Sunday, December 11, 2016

दोस्रो बजारमा धितोपत्र कारोबारका शर्तहरू



नेपालमा धितोपत्रको दोस्रो बजारको रुपमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) रहेको छ। दोस्रो बजारबाट धितोपत्र खरिद/बिक्री कार्य गर्नका लागि नेप्सेबाट स्वीकृति प्राप्त धितोपत्र दलाल मार्फ़त गर्नुपर्ने हुन्छ। हाल नेप्सेमा धितोपत्रको कारोबार स्क्रिन बेस्ड ट्रेडिङ सिस्टमबाट हुन्छ, जुन पुरानो ओपन-आउट-क्राई (चिच्याएर कराउने) प्रणालीलाई बिस्थापन गरेर सन् २००७को अगष्टमा भित्रिएको हो। स्क्रिन बेस्ड ट्रेडिङ प्रणाली कम्प्यूटरमा आधारित प्रणाली हो जसमा लगानीकर्तालाई बिभिन्न शर्त सहितको कारोबार गर्ने सुविधा उपलब्ध छ। सामान्यतया लगानीकर्ताले धितोपत्र खरिद वा बिक्री गर्नु परेमा खरिद/बिक्री आदेश फारम भरेर धितोपत्र दलाललाई दिने गर्दछन्। जुन आदेशमा उल्लेखित शर्त सहितको विवरण धितोपत्र दलालले  नेप्सेको प्रणलीमा प्रविष्ट गर्ने गर्दछन्।
कुनै लगानीकर्ताले आफ्नो नाममा धितोपत्र खरिद बिक्री गर्न सर्वप्रथम ग्राहक पहिचान फारम भरेर धितोपत्र दलालकोमा बुझाउनु पर्ने हुन्छ। उक्त फारममा उल्लेखित विवरणहरु सिस्टममा प्रविष्ट गरिसके पश्चात धितोपत्र कारोबारको लागि प्रत्येक लगानीकर्तालाई एउटा अलग्गै कोड प्राप्त हुन्छ। तत् पश्चात मात्र उक्त लगानीकर्ताले उक्त धितोपत्र दलालबाट धितोपत्रको कारोबार गर्न सक्दछ। लगानीकर्ताले धितोपत्र दलाल परिवर्तन गरेर कारोबार गर्न चाहेमा यस्तो पहिचान फारम पुनः भनुपर्ने हुन्छ। लगानीकर्ताले कारोबारको क्रममा खरिद/बिक्री आदेशमा बिभिन्न किसिमको शर्तहरु राख्न सक्दछन्। यो लेखमा लगानीकर्ताले प्रयोग गर्न सक्ने बिभिन्न शर्तहरुको बारेमा चर्चा गरिएको छ।

Tuesday, December 6, 2016

धितोपत्र सार्वजनिक निष्काशनमा लागू हुन लागेको आस्वा (ASBA) प्रणाली के हो?



नेपालको पूँजी बजारलाई सुधार गर्दै जाने क्रममा नेपाल धितोपत्र बोर्डले हालसालै "धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३" "धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३" जारी गरेको छ। बोर्डले २०७३ माघ देखी धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ लागू हुने जनाएको छ। उक्त निर्देशिका लागू भए पश्चात धितोपत्रको प्राथमिक निष्काशनमा Application Supported by Blocked Amount (ASBA) प्रणाली शुरुवात हुनेछ। यो व्यवस्था पश्चात पूँजी बजारको प्राथमिक निष्काशनमा गुणात्मक परिवर्तन हुने अपेक्षा गर्न सकिन्छ। यो लेखमा आस्वा (ASBA) प्रणाली के हो, यो प्रणाली अन्तर्गत लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा खरिद कसरी गर्नु पर्छ लगायत धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३ का यावत बिषयमा चर्चा गर्न गैरहेको छौं।

धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका २०७३, अन्तर्गत धितोपत्र खरिद कार्यको हाल भैरहेको व्यवस्थालाई पूर्ण रुपमा रूपान्तरण गरिएको छ। विश्वको धेरै देशमा प्रचलनमा आइसकेको आस्वा प्रणालीको नेपालमा लागू गर्न लागिएको मोडल भने Securities Exchange Board of India (SEBI) ले तयार पारेको मोडलबाट अप्नाइएको हो। यो प्रणालीमा धितोपत्र सार्वजनिक निष्काशन क्रममा लगानीकर्ताले आवेदन दिन चाहेको कित्ता बराबरको रकमलाई लगानीकर्ता कै खातामा रोक्का गर्न लगाएर, धितोपत्र खरिदको आवेदन दिनुपर्ने हुन्छ। निष्काशन तथा बिक्री प्रबन्धकले लगानीकर्ताको विवरण प्रशोधन गरेर धितोपत्र बाँडफाँट गरे पश्चात आवेदक लगानीकर्तालाई बाँडफाँट गरिए बराबरको रकम मात्र लगानीकर्ताको खाताबाट कट्टा गरी बॉंकी रकम उक्त खातामा रोक्का फुकुवा गरिन्छ।