Showing posts with label नेपाल. Show all posts
Showing posts with label नेपाल. Show all posts

Saturday, December 7, 2013

बदलिदै छ, बदलिनु छ

बदलिदै छ, बदलिनु छ |

नेपालको राष्ट्रिय ध्वजा बाहक जहाजले नेपाल बायु सेवा निगमले जहाजमा अंकित नेपाली राष्ट्रिय झन्डाको डिजाइन बदल्दै छ, जहाजमा अंकित हुने नयाँ डिजाइन तयार परेका हुन् बिश्वास पोख्रेलले | 

नेपाली राष्ट्रिय ध्वजा बाहक जहाजले यो प्रतिक मात्र हैन, आफै भित्रका अरु धेरै कुरा बदल्न जरुरी छ, बदलिएर विश्वसामु चिनिन जरुरी छ, आफैले आफैलाई सुरक्षित बनाउन जरुरी छ, सक्षम बनाउन जरुरी छ, बदल्ने र बदलिने शृंखला यहीबाट शुरु होस्, हाम्रो शुभकामना || 


Wednesday, October 12, 2011

सबैभन्दा पहिले म एक नेपाली


सबैभन्दा पहिले म एक नेपाली


म सबैभन्दा पहिले कांग्रेस/ कम्निस्ट कि एक नेपाली??
म सबैभन्दा पहिले बाहुन, क्षेत्री, नेवार वा लिम्बु कि एक नेपाली??
म सबैभन्दा पहिले पहाडिया, मधेशी वा हिमाली कि एक नेपाली??
मेरो भाषा सबैभन्दा पहिले खस, नेवारी, अबध, भोजपुरी, मैथली, तमांग कि नेपाली??
मेरो पहिचानको पहिरन के?? इस्ट-कोट, जिन्स पाइन्ट कि दौरा सुरवाल??
म आफै भित्र आफ्नो पहिचान खोजिरहेछु; देश भित्र त सबै जात, धर्म, भाषा, आस्था, विचार र पहिरन अटाउन सक्छन,, त्यसैले सबैभन्दा पहिले म एक आम नेपाली,,, तर कतै आफ्नै पहिचान खोज्ने धुनमा देशलाई नै बिर्सीरहेको त छैन |
हो, सबैभन्दा पहिले म एक नेपाली अनि बल्ल अरु इतरका कुरा......

Saturday, January 8, 2011

यो हल्लै हल्लाको देश हो (कविता); भूपी शेरचन

यो हल्लै हल्लाको देश हो


कानमा इयरफोन लगाउनु पर्ने बहिराहरु
जहाँ संगीत प्रतियोगिताका जज हुन्छन्
र जहाँ आत्मामा पत्थर परेकाहरु
काव्यका निर्णायक मानिन्छन्,
काठका खुट्टाहरु जहाँ रेसमा बिजेता हुन्छन्
र जहाँ प्लाष्टर गरिएका हातहरुमा
सुरक्षाको सङ्गीन थमाइन्छ,
जहाँ बाटो र अट्टालिकाहरुका ढोकाअगाडि
डोकोका डोको,
खर्पनका खर्पन ,
ट्रकका ट्रक आत्माका मण्डी सजाइन्छ,
स्टक एक्सचेन्जका शेयरजस्तै
आत्मा क्रय–बिक्रय गर्न सक्नेहरु
जहाँ नेता हुन्छन्
र जहाँ निधारभरि कर्कटपाताजस्तै
चाउरी परिसकेकाहरु
तन्नेरीहरुका अगुवा हुन्छन्

Friday, January 7, 2011

घर ९; परशु प्रधान

घर ९

जीवनभरको पीडादायी र दुःखान्त भयो- मेरो पहिलो रात अर्थात् हनिमुन । म कुनै कवि वा लेखक होइन, न कुनै दार्शनिक । मेरा सारा सपनाहरू एकै रातमा खरानी भएका थिए, मेरा सारा इच्छा, आकाङ्क्षाहरू पानीपानी भएका थिए । कुनै नाटक वा सिनेमामा घट्ने, हुन सक्ने सम्भावित असम्भव स्वयं ममा घट्यो ।
अहिले फेरि अमेरिका फर्केको छु । लसएञ्जलस्को नाइट क्लबमा पुनः बेयरा भएर आफ्नो विगत, वर्तमान र भविष्य तौलिरहेछु । वर्षौं वर्ष सोचेको, सम्झेका र विश्वास गरिएका सत्यहरू केही घण्टामा असत्यमा रूपान्तर हुँदा रहेछन् । आफूलाई सोध्छु- तैंले कङ्गाल नेपाललाई प्रेम गरेर के पाइस् ? नेपालीहरूको पीडालाई मलम लगाउन खोज्दा के पाइस् ?....

। तँ मूर्ख होस् अझ तँ पागल होस् ।
कामबाट राति दुई बजे फर्केको छु । अलिअलि बियरको धङधङी छ, अलिअलि भोलिको धङधङी छ, अनि धेरथोर आफूले भोग्नु परेको दुर्घटनाको धङधङी छ । यी सत्यहरूबीच असत्य छ, भ्रमहरूबीच निराशा छ । हात हेरेर कुनै ज्योतिषीले गरेको भविष्यवाणी सत्य हुन्छ कि कसो ? पहिलो वाक्य थियो- बिहेको लगन ढिलै छ, अर्थात् तीस-बत्तीस वर्षपछि । दोस्रो वाणी थियो- आफूले केही नबिराए पनि ठूलो मानसिक आघात र बेइज्जती सहनुपर्ने । अनि साह्रै पीडादायक तेस्रो घोषणा थियो- परिस्थिति आउन सक्छ, तपाईंले आत्महत्या गर्नु परोस् । आफ्नो कामले भन्दा हातका रेखाहरूले मान्छेको भविष्य निर्धारण गर्छ भने म किन केही गरुँ ?...