म मरेको छैन (कविता)
म मर्यो भनेर झ्याली पिट्नेहरू
म मर्यो भनेर
फेसबुक ट्विटर अनि सारा इन्टरनेट भरि फैलाउनेहरू
टेलिभिसन चलचित्र अनि रेडियो भरि
मेरो मृत्यु को अफवाह
मनोरञ्जनको खण्डमा सम्प्रेसण गर्नेहरू
एकपल्ट आफ्नै अन्तरमनलाई सोध
तोतेबोली बोल्ने केटाकेटीका लवजमा सुन
विरहका गीत अनि खुसीका संगीतमा छाम
प्रकृतीको तालसँगै ताल मिलाउँदै
प्रवाह भईरहने तिम्रो श्वासमा खोतल
अनि तिमीले थाहा पाउने छौ
हरेक युगमा
साबै मानिस एकैपल्ट निदाउँदा
म सबैलाई एक एक गरि ब्युँझ्याउने गर्छु
मेरा पारखीहरू
मलाई मन्त्र मानेर
लोकमा मुखाग्र मलाई पस्कन्छन्
अनि पिछलग्गुहरूलाई उक्साएर
युग परिवर्तन गर्छन
गरिवी, भोकमारी, अनि पीडाका आर्तनादमा मात्र होइन
अट्टहासमा, यौवन, अनि पावन परिवेशमा
म गीत बनेर
साहित्य बनेर
मुटुका मरुभूमिमा छचल्किने गर्छु
होला
मलाई जन्माउने एकदुई मारिए वा मरे होलान
तिनिहरू युगभन्दा अगाडि जन्मिएकाले
मेरा एक दुइ रूपहरू जलाईए होलान्
मुर्खाका मस्तिष्कमा तिनले
रन्थनिनेगरी चेतना सल्काएकले
तर म त
देवताका आरातीका गीत
अनि झाँक्रीका तन्त्रमा समेत मन्त्रभई रहने
सर्वब्यापी
अविनाशी
म कहिल्लै मर्दिन
म त अविरल भावना
मीठो सिर्जना
मन छुने कविता
म कहिल्यै मर्दिन
त्यसैले मेरो उपहास नगर
किनकि म त मानवतालाई प्राप्त
मीठो उपहार हुँ
म मरे भनेर झ्याली नपिट
म न त मरेको थिएँ
न त कहिल्यै मर्ने नै छु |
सन्तोष लामिछाने
Madison, Wisconsin
(http://merasabdaharu.blogspot.com/)
म मर्यो भनेर झ्याली पिट्नेहरू
म मर्यो भनेर
फेसबुक ट्विटर अनि सारा इन्टरनेट भरि फैलाउनेहरू
टेलिभिसन चलचित्र अनि रेडियो भरि
मेरो मृत्यु को अफवाह
मनोरञ्जनको खण्डमा सम्प्रेसण गर्नेहरू
एकपल्ट आफ्नै अन्तरमनलाई सोध
तोतेबोली बोल्ने केटाकेटीका लवजमा सुन
विरहका गीत अनि खुसीका संगीतमा छाम
प्रकृतीको तालसँगै ताल मिलाउँदै
प्रवाह भईरहने तिम्रो श्वासमा खोतल
अनि तिमीले थाहा पाउने छौ
हरेक युगमा
साबै मानिस एकैपल्ट निदाउँदा
म सबैलाई एक एक गरि ब्युँझ्याउने गर्छु
मेरा पारखीहरू
मलाई मन्त्र मानेर
लोकमा मुखाग्र मलाई पस्कन्छन्
अनि पिछलग्गुहरूलाई उक्साएर
युग परिवर्तन गर्छन
गरिवी, भोकमारी, अनि पीडाका आर्तनादमा मात्र होइन
अट्टहासमा, यौवन, अनि पावन परिवेशमा
म गीत बनेर
साहित्य बनेर
मुटुका मरुभूमिमा छचल्किने गर्छु
होला
मलाई जन्माउने एकदुई मारिए वा मरे होलान
तिनिहरू युगभन्दा अगाडि जन्मिएकाले
मेरा एक दुइ रूपहरू जलाईए होलान्
मुर्खाका मस्तिष्कमा तिनले
रन्थनिनेगरी चेतना सल्काएकले
तर म त
देवताका आरातीका गीत
अनि झाँक्रीका तन्त्रमा समेत मन्त्रभई रहने
सर्वब्यापी
अविनाशी
म कहिल्लै मर्दिन
म त अविरल भावना
मीठो सिर्जना
मन छुने कविता
म कहिल्यै मर्दिन
त्यसैले मेरो उपहास नगर
किनकि म त मानवतालाई प्राप्त
मीठो उपहार हुँ
म मरे भनेर झ्याली नपिट
म न त मरेको थिएँ
न त कहिल्यै मर्ने नै छु |
सन्तोष लामिछाने
Madison, Wisconsin
(http://merasabdaharu.blogspot.com/)
No comments:
Post a Comment