Thursday, April 11, 2013

नयाँ बर्ष


नयाँ बर्ष 
नयाँ बर्ष २०७० को शुभकामना सहित यो "नयाँ बर्ष" कविता आजको ब्लगको सामग्री 

समय,
आफैमा मादकताको रंग भरेर,
रसिलो बन्दै,
भरिलो बन्दै,
ढोकामा आएर,
ढक ढक गर्छ,
उ बैशाख बनेर आँउछ |

यता चेरी फुलेर झुलिरहेछ,
उता शिरिस फुलेर,
निलै भएको होला,
झुलिरहेको होला,
शितका थोपाहरु,
बिहानीको सुनौलो प्रकाशमा
टल्किरहेको होला,
बसन्तको शितल हावामा,
नौलाख प्रितका गितहरु,
गुन्जिरहेका होलान,
सत्यताको महत्व बोकेर,
यता अप्रिल दौडिरहेछ,
उता समय ढोकामा,
ढक ढक गर्दैछ,
बैशाख बनेर |

Wednesday, April 3, 2013

अब अल्लि गतिलो स्टेडियम बनाउने कि ?


एसीसी ट्वान्टी ट्वान्टी कप को यो संस्करण नेपालले सफलता पुर्बक सम्पन्न गरेको छ | खेलकुद भनेको खेल्न सक्ने खेलाडीका लागि मात्र हैन, हेर्ने र साथ दिने दर्शकका लागि पनि हो | तसो त नेपालको एक मात्र अन्तराष्ट्रिय स्तरको भनिने त्रि बि क्रिकेट ग्राउण्डको भौतिक पुर्बधारमा व्यापक परिबर्तन गर्न जरुरि छ | त्यहाँ आयोजना भएका हरेक संस्करणमा उपस्थित दर्शकले हामी नेपालीमा क्रिकेट मोह कति छ भन्ने कुरा प्रष्ट देखाउछ | दश साल पहिले त्यहाँको अवस्था र हालको अवस्थामा केहि बदलिएको छैन भन्दा फरक पर्दैन | सोसल मिडियामा भेटिएका केहि तस्वीरले मन कट्टक्क खायो, सरकार र क्यानलाई मेरो आग्रह टियुको यो स्टेडियमलाई अल्लि ब्यबस्थित गरि २-४ वटा अल्लि गतिलो स्टेडियम बनाउने कि ??