Tuesday, May 15, 2012

यू के बाट "गाउँमा किताव" [Book For Village] अभियानको लागि रू. ७२,५९७ [£ 534.59] संकलन




This post was taken from
www.nawangchophel.com
Chick here to view original source.
This post has been added here to spread this campaign [Book for Village] 

सामाजिक संजाल बाट शुरु भएको एक बिशुद्द स्वंयमसेवी अभियान "गाउँमा किताव" [Book for Village] अभियान, नेपाल को लागि अहिले सम्म यू के बाट रू. ७२,५९७ [£५३४.५९] जम्मा गरि नेपालका अभियानकर्मीहरुलाई हस्तान्तरण गरि सकेको कुरा सबैलाई जानकारी गराउन चाहन्छु । यहि गत शनिवार १२ मे, २०१२ को दिन आइ. एम. इ. मार्फत नेपाल पैशा पठाएको र विनिमय दर १३५.८० रहेको थियो । पहिलो चरणमा गाउँमा किताव अभियान अन्तर्गत सुर्योदय मावि सरिखेत, मकवानपुर, मेहन्द्र निम्न माध्यमिक विधालय बबियाबिर्ता मंगलबारे, मोरङ, सिद्देश्वोर उच्च माध्यमिक विधालय नलाङ, धादिङ र नेपाल राष्ट्रीय सामुदायिक उच्च माध्यमिक विधालय जर्बुटा, सुर्खेत गरि जम्मा ४ वटा विधालयहरुमा पुस्तकालय स्थापना गर्ने निर्णय भएको छ । यू के बाट मलाई बिश्वास गरि सहयोग गर्नु हुने सम्पूर्ण साथी र महानुभावहरुलाई धेरै धेरै धन्यवाद । नेपाल बाट गाउँमा किताव अभियानको प्रगति विवरण प्राप्त गरि तपाईहरु सबैलाई जानकारी गराउने नै छु ।  
नेपालमा रहनु भएका अभियानकर्मीहरुले तिब्र रुपमा धेरै भन्दा धेरै कितावहरु संकलन गरि रहनु भएको छ ।  हामी देश बिदेशमा रहेका सबैले आफ्नो फुर्सदको समयलाई मात्र यस अभियानको लागि सदुपयोग गर्न सकियो भने यस अभियानले बृहत रुप लिने छ र विभिन्न गाउँमा रहेक हजारौ बाल बच्चाहरुको भबिष्य उज्जल हुनेछ ।
नेपाल बाट यस गाउँमा किताव अभियानलाई शुरुवात गरि सफल पार्नको लागि मिहेनत गरि रहनु भएका मित्रहरु प्रकाश लामिछाने (बाबाजी), बिष्णु खत्री (बिष्णु दाई), बिनय गुरागाई (बिनय शेखर), हरि न्यौपाने (काका बा), सुधा सुबेदी, उर्मिला थपलिया, मुना चापागाईं, जनक राज नेपाली, इश्वोर काफ्ले, अनन्त कोईराला साथै अन्य प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नु हुने सबै साथीहरुलाई मुरी मुरी धन्यवाद । 

Tuesday, May 8, 2012

एउटा सर्ट मुभीको चर्चा

एउटा सर्ट मुभीको चर्चा

आइरिस लेखक रुड्डी दोय्लेको कथामा स्टेफ ग्रीनले निर्देशन गरेको एउटा कालो बर्णको बच्चाको कथा हो, न्यु व्वाइ | २००९ को अन्त्यतिर तयार भएको यो चलचित्र यु ट्युबमा निशुल्क उपलब्ध छ | यो सामग्री तयार पार्दासम्म यु ट्युबमा १८ लाख २८ हजार भन्दा बढी पटक हेरिसकिएको छ | हामी मध्ये धेरैले पनि यो चलचित्र पहिले नै हेरिसकेका हुन सक्छौ तर हामी मध्ये धेरैले अहिलेसम्म नहेरेका पनि हुन सक्छौ | मेरो व्यक्तिगत कुरा गर्नुपर्दा मैले झन्डै एक बर्ष पहिले यो चलचित्र हेरेको थिए तर आजसम्म पनि यो चलचित्रका दृश्यहरु मनमा स्पष्ट छन् | चलचित्रको जोसेफको शिर्ष भूमिका निर्बाह गर्ने ओलुतुंजी कोलको अभिनय जीवन्त छ | जोसेफको शिर्ष भूमिकामा कसरी छनोट गरियो भन्ने सन्दर्भमा निर्देशक ग्रीन येसो भन्छिन 

 Q.The young actor who plays Joseph, we don't really hear him talk very much and he has a very expressive face. I was curious how you went about finding him.

Sunday, May 6, 2012

सन्दर्भ विश्वावसु (कविता); यदुनाथ सरल


सन्दर्भ विश्वावसु

लम्जुंग दुराडाँडाका अग्रज कवि यदुनाथ सरलको कविता आजको ब्लग सामग्रीका रुपमा सविनय पेश गरे, यो कविता कवि सरलका सुपुत्र बेदराज ढुंगानाको 'फेसबुक वाल'बाट लिइएको हो |



आयो यो नववर्ष शान्ति सुखको सन्देशले शोभित
ल्याई ती अब आउने दिन बनून् सर्वत्र आनन्दित
यी प्राणी र वनस्पती प्रकृतिको वात्सल्य पाएपछि 
यो विश्वावसु नै सुखावह बनोस् वैशाख लागेपछि ।

पाखा पर्वत खेत चौर हरिया विस्तीर्ण बेसीतिर
मिल्दो भै जलवायु मौसम तथा ती खेतबारीतिर
उब्जा उन्नत शश्य श्यामल बन्यो धर्ती रसाएपछि
यो विश्वावसु होस् सदैव रसिलो वैशाख लागेपछि ।

आआँफै अनुशासन प्रिय बनून् यी देशवासी सबै
पीडा आतुरता र शोक नपरोस् निर्धक्क बाँचून् सबै
चाहन्थ्यौँ अनुकूल तन्त्र सबमा सद्भाव फैलेपछि
यो विश्वावसु बस्छ वर्षभर नै वैशाख लागेपछि ।

Saturday, May 5, 2012

अनौठो यात्रा, अनौठो उडान (कविता); अजय ढुंगाना


अनौठो यात्रा, अनौठो उडान

एउटा अनौठो यात्रा,
एउटा अनौठो उडान,
जिन्दगीका कर्कश रेखाहरु,
सधै कर्कशिला नहुदा रहेछन,
त्यसैले त एउटा अनौठो यात्रा,
अनौठो उडान |

शुभ प्रभात,
रंगको लालिमा,
फुस्स उड्दा,
तिमी गजल कोर्छौ,
प्रडायामका महत्व सम्झन्छौ,
म त्यहि बिहान,
बेलुकीको बाँकी ह्विस्की,
तुन्क्याउछु,
कफीका बट्टाहरु,
किचनका अल्मारीबाट,
गलल्ल हाँस्छन,
म अनौठो यात्राको,
उडानको प्रतिक्षामा छु |

Thursday, May 3, 2012

प्रश्नहरु जन्मिन्छन बिना सम्भोग नै

प्रश्नहरु जन्मिन्छन बिना सम्भोग नै 

म प्रश्नहरु माथि त्यति धरै निरंकुश हुन्न, प्राय प्रश्नहरुलाई निर्बाद रुपमा जन्मन दिन्छु | 

संयोग अचम्मको परेको थियो, प्राय यस्ता अवस्थाहरु अचम्म दयाक हुन्छन र त् संयोग भनिन्छन, जे होस् यो पटक मैले उत्तर भेटे पश्चात प्रश्न जन्मिएको थियो, यो प्रश्नले आफ्नो अस्थित्व हैसियत कुन रुपमा राख्छ, त्यो उ आफै जानोस, मलाई भने प्रश्नको अवतरण देखेर दया लागेर आएको थियो | 

घडीका सुइलाई एक फन्का घुमाएर म एकै पटक बाल्यकालमा पुग्दछु; मेरो बाल्यकाल जसले मसंग अनेकौ स्मृतिहरु सजाएको छ, जुन मेरो मस्तिष्कको एउटा कुनामा सधै जीवित भएर बाँचीरहेको छ हो त्यही बचपनमा पुग्छु म | चितवनको एउटा सानो गाउँको सानो चौघेरा भित्र सुन्दर सजिएको थियो त्यो | भद्दा सजिएको होइन, चरम अभावको खडेरीमा अल्झिएको होइन, बीच मै कतै, केही पाए जस्तो, केही पाउन अझै बाँकी जस्तो पनि |

'चौकैठ' नाघिन्, तर यात्रा रोकियो

रन्जु झा लगायत कथित जनकपुर बम काण्डमा जीवन गुमाउने सम्पूर्णको आत्माको चिर शान्तिको कामना

तल प्रस्तुत लेख नागरिक दैनिकको अनलाइन संस्करणबाट लिइएको हो |


देशविदेशका फिल्म फेस्टिभलहरूमा रुचाइएको छोटो फिल्म 'चौकैठ'मा मुख्य भूमिका निर्वाह गर्ने अभिनेत्री रञ्जु झाले उतारेका विम्बहरू अब फिल्मको पर्दामा सीमित भएको छ। जनकपुरको रामानन्द चोकमा सोमबार बम विष्फोटमा अन्य तीनसहित रञ्जुले मृत्युवरण गरिन्। फिल्म 'चौकैठ'मा पुरुषप्रधान समाजले निर्धारण गरिदिएको घेरालाई नाघ्दै प्रतीकात्मक विद्रोह गर्ने नारीको रूपमा देखिएकी रञ्जुको विम्ब वास्तविक जीवनमा पनि त्यस्तै थियो।  

'मिथिला समाजमा घुम्टोदेखि बाहिर निस्किएर ठाउँठाउँ नाटक देखाउँदै हिँड्न एउटी महिलालाई सजिलो छैन,' प्राज्ञ रंगकर्मी रमेशरञ्जन झाले भने, 'त्यसैले उनी मिथिला समाजमा बोल्ड नारीको रूपमा चिनिँदैथिइन्।'

रञ्जुको असामयिक निधनको खबर प्राप्त हुने बित्तिकै काठमाडौंमा रहेका रंगकर्मीहरूले थापाथलीस्थित शिल्पी थियटरको हलमा सोमबार साँझ शोक प्रकट गरे। विष्फोटको बेला अरू रंगकर्मी र स्थानीय संस्कृतिकर्मीसहित धर्नामा बसेकी थिइन् रञ्जु। 

Tuesday, May 1, 2012

गजल (राजेश कार्की)


अभिनव.कमका लागि अमेरिकाको लस् एन्जलसबाट इआर. राजेश कार्कीज्यूले पठाउनु भएको गजल आजको ब्लगको सामाग्री, गजलका लागि राजेशज्यूलाई हार्दिक धन्यबाद 

गजल

सधैँ सधैँ भुलाउने बातैमा तिमीले
जानी जानी छोइदिने हातैमा तिमीले

सँगै सँगै हिँडदा पानी परे सिमसिम
नजिक नजिक टसाउने छातैमा तिमीले

कहिले माया पिएर कहिले पिलाएर
डुबाउने त्यो हेराइको मातैमा तिमीले