Monday, July 12, 2010

गजल; अजय ढुंगाना

एक पल मिठो सपनाको त्यही देऊ तिमी मलाई,
एक फूल तिमो सम्झनाको त्यही देऊ तिमी मलाई,

मायाको आशामा हराउने निश्छल त्यो तिमो मन,
एक भाग तिमो प्रार्थनाको त्यही देऊ तिमी मलाई,

मायामा विश्वास हुन्छ केही गर्ने सहास बढ्दै जान्छ,
त्यसैले शब्द ति शुभकामनाको त्यही देऊ तिमी मलाई,

मनको क्यानभासमा तिमीले कोरेको अनुपम त्यो चित्र,
तस्बिर त्यो तिमो रचनाको त्यही देऊ तिमी मलाई,

म मायामा हराँउदै छु जिउन चहान्छु तिमो साथ,
निश्छल प्यार रञ्जनाको त्यही देऊ तिमी मलाई,

अजय ढुंगाना

गजल; अजय ढुंगाना

एकै छाता मुनी बिताएको त्यो बर्षात कहाँ होला?
लड्न खोज्दा समाउने तिमो हात कहाँ होला?

म आज एक्लै छु तिमै सम्झनामा वसिरहेछु,
भोली संगै बिताउने तिमो साथ कहाँ होला?

भन्छन् मलाई म बाँचिरहेछु उनकै निम्ती आज यहाँ,
फर्केर आउने हामो मिलनको प्रभात कहाँ होला?

स्मृतीमा तिमो तस्विर सजिव हुन्छ मनको ऐनामा,
मदहोशी तिमो अधर, स्नेही ति वात कहाँ होला?

सम्झनाको बाढी आँउछ, आज एक्लै हुदा यहाँ,
नजरसँग नजर जुधाएको त्यो रात कहाँ होला?

तस्विर तिमो क्यानभासमा कोर्दै तिमै प्रतिक्षामा छु,
भेट हुदा तिमीलाई दिने मायाको सौगात कहाँ होला?

ग़ज़ल.....(अपूरो)

म सोच्दिन यो समयलाई तिमि मेरो साथ हुदा,
मायाको सागर तर्नका लागि समाउने हात हुदा,
सजिन्छान आखामा सपनाहरु बयेली खेल्दै बतासमा,
प्रेमका कल्पनाहरुको मनमा मेरो खात हुदा,
नसोध म कुन यथार्थमा ढलेर पिउदैछु,
आफ्नै आखा आफैसंग छलेर पिउदैछु,
छैन भन्छयौ माया, बिर्सदै त्यो अतित,
तर तिम्रो मायाको नशाले गलेर पिउदैछु,
तड़पिदै छु पल पल, तिम्रै मायामा हर पल,
जलायै तिमीले मलाई हो म जलेर पिउदैछु,
मायाको ज्योति जगाउन दियो बालेथे मैले,
घरै जलायो तेस्ले तेसैमा बलेर पिउदैछु,