बाटो

आज बाटोमा रथ दौडदैनन्,
बाटोमा हिडेका,
घोडाको टापको आवाज,
अंह सुनिदैनन्,
हिजो र आजमा,
फरक देख्दैछु म,
हिजो बाटोमा रथ दैड्दा,
केवल घोडाको टापको आवाज हुन्थे,
मान्छेहरु चुपचाप हुन्थे,
मौन हुन्थे बोट अनि विरुवाहरु,
शान्त रहन्थे आकाश र बादल,
यो हिजोको कथा,
तर आज बाटोमा रथ दौडदैनन्,
सुनिदैनन् घोडाको टापको आवाज,
बाटो चर्किएको पनि छैन,
र बाटो भत्किएको पनि हैन,