Sunday, October 30, 2011

अक्सफोर्ड यात्राको सम्झना


अक्सफोर्ड यात्राको सम्झना


लक्ष्मी पुजाको दिन गरेको अक्सफोर्ड यात्राका केही मिठा नमीठा, राम्रा नराम्रा तर सबै यादगार पलहरुको तस्विरलाई आजको ब्लगको सामाग्री बनाएको छु | सबै तस्विरहरु आफै बोल्न सक्दैनन् कि भनेर धेरै-थोरै तस्विरका बारेमा पनि लेखेको छु |


अक्सफोर्ड पुगे पछि त्यहाँ देखिएको, अक्सफोर्ड शहरका बारेमा राखिएको Information Board.

Wednesday, October 26, 2011

महाकविः सहानुभूति होइन सम्मान पत्र



महाकविः सहानुभूति होइन सम्मान पत्र


सुनको दिन एक उदाउँछ रे
जल चञ्चल भैकन गाउँछ रे ...
भोजपुर जिल्लाको सदरमुकामसँग जोडिएको गाउँ पोखरेमा सरस्वती मिडिल स्कुल थियो उहिले हाम्रो बाल्यकालमा । अहिले पनि त्यो सरस्वती निम्न माध्यमिक विद्यालय भएर बाँचिरहेकै छ । त्यही स्कुलमा कक्षा तीन या चारतिर पढ्दा सबैभन्दा पहिले मैले 'सुनको दिन एक उदाउँछ रे' शीर्षकको यो बालगीत गाउने मौका पाएको थिएँ । त्यतिबेला नेपाली साहित्य पढाउने सरले लक्ष्मीप्रसाद देवकोटालाई महाकवि भन्नुभएको थियो थिएन सम्झन सकिन तर आˆनो बालमनोविज्ञानमा रमाउने सुनको दिन एक उदाउँछ रे लेख्ने कविलाई मैले बालकवि चैँ पक्कै सम्भिmएको थिएँ ।
भोजपुर बजारको दक्षिणमा अहिले पनि ठिङ्ग उभिइरहेको विद्योदय हाईस्कुलमा आएपछि मैले लक्ष्मीप्रसाद देवकोटालाई 'कुन मन्दिरमा जान्छौ यात्री, कुन मन्दिरमा जाने हो,' भन्ने कविता लेखकका रूपमा चिन्ने मौका पाएँ । ऊ जमानामा त्यस्तो भौतिक चेतनाले भरिएको कविता लेख्ने कवि कत्ति आँटिलो होला भनेर म छक्क परेको थिएँ । भर्खरभर्खर मुलुकी ऐन आएको हुनाले दलित जातिले मन्दिर प्रवेश गर्ने आन्दोलन चलेको थियो त्यतिबेला हाम्रो जिल्लामा पनि । ब्राहृमणहरूले जनै हलोको अनौमा बेरेर गोरु जोतेर विद्यमान सामाजिक विकृतिका विरुद्ध युद्धघोष गरेको समय थियो त्यो । त्यसैले 'जाउ समाउ आर्तहरूको चहर्‍याइरहेको घाउ' भन्ने कविता हाम्रा दाजुहरू सँगसँगै हामीसम्म पनि आएको थियो विद्रोह बोकेर ।

सुनको दिन एक उदाउँछ रे (कविता); महाकवि लक्ष्मीप्रसाद देवकोटा


सुनको दिन एक उदाउँछ रे


सुनको दिन एक उदाउँछ रे,
यस देश खुलिकन आउँछ रे |
रंगिला सब बादल छाउँछ रे,
जल चंचल भैकन गाउँछ रे |

चिडिया बिउँझेर कराउँछ रे,
सब मन्दिर घंट बजाउँछ रे |
र हवा पनि बास उडाउँछ रे,
दिल फूल सबै बिउँझाउछ रे |

Monday, October 24, 2011

तिहारका केही देउसी भैलो गीतहरु


तिहारका केही देउसी भैलो गीतहरु


  • भैलिनी आइन आँगन........

तिहारको हार्द्दिक मंगलमय शुभकामना; अभिनव.कम



तिहारको हार्द्दिक मंगलमय शुभकामना


आजबाट बिधिबत रुपमा यमपन्चक हामी सबैको घर दैलोमा भित्रिएको छ, जो जहाँ जुन अवस्थामा रहनु भए पनि आफ्नो ठाउँमा सद्भभाव र स्नेह बाँडेर मनाउनु होला, आफ्नो परम्परा र संस्कार भुलेर देखावटी तडक भडकमा न-अल्झनु होला | माता लक्ष्मीको कृपाले सबैको घर परिवार र मन धन-धान्यले भरिपुर्ण होस्, दिपावलीले सबैको घर उज्यालो होस्, मन उज्यालो होस्; तपाई सम्पूर्णलाई तिहारको हार्द्दिक मंगलमय शुभकामना ||


Sunday, October 23, 2011

मेरो उपन्यासको पानाबाट; अजय ढुंगाना

                                 मेरो उपन्यासको पानाबाट



चिन्ताले मन ढक्क फुलिरहेको जस्तै भएको थियो | कुनै अजंगको चिन्ता, अझ भनौ अजिंगर जस्तै डरलाग्दो चिन्ता | उसलाई थाहा थियो, मेरो चिन्ता के हो भनेर, म उसलाई आफ्ना कुरा नभनीकनै कहाँ बस्न सक्थे र ? जस्तो उ, उ पनि आफ्नो सानो भन्दा सानो कुरा सबैभन्दा पहिले मलाई भन्थ्यो, यसको एउटा रीत बसिसकेको थियो, एउटा सिलसिला |
उ कोठाबाट बाहिर गयो, अनि केहि बेरमा भित्र आयो | भित्र आएर उसले भन्यो 
"अजय तास खेलौ"
मैले कुनै प्रतिक्रिया जनाइन |
प्रतिक्रिया नजनाउनु कुनै अनौठो थिएन |
उसले पुनः मलाई कर गर्यो | कर मात्रै होइन, अचम्मको हठ गर्यो, जिद्दी जनायो, यस्तो जिद्दी कि एउटा सानो बच्चाले आफ्नो बाबुसंग सुत्ने बेलामा कथा सुनाउनका लागि गरेको जिद्दी जस्तै | निस्वार्थ | तर पनि मैले भने "जाँगर छैन |"
उ फेरी कोठाबाट बाहिर निस्कियो र छिट्टै नै कोठामा फर्कियो | उसको हातमा दुइटा चियाको कप थियो, उसले एउटा मलाई दिदै भन्यो 

Sunday, October 16, 2011

बेलायतको सबैभन्दा अग्लो भबनको कहानी


बेलायतको सबैभन्दा अग्लो भबनको कहानी


लण्डन ब्रिजको म  पढ्ने क्याम्पस छेउ बन्दै गरेको एउटा बिशाल भबनको नाम हो 'द शार्ड' हो | यो बेलायतको सबैभन्दा अग्लो भबन हुने भएको छ |  आउनुहोस आज यही भवनको कुरा गरौ |

को हुन् त यो भवनको डिजाइनर ?
यो भबन औपचारिक रुपमा २०१२को मे महिनाबाट खुल्ने भएको छ | अहिले यसको निर्माण अन्तिम चरणमा पुगिसकेको छ | ८७ तल्लाको तो भबनका डिजाइनर इटालीका रेन्जो पिएनो हुन् | उनि विश्वका चर्चित र नामी डिजाइनरका रुपमा चिनिन्छन | ओसाका जापानको कान्सकी अन्तराष्ट्रिय विमानस्थलको अन्तराष्ट्रिय टर्मिनल, नेदरल्याण्डको NIMO साइन्स म्युजियम, न्युयोर्कको मोर्गन लिबर्टी, न्युयोर्ककै न्युयोर्क टाइम्सको भबन, सिड्नीको औरोरा प्लेस उनले डिजाइन गरेका केही प्रतिनिधि भबनहरु हुन् | यो भन्दा बाहेक उनको डिजाइनका लस एन्जल्स काउन्टी म्युजियम अफ आर्ट्स, कोलम्बिया विश्वबिद्यालय, हार्बर्ड आर्ट म्युजियम, रेन्जो पिएनो टावर क्यालिफोर्निया, माल्टाको संसदीय भबन, माल्टाकै ओपेरा हाउस लगायतका भबनहरु निर्माणका क्रममा छन् |

Friday, October 14, 2011

साँझको नयाँ सडक जिन्दगीको जात्रा (कविता); भूपी शेरचन


साँझको नयाँ सडक जिन्दगीको जात्रा


बाह्य सुकिली नयाँ सडक, छाँट्टिएर
पेटीहरु ओहोर–दोहोर गर्छिन् साँझमा
र स्लिवलेस्ब्लाउजको पाखुरामुनि खिचापोखरी
निसासिन्छ गल्लीका
काखीका रौंजस्ता झ्वास्स उम्रेका धमिला, दुर्गन्ध
घरहरुका माझमा
पसलहरुका शो–विण्डोभित्र
सू–जि वाँग हाँसो हाँस्तछन् हङकङ सुन्दरी
मैडम टेरिउल, मिस् नाइलन र सुश्री टेरिलिनहरु
र सम्मोहित कुमारी लूपकुमारीहरु
पाखुराभरि पेन्सिलिन इन्जेक्सनको
यात्राका पदचिन्हहरु बोकेर
अँध्यारा गल्लीहरुतिर लम्किन्छन्
ब्रेसरीको खर्पनमा बासी यौवनका फलहरु उचालेर
‘ट्रीप’ मा मग्न हिप्पीकुमारको अँगालोमा
अर्धनग्न पीताम्बर साडी–ब्लाउजमा
फ्लावर बेबी हिप्पी मैयाँ नयाँ सडकमा हिँड्छे

Wednesday, October 12, 2011

सबैभन्दा पहिले म एक नेपाली


सबैभन्दा पहिले म एक नेपाली


म सबैभन्दा पहिले कांग्रेस/ कम्निस्ट कि एक नेपाली??
म सबैभन्दा पहिले बाहुन, क्षेत्री, नेवार वा लिम्बु कि एक नेपाली??
म सबैभन्दा पहिले पहाडिया, मधेशी वा हिमाली कि एक नेपाली??
मेरो भाषा सबैभन्दा पहिले खस, नेवारी, अबध, भोजपुरी, मैथली, तमांग कि नेपाली??
मेरो पहिचानको पहिरन के?? इस्ट-कोट, जिन्स पाइन्ट कि दौरा सुरवाल??
म आफै भित्र आफ्नो पहिचान खोजिरहेछु; देश भित्र त सबै जात, धर्म, भाषा, आस्था, विचार र पहिरन अटाउन सक्छन,, त्यसैले सबैभन्दा पहिले म एक आम नेपाली,,, तर कतै आफ्नै पहिचान खोज्ने धुनमा देशलाई नै बिर्सीरहेको त छैन |
हो, सबैभन्दा पहिले म एक नेपाली अनि बल्ल अरु इतरका कुरा......