फिजीको जनसंख्या १९५५ मा करिब ३ लाख ३० हजार थ्यो। २०२० मा त्यो जनसंख्या करिब ९ लाख छ। त्यहाँको जनसंखया वृद्धिदर करिब १ प्रतिशत छ, असाधारण रूपमा जनसंख्या बढेको देखिदैन, जस्को जन्मै त्यही भयो, त्यही हुर्किए, त्यही बसे ती त्यहीको नागरिक भए। बिट्रिश कोलोनीको रूपमा रहेको फिजीमा सय बर्ष अघि भारतको गरिब क्षेत्र (बिहार, उत्तर प्रदेशबाट) उखु खेतीमा काम गर्ने कामदारको रूपमा बेलायतीले लगेका भारतियहरू त्यहाँ पुगेका हुन।
फिजीमा १८८० देखी १९१६ को बिचमा करिब ६१००० भारतिय त्यहाँ पुगेका थिए, फिजीको १९४० को जनगणनाले फिजीका आदिवासी भन्दा भारतिय मूलका मान्छेहरूको जनसंख्या धेरै थियो भन्ने देखाउछ, तर ती मध्ये करिब ९० प्रतिशतसंग नागरिकता थिएन। तीनका सन्तती त्यहीको बासिन्दा भए तर नागरिक भएनन। यस १०० बर्षको अवधीमा त्यो ६१००० बाट बढेर इन्डो फिजीयनहरूको जनसंख्या ३३०,००० जति पुगेको छ, जुन स्वभाभिक पनि देखिन्छ।
९७० अक्टोवरमा फिजी बेलायतबाट स्वतन्त्र भएपछी ती इन्डो फिजीयनहरुलाइ सहज नागरिकता दिने कुरा त्यतीबेला जारी संविधानमा गरियो, १९७१ मा नागरिकता ऐन नै जारी भयो र तिनले नागरिकता पाउने अपेक्षा गरे तर चरम राजनैतीक अस्थिरतामा त्यो कुरा संम्भव भएन । सरकार कु हुने ढल्ने अस्थिरता भैरहने भो, १९८७मा राजतन्त्र हट्यो र गणतन्त्र आयो तर त्यो अस्थिरताका बिचमा १९७८ देखि १९८६ को बीचमा करीब २१ हजार इन्डो फिजीहरु फिजी छोडेर प्रशान्त महाद्विपीय अन्य टापु तिर बसाइ सरे। यसरी बसाइ सराइबाट फिजीमा श्रमशक्तिको अभाव भयो र त्यो रोक्नलाइ फिजीमा शताब्दी देखि अनागरिक भएर बसेकाहरुलाइ सहज नागरिकता दिने कानून परिमार्जन गरियो जस्को लाभ इन्डो फिजीयनहरूले पाए र त्यही अल्प संख्यक मध्यबाट देशको प्रधानमन्त्री सम्म हुन सके। तर उनी पनि कु बाट हटाइए र १ बर्ष भन्दा बढी शाशन गर्न पाएनन।
यद्पी अहिले पनि फिजीमा अधिकांश गरिब इन्डो फिजीयनहरू नै हुन, जो किसान छन तर जमिनको मालिक छैनन। व्यापार व्यवसाय र कर्मचारीतन्त्रमा इन्डो फिजीयनहरुको उपस्थिती निक्कै न्युन छ। व्यापारमा जमेका अधिकांश भारतियमूलकाहरु पनि बर्षाै अघि कामदारको रुपमा त्यहाँ पुगेका नभइ धेरै पछी घुमन्तेको रुपमा त्यहाँ पुगेकाहरू हुन। फिजीमा हाल ३८ प्रतिशत इन्डो फिजीयनहरू बस्दछन र ३३ प्रतिशत हिन्दुहरू बस्दछन।
फिजीमा भारतको प्रभावमा भारतियहरुलाइ नागरिकता बाँढिएको हैन, बर्षाै त्यही बस्नेले दुःख गरेर कमाएका हुन।
फिजीकरण भन्ने शब्द प्रोभक गर्नलाइ कति दुरूपयोग भैरहेको छ भन्नलाइ मैले केही तथ्य यहाँ राखे।
अन्त्यमा, फिजीमा एउटा नेपाली बस्तीको गाँउ पनि छ, फिजीको काभान्गस भन्ने ठाँउमा, जो भारतीयहरूसंगै उखु खेतीको कामदारको रुपमा फिजी पुगे र नेपाल फर्किएनन। यिनीहरू पनि पुस्ताै अनागरिक भएर फिजीमा बसे र नागरिकता नहुनुको पिडा भोगे। फिजी पुगेका हाल करीब २५० - ३०० को संख्यामा रहेका अधिकांश नेपाली खेती किसानी गर्छन। यिनका छोराछोरीले बिचैमा विद्यालय छोड्छन र प्रायले अति सामान्य जिन्दगी बिताएका छन।
No comments:
Post a Comment