Saturday, January 22, 2011

नचढेर भेटिएको सगरमाथा(नियात्रा); श्रीओम श्रेष्ठ 'रोदन'



नचढेर भेटिएको सगरमाथा

हो, मैले सगरमाथा चढिन तर मेरो हृदयले सगरमाथालाई छोयो । हो, यस्तै लाग्यो मलाई । जब म हिमाली दृश्यहरूको अवलोकन उडानबाट अवतरित भए । त्रिभुवन विमानस्थलमा रोकिएको बुद्ध एयरको विमानबाट ओर्लन लाग्दा सुन्दरी एयर होस्टेजले अभिवादन गर्दै प्रमाणपत्र दिएको थियो । सगरमाथा नजिकै बुद्ध एयरको विमानको फोटोसहितको प्रमाणपत्र ।............ माउन्टेन फ्लाइटमा गयो भने सजगरमाथा लगायतका अन्य हिमालहरू नजिकैबाट देखिन्छ भन्ने सुनेको थिए । नेपाल र नेपालीको जताबाट पनि साइनो लाग्ने सगरमाथा चढ्ने त कुरै भएन, नजिकैबाट हर्ेर्ने सम्म रहर पनि लक्का जवान हुने बेला भइसकेको थियो । श्रीओम सर दर्ुइवटा माउन्टेन फ्लाइटको टिकट छ जाने हो - रामबाबु अधिकारीले एक दिन मोबाइलमा फोन गर्नु भयो । मेरो हृदयदेखिको इच्छा थाहा पाउनु भएर होला उहाँले मलाई नै प्रस्ताव राख्नु भयो बाँकी एक सिटको लागि । मैले तुरुन्तै जवाफ दिन सकिन उहाँलाई । नजाउँ मनले नमान्ने, जाउँ बगलीले नमान्ने । म भित्र एक प्रकारको हुँडरी मच्चियो । केही बेरकेा अलमललाई पछि फेरि भने उहाँसँग, जानु त हुन्थ्यो नै तर त्यति धेरै पैसा तिरेर ..। मेरो आसय बुझिहाल्नुभयो र स्पष्ट पार्नु भयो । हामी विदेशीहरूले जस्तै सात हजार जति तिर्नु पर्दैन । यो चिठ्ठामा परेको टिकट भएकोले हामीले थोरै दिए पुग्छ । टिकट, वीमा र एयरपोर्ट ट्याक्स गर्दा तीन हजार जति होला - चालीस मिनेट प्लेनमा बसेर हिमाल हर्ेनलाई तीन हजार रुपियाँ खर्च गर्ने हैसियतै त होइन तर मौकामा हीरा पनि फुटाल्नर्ुपर्छ भनेको यस्तै बेला त होला नि । आधाभन्दा पनि कम पैसामा हिमाल र सगरमाथालाई समेत नजिकबाट हर्ेन पाउने अनुपम अवसर गुमाउने पनि कुरै भएन । त्यसपछि हाम्रो कार्यक्रम तय भएको थियो चैत १७ गते बिहानको । अरु केही नभए पनि २०६२ सालको अविस्मरणीय यात्रा पनि हुनेछ । संयोग पनि कस्तो, र्सर्ूय ग्रहण र घोडे जात्रा दुवै एकै दिनमा परेको छ आज । नेपालीहरूमा............कसैले केही गर्न नसक्ने काम भयो भने घोडेजात्राको भोलिपल्ट भन्ने प्रचलन छ । हाम्रो लागि पनि सहज कार्य त हुँदै होइन पैसा तिरेर माउन्ट फ्ल्याइटमा जानु । छुट त आफ्नो ठाउँमा छँदैछ । हाम्रो सर्न्दर्भमा भने भोलिपल्ट घोडेजात्राकै दिन सम्भव भएको छ । प्लेनभित्र पस्दा बिहानको आठ बजिसकेको थियो । काठमाडौँ उपत्यका तुँवालोले गर्दा डक्म ढाकेको थियो कतै हिमालहरू पनि हर्ेन नपाइने पो हो कि भन्ने डर पनि मनमा टुसुक्क बसिसकेको थियो । तर एकै छिनमा प्लेनका झयालहरूबाट टलल हिमाल टल्केको देखिन थालिहाले । वाह वाह क्या गजबले हिमालहरू देखिए । सेता सेता हिमालहरू, सफा र स्निग्ध हिमालहरू, उज्याला हिमालहरू । प्रदूषणले छुन नसकेका, कसैले विगार्न र भत्काउन नसकेका कुमारी हिमालहरू । सौर्न्दर्यको ताज लगाएर सेतो साडीमा देखिएकी कामुक सुन्दरीजस्तो । साँच्चै हो, हिमालहरूलाई नजिकबाट देख्दा के गरुँ के गरुँ जस्तो हुँदो रहेछ । नापेरै हेरे त टाढै हुन सक्ला हिमाल र हाम्रो दूरी तर मलाई त्यस्तो पटक्कै लागेको छैन । हात बढाएँ भने अँगालोभरिको बनाउन सक्छु, मलाई यस्तै लागिरहेको छ । बिहान बिहानै उत्तेजित हिमालले फेरेको सास पनि सुन्न सकिन्छ जस्तो । विमान आफ्नो गतिमा उडिरहेको छ । प्लेनभित्र कोरियन र जापानिजहरू बढी छन् । हिमालका दृश्यहरू हेरेर उनीहरू उत्तेजित भइरहेका छन्, भावविहल भइरहेका छन् । 
सबैको आफ्ना क्यामराबाट फटाफट फोटोहरू खिचिरहेका छन् ।...... हामी पहाडै पहाडमा बसेको मान्छे जता गए पनि हिमालै हिमाल हेरिरहेको मान्छे । बिहान उठ्नासाथ हिमाल हर्ेन हामीलाई त यस्तो आनन्द दिलाइरहेको छ भने हिमालै हर्ेन भनेर कहाँ कहाँदेखि आउनेहरूलाई कम मज्जा हुने त कुरै भएन । विमानमा दर्ुइजना एयर होस्टेजमा बहिनीहरू थिए । उनीहरू पालैपालो प्रत्यक यात्रु नजिक जाँदै देखिएका हिमालहरूको बारेमा बताउँदै थिए । मेरो नजिक आइपुगेकी बहिनीले मलाई पनि हिमालहरूको बारेमा बताइन् अ्रग्रेजीमा नै । मैले केही नबोली सुनिरहे । स्वाभाविक पनि हो । उनीहरू विमानबाट देखिने हिमालका बारेमा बताउन अंग्रेजीमा अभ्यस्त भइसकेका छन् । फेरि उनीहरू यति चर्को मूल्य तिरेर सामान्य नेपाली यात्रु आउलान् भन्ने हतपति सोच्दा पनि सोच्दैनन् । हुन त राजधानीका नेपालीहरू पैसा खर्च गर्न कहाँ कन्जुस्याइँ गर्छन् र - फेसन, रेष्टुरेन्ट, डिस्कोमा खर्च गर्नेहरूको कमी छैन यहाँ । पैसा नभएको त होइन तर आफ्नो देशको भ्रमणमा खर्च गर्ने संस्कारको अभाव मात्र हो । उनले सिसा पा..., दोर्जे लाक्पा, फर्ुर्वी..., हिमालहरू देखाइसकेपछि मैले औपचारिकता निर्वाह गरे 'धन्यवाद' । प्लेनभित्र यात्रुहरू यताउता चहलपहल गरिरहेका छन् । सबैका आँखा खुशीले उज्याला भएका छन् । मन्त्रमुग्ध भएर हेरिरहेका छन् । रामबाबु सर पनि एकटकले हिमाललाई जस्ताको त्यस्तै तानिरहनु भएको छ, क्यामराभित्र । पालो पालो विदेशीहरू पाइलट भएको ठाउँ ककपिटमा आउने जाने गरिरहेका थिए । हिमाललाई हर्ेन छोडेर किन यस्तो ओहोर दोहर गरिरहेका होलान् भन्ने सोच्दै थिए । एयर होस्टेज बहिनीले मेरो नजिक आएर भनिन्.., तपाईं पनि हर्ेन चाहनु हुन्छ भने जानु भए हुन्छ । यसपटक भने उनले नेपाली मै भनिन् र म उठेर त्यतै गएँ । पाइलटको छेउमा पुग्नासाथ उनले पनि प्रश्न गरे 'तपाईं नेपाली हो -' त्यसपछि उनले देखिएका हिमालहरूको बारेमा बताउँदै सगरमाथातिर सङ्केत गरे । एकैछिन पछि हामी सगरमाथा नजिकै पुग्ने बताए । सगरमाथा नजिकबाट हर्ेन पाइने बताउनासाथ म ढुक्क भएँ । आफूलाई मन पर्ने मान्छे भेट्नासाथ बोल्न नसकेजस्तो भयो । म निकै हतारिएँ । पृथक अस्तित्व बोकेकेा विश्वको सर्वोच्च शिखर जससँग राष्ट्रको नाम जोडिएको छ , नामसँग परिचय र गौरव जोडिएको छ । त्यही सगरमाथालाई अहिले नजिकैबाट देखियो । म श्रद्धाले काम गर्छर्ुु आफूलाई अलिकति अग्ला भएको महसुस गर्छर्ुु रामबाबु सरलाई हर्ेर्छर्ुुहाँ पनि त्यस्तै खुशीले उन्मादित हुनुहुन्छ । उहाँले गरिरहेको दृश्यपानलाई विथोल्न चाहँदिन । अरू विदेशी पनि त्यस्तै देखिन्छन् । मानों सबैजना एउटा कठिन शिखर आरोहण गरेपछिको विजयोत्सव मनाइरहेका छन् । हुन पनि विमानको उचाइले गौरी शङ्कर मेलुङग्रसे, गुगिमागो,... सबै हिमालहरू होचाहोचा देखिइसकेका थिए ।

अब भने सगरमाथा प्रष्ट छुट्टयिो । छुट्टनिे त भयो नै सबैभन्दा अग्लो भएपछि त्यसमाथि कुनै हिमालको चुचुरामा नभएको अलिकति बादल सगरमाथा माथि देखियो । सायद सगरमाथाको विशेष परिचय होला शिखर माथिको बादल । हिमालयहरूको राजा भएकोले हुन सक्छ सगरमाथाले आफ्नो शिखरमा श्रीपेच लगाउन पाएको । यही बेला सम्भिmएँ मैले हिरण्य भोजपुरे दाइको सगरमाथा भन्दामाथि उपन्यासलाई । अरु वर्षौंको परिश्रम र लगनले सगरमाथाको शिखरमा पुग्छन् तर उहाँले आधार शिविरसम्म पनि नपुगी सगरमाथाभन्दा माथि पुगेको उपत्यास लेख्नु भएको छ । हुन त उहाँले आधार शिविरसम्म पनि नपुगी सगरमाथाभन्दा माथि पुगेको उपत्यास लेख्नु भएको छ । हुन त उहाँले भनेजस्तो सगरमाथाभन्दा नजिक र माथिको अनुभूति मलाई पो हुन थालेको छ अहिले । म सगरमाथााको भाग्यमानी हिउहरू हेरेर दङ्ग परिरहेका थिए । एकाग्र, शान्त, सौम्य र सौर्न्दर्यले भरिपर्ूण्ा विश्वकै सर्वोच्च शिखरको आकर्षाले नलोभिने को पो होला र - त्यसैले सक्नेले चढ्छन्, नसक्नेले विमानबाटै भएपनि निकटताको अनुभूति गर्छन् । यो माउन्टेन फ्लाइटको आकर्षा यही त हो नि । नत्र किन चढ्नु खर्च गरी गरी नपुगिने ठाउँको यात्रा । समय वितेको पत्तै भएन । एकछिन अगाडिसम्म चाँदीजस्ता टल्केका हिमालहरू देखिएका झयालहरूबाट स-साना घरहरू देखिन थाले । त्यसको अर्थ विमान हिमाली भेकबाट पुन सहर निकट हुँदैछ । क्रमशः विमान आफ्नो कर्तव्य पूरा गरेर गन्तव्य स्थलमा ओर्लिन्छ । ढुक्क भएको छु अब म विदेशमा सगरमाथाको देशबाट भनेर कसैसँग परिचय हुँदा सगरमाथा चढ्नु भएको होला नि प्रश्न गर्दा म गौरवले भन्न सक्नेछु, मैले सगरमाथा नचढे पनि मेरो हृदयले नजिकबाट छोएको छु, सगरमाथालाई ।


श्रीओम श्रेष्ठ 'रोदन'
साभार: मधुपर्क

No comments: