विश्वकप फुटबल, बाजी कस्ले मार्ला ??
Wednesday, June 11, 2014
विश्वकप फुटबल, बाजी कस्ले मार्ला ??
Friday, May 16, 2014
मेरो टिएलको स्नयापसट
स्नयापसट
पात्र १: फलोब्याक दिएसी अन्फलेर मरेछ।
पात्र २: काकाले आज कस्को ब्लग प्रचार गरेछन।
पात्र ३: फुलीहरु जम्मै यतै रैछन।
पात्र ४: समाजशास्त्रले चैं यो विषयमा के भन्छ सर?
पात्र १(फेरि): बतासे शहिद भएछ।
पात्र ५: आज यता गज्जबको घाम लाग्नेबाला रैच (बेदर फोरकास्टको फोटो सहित)।
पात्र ६: मलाई सर नभने हुने।
पात्र ३: फेब गर्नलाई नि नुन पैचो ल्या झै गर्छन।
पात्र ७: ग्रुप ७ मा कत्खेर हो लाईन जाने? #लोडसेडिङ
पात्र ८: (एउटा चल्या गीतको २ लाईन) मर्ने कसैलाई रहर हुदैन!!
पात्र ९: बाराभले के फलाकेछन टुइटराँ आज फेरि??
पात्र ५: लखरलखर काम तिर लागियो।
पात्र ४: यस्तो कुरा यता नगरौ, डिएममा आउनुस।
पात्र १०: लोटाले मेरो टुइटको माँ बहेन गर्देच।

Friday, April 18, 2014
Street photography, #London
Street photography, London
On this episode of my blog, I'm presenting some photos, that were captured while roaming around the street in central London this week. That's why I named the post title Street Photography. I hope you will enjoy it.

Thursday, April 10, 2014
अनि म हराँए ।
अनि म हराँए ।
उमेरले पाँच त जेठबाट लाग्ने हो।
दाजु, (ठूलो बुबाको छोरा) परार सालबाटै बोर्डिङ जान थालेको।
आहा!! अब म पनि जाने। बिहानै सुकिला ड्रेसमा सजिएर घाँटीमा टाइ झुण्डयाएकाहरुसंगै म पनि केही पाइलासंगै हिड्थें, अनि फेरि फ़र्किएर आउथे, दिन भरि धुलो र माटोमा खेल्न। तिनले पछाडी भिर्ने ब्याग, हातमा बोक्ने टिफ़िन ती सबै सबैले मलाइ निक्कै लोभ्याउथ्यो। ति सबै चिज मेरो पनि अब आफ्नै हुदैछ भनेर दंग पर्थे। तर मलाइ के थाहा, स्कूल भित्र पट्यारलाग्दो भूतहरु पनि हुनेछन भनेर।
स्काइ राइडर बोर्डिङ स्कूल।
मेरो पहिलो पाठशाला हुदै थियो यो। पूर्वी चितवनको रत्ननगर नगरपालिकामा पर्छ, त्यती खेर नगरपालिका भैसकेको थिएन क्यार, गाबिस नै थियो। सायद ५ या ६ कक्षासम्म पढ़ाई हुन्थ्यो त्यहाँ। स्कूलसम्म पुग्ने बाटाहरु धुलाम्मे ग्राभेल थिए, खाल्डाखुल्डी टन्नै भएका। घरबाट स्कूलसम्म पुग्न साइकलमा त्यस्तै २० मिनेट जति लाग्थ्यो। त्यहाँ पढ्ने हाम्रो घर वरिपरीका केटाकेटीलाई लिन रिक्सा आउथ्यो, म पनि अब रिक्सा चढेर पढ्न जाने मन फुरुङ्ग भयो।
अनि म नर्सरीमा भर्ना भए।
जिन्दगीको नयाँ अध्याय शुरु भयो मेरो, भर्ना गरेको दिन बुबा ममी दुबै जनाले मलाइ लिएर स्कूल जानुभयो। दिदी पनि संगै हुनुहुन्थ्यो, मामाघर बसेर सरकारी स्कूलमा ३ कक्षेसम्म पढेर फर्किनुभाको। दिदीलाई १ कक्षामा र मलाई नर्सरीमा नयाँ भर्नाका प्रक्रियाहरु भए त्यहाँ । म भने स्कूलको अफिस कोठामा झुन्डेका अनेकौं नक्सा र चार्टहरुमा नजर डुलाइरहें। ति सबैमा मलाई सबैभन्दा अनौठो ग्लोब देखेर लाग्यो (त्यो चिजको नाम ग्लोब रहेछ भनेर मैले निक्कै बर्ष पछी मेसो पाए)। हामीसंंग कुरा गर्दै बस्नु भएको एक जना त्यहीको मास्टरले बिचबिचमा घुमाई रहेको देखेर मैले मन मनै त्यो एउटा खेलौना भन्दा बड्ता क्यै नभएको निर्क्यैल निकाले। मदन सरले मलाई काखमा लिएर भन्नुभयो, अजय!! तिमी हाम्रो नयाँ बिद्यार्थी। भोली देखी बोर्डिङ आउने।
Subscribe to:
Posts (Atom)