Thursday, December 26, 2013

Trip to #SkandaVale #Llanpumsaint #Wales #UK #Photo and #Travel #Blog

Trip to Skanda Vale, Llanpumsaint, Wales, UK, Photo and Travel Blog
As soon as the vacation for Christmas start, we were ready for a short break trip. The destination was almost 400 km from city of London, where we resides. It was basically a hindu temple in the countryside of west Wales, named Skanda Vale. (More information can be found by clicking following link http://www.skandavale.org/  )
The weather went adverse, it was windy and raining a lot, however, I didn't stop clicking my camera. Here are some of them 

Every journey starts from single step.

 Sheeps on the farm.

Sunday, December 15, 2013

गजल (११८), अजय ढुंगाना

गजल (११८)

मेरा स्वप्निल रहरका आश तिमी नै हौ कि,
सोच्दैछु जिन्दगीको प्रकाश तिमी नै हौ कि,

निशब्धता भित्र पनि आशा हुन्छ रविको,
ज्योतिर्मय समयको विश्वास तिमी नै हौ कि,

समय फगत बितेको छ, टाडा छु यस्तै लाग्छ,
सामिप्यताको नौलो आभाष तिमी नै हौ कि,

हर क्षण तिमीलाई भेट्छु, मन भित्रको स्मृतिमा,
लाग्छ जता जाँउ सारा आकाश तिमी नै हौ कि

अजय ढुंगाना
२०६२ जेष्ठ 

Saturday, December 7, 2013

बदलिदै छ, बदलिनु छ

बदलिदै छ, बदलिनु छ |

नेपालको राष्ट्रिय ध्वजा बाहक जहाजले नेपाल बायु सेवा निगमले जहाजमा अंकित नेपाली राष्ट्रिय झन्डाको डिजाइन बदल्दै छ, जहाजमा अंकित हुने नयाँ डिजाइन तयार परेका हुन् बिश्वास पोख्रेलले | 

नेपाली राष्ट्रिय ध्वजा बाहक जहाजले यो प्रतिक मात्र हैन, आफै भित्रका अरु धेरै कुरा बदल्न जरुरी छ, बदलिएर विश्वसामु चिनिन जरुरी छ, आफैले आफैलाई सुरक्षित बनाउन जरुरी छ, सक्षम बनाउन जरुरी छ, बदल्ने र बदलिने शृंखला यहीबाट शुरु होस्, हाम्रो शुभकामना || 


Sunday, December 1, 2013

म मरेको छैन

म मरेको छैन (कविता)

म मर्यो भनेर झ्याली पिट्नेहरू
म मर्यो भनेर
फेसबुक ट्विटर अनि सारा इन्टरनेट भरि फैलाउनेहरू
टेलिभिसन चलचित्र अनि रेडियो भरि
मेरो मृत्यु को अफवाह
मनोरञ्जनको खण्डमा सम्प्रेसण गर्नेहरू
एकपल्ट आफ्नै अन्तरमनलाई सोध
तोतेबोली बोल्ने केटाकेटीका लवजमा सुन
विरहका गीत अनि खुसीका संगीतमा छाम

प्रकृतीको तालसँगै ताल मिलाउँदै
प्रवाह भईरहने तिम्रो श्वासमा खोतल
अनि तिमीले थाहा पाउने छौ
हरेक युगमा
साबै मानिस एकैपल्ट निदाउँदा
म सबैलाई एक एक गरि ब्युँझ्याउने गर्छु
मेरा पारखीहरू
मलाई मन्त्र  मानेर
लोकमा मुखाग्र मलाई पस्कन्छन्
अनि पिछलग्गुहरूलाई  उक्साएर
युग परिवर्तन गर्छन
गरिवी, भोकमारी, अनि पीडाका आर्तनादमा मात्र होइन
अट्टहासमा, यौवन, अनि पावन परिवेशमा
म गीत बनेर
साहित्य बनेर
मुटुका मरुभूमिमा छचल्किने गर्छु