ऎतिहासिक पलको साक्षी हुदै थिए र म जसरी नै सारा नेपाली त्यो पलको साक्षी हुन चाहिरहेथे, खोजिरहेथे | १६ मार्च २०१४ आइतबारको दिन नेपाली क्रिकेट इतिहासमा युगौ युगसम्म स्मरण गरिने दिन बन्दै थियो | हल्का गर्मी बढे पनि, माहोल मज्जैले तातिदै थियो, सामाजिक संजालका भित्ताहरु शुभकामनाका शब्दहरुले भरिएका थिए, इन्द्रधनुषी अबिरका रंगहरुले सजिएका थिए | सबैको आँखा चिर परिचित प्रतिद्वन्दी हंगकंग तिर थिए | जो पछिल्लो समय उत्कृष्ठ खेल खेलेर प्रशंसाको पात्र बनेको थियो, यसर्थ हामी सबैलाई थाह थियो, यात्रा सहज छैन |  
खेल शुरु हुनुपूर्व खेलको नियम अनुरुप भएको टस हंगकंगले जित्यो र नेपाललाई पहिले ब्याटिंगको लागि आमन्त्रण गर्यो | पहिलो ब्याटिंग नेपालको एउटा कमजोरी हो, कमजोरी यसर्थ कि पहिले ब्याटिंग गर्दा नेपाली टोलि "कम्फ़टेबल" फिल नगरेको हामीले धेरै देखेका छौ अनि संगसंगै पहिले ब्याटिंग गरेर धेरै खेल गुमाएको पनि देखेका छौ | तैपनि त्यो सबै कुरा थिएन, संयमित भएर ब्याटिंग गर्नु पर्ने थियो र पहिलो जित दर्ज गर्नु पर्ने थियो | अन्तत त्यो महान समय आयो र नेपाल र हंगकंग दुवै देशले पहिलो पटक विश्वकपमा डेब्यु गरे | 

धड्कन बढ्दै गयो, रगत तात्दै गयो, चिटगांवको जहुर अहेमद चौधरी स्टेडियममा चन्द्र सुर्यको ध्वजा फहरिन थाल्यो, म भित्र संचित राष्ट्रियताका कण कण लौरी टेक्दै मुटुसम्म आइपुगे र एकै सासमा चिच्याउन खोजे "नेपाल" "नेपाल" भन्दै, आँखामा अनायास खुशीका आँशुहरु एकत्रित भएर बहन खोजे, राष्ट्रिय गानको धुन सुनिरहदा परदेशी माटोमा अनायास नेपालीत्व खचाखच भयो, थेग्नै नसक्ने झैँ गरि |