Thursday, April 26, 2012

छोराको प्रश्न (कविता); अजय ढुंगाना


छोराको प्रश्न

(जातीय संघियता बिरुद्धको कविता)

राति सपनीमा,
मेरो नजन्मिएको छोरा आयो,
अनि भन्यो,
एउटा प्रश्न सोधौ बा,
म मुस्कुराए,
अलिकति डराए,
तैपनि डर लुकाए,
अनि भने,
हुन्छ छोरा |

उसको कोमल अनुहार,
गम्भीर थियो,
केही मागिरहे जस्तो,
केही नभेटे जस्तो,
ओहो! कस्तो अपत्यारिलो |
उसले सोध्यो,
बा मेरो राज्य कुन हो?
म झस्किए, उसको प्रश्नले |
किन छोरा?
मैले प्रतिप्रश्न गरे,
मैले प्रश्न हैन,
जवाफ मागेको बा,
बालहठका आगाडि,
म नतमस्तक भए,
तैपनि जवाफ बिहिन रहे |

Tuesday, April 24, 2012

विश्वका १० अग्ला "बन्जी जम्प" हरु (World 10 highest Bungee jumps)

विश्वका १० अग्ला "बन्जी जम्प" हरु 
World 10 highest Bungee jumps



TEN (10)
नाभाजो ब्रिज, अमेरिका (१४२ मिटर)
Navajo Bridges, USA (142 m)

Thursday, April 12, 2012

शुभकामना नवबर्ष २०६९को


शुभकामना नवबर्ष २०६९को 

नव बर्ष २०६९को शुखद अवसरमा अभिनव.कमलाई माया गर्नुहुने सम्पूर्ण पाठक एबं शुभ चिन्तकहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ |


अभिनव.कम परिवार


तस्बिर: अजय ढुंगाना

Wednesday, April 11, 2012

स्कटल्याण्ड यात्राको सम्झना

केही दिन अगाडि गरेको स्कटल्याण्डको राजधानी इडिम्बर्ग  यात्रालाई आज ब्लगको यो पोष्टमा तस्विर मार्फत सम्झन खोजिरहेछु

अघिल्लो दिन हिउ परेर सेत्ताम्मे भएका भुइँहरुको जहाजबाट देखिएको दृश्य 


क्विन्स ग्यालरी, त्यहाँ पुग्दा यो बन्द भै-सकेको थियो, त्यसैले भित्र गैएन

गजल ११७, अजय ढुंगाना

गजल ११७

यो गजल एक जना गुरुको फेसबुक स्ट्याटसको कमेन्टका लागि मैले झन्डै २० मिनेट समय खर्चेर लेखेको हूँ, यो गजललाई पाँच शेर पुराउने रहर आजसम्म अधुरै छ :((

१   
सपनामा तिमी, सम्झनामा तिमी,
बिर्षन नसक्ने कल्पनामा तिमी,

२    
नजरको जादु कस्तो चलायौ,
होश उडाउने तिर्षनामा तिमी,

३   
म बोल्नै नसक्ने लज्जाई कस्तो,
मलाई जिस्काउने चहानामा तिमी,

४ 
मनको कुरा सुनाउ कसरी?
नसुन्ने एउटा बहानामा तिमी


अजय ढुंगाना
१७ मार्च, २०१२ 
लण्डन