Wednesday, November 30, 2011

अजय ढुंगानाका दश कविताहरु




अजय ढुंगानाका दश कविताहरु
(कविता संग्रह)


-अजय ढुंगाना



(विद्युतिय संस्करण)

प्रकाशक: अभिनव.कम
www.abhinaw.com




© ajaya dhungana (www.abhinaw.com), 2011
------------------------------------------------------------------------




समर्पण:
हजुरबुबा यदुनाथ 'सरल' मा












नाम: 'अजय ढुंगानाका दश कविताहरु'
विधा: कविता
लेखक: अजय ढुंगाना
प्रकाशक: अभिनव.कम
सस्करण: विद्युतिय, पहिलो (.)
सर्बाधिकार: अजय ढुंगाना र अभिनव.कम मा सुरक्षित
प्रकाशन मिति: नोभेम्बर ३०, २०११
मङ्सिर १४, २०६८
मूल्य: £.५० (यो पुस्तकको बिक्रीबाट उठेको रकम चितवनको ग्रामिण भेगमा रहेका चेपांग जातिको उत्थानको सहयोगका लागि प्रदान गरिनेछ )
---------------------------------------------------------------------------------------------------------------------------



CLICK TO BUY  

     अजय ढुंगानाका दश कविताहरु (कविता संग्रह)

Thursday, November 24, 2011

सन् १९५० ताकाको नेपाल

सन् १९५० ताकाको नेपाल


अमेरिकी पूर्व राष्ट्रपति टोनी हेगनले सन् १९५० ताका नेपाल भ्रमण गर्दा तयार पार्नु भएको यो भिडियोमा त्यति बेलाको सुन्दर अनुपम नेपाललाई कैद गरिएको छ | उहाँले गर्नु भएको झन्डै १४००० किलोमिटर पैदल यात्राको सक्षिप्त रुप हो यो भिडियो | यु ट्युबमा उपलब्ध यो भिडियो अहिलेको पुस्तालाई हेगनको अनुपम उपहार पनि हो |



Wednesday, November 23, 2011

All the world's a stage (Poem); William Shakespeare



All the World's a Stage

                                    
                                        
                                         




All the world's a stage,
And all the men and women merely players;
They have their exits and their entrances,
And one man in his time plays many parts,
His acts being seven ages. At first, the infant,
Mewling and puking in the nurse's arms.
Then the whining schoolboy, with his satchel
And shining morning face, creeping like snail
Unwillingly to school. And then the lover,
Sighing like furnace, with a woeful ballad
Made to his mistress' eyebrow. Then a soldier,
Full of strange oaths and bearded like the pard,
Jealous in honor, sudden and quick in quarrel,
Seeking the bubble reputation
Even in the cannon's mouth. And then the justice,

Monday, November 21, 2011

सनातन हिन्दु मन्दिर, वेम्ली, लण्डन

 सनातन हिन्दु मन्दिर, वेम्ली, लण्डन

आज हामी ब्लगको यो अंकमा लण्डनको वेम्ब्लीमा रहेको सनातन हिन्दु मन्दिरको दर्शन गराउने छौ | लण्डनमा रहेको थोरै ठुला हिन्दु मन्दिरहरु मध्येको एक यो मन्दिरको आधुनिक भवनको निर्माण हालसालै पुरा भएको छ | यसको निर्माण र त्यो संगै जोडिएका अरु कैयन कुराहरुको बारेमा ब्लगको अर्को अंकमा चर्चा गरौला | तर आजलाई भने गत बर्ष चैत्र महिनामा त्यहाँ पुग्दा खिचिएका केही तस्विरहरु तपाईहरुसंग बाढ्दैछु | मन्दिरको भित्री परिसरमा तस्विर लिन बन्देज गरिएको थियो, त्यसैले त्यहाँका बाहिरी आवरणका तस्विरहरु मात्रै मसंग छन् यति बेला |


Sunday, November 6, 2011

परिबर्तनका लागि एउटा अभियान

परिबर्तनका लागि एउटा अभियान
Clean Kathmandu revive its beauty.

हामी समुन्नत समाजको कल्पना गर्छौ | सुन्दर समाजको कल्पना गर्छौ | हाम्रो नगरी स्वस्थ र हराभरा भैदिए हुन्थ्यो भन्ने चाहना राख्छौ | तर हाम्रो चाहना वा कोरा कल्पनाले मात्रै समाज परिबर्तन हुने वाला छैन र  हुदैन पनि, तर कहिले सम्म हाम्रो टोल र नगर परिबर्तन हुदैन?? एक पटक सोचौ त् हामी कस्तो नगरीमा बाँचिरहेका छौ | हामीले फेर्ने प्रत्येक स्वासमा प्रदुषित हावा छ, हामीले टेक्ने प्रत्येक जमिन कुनै न कुनै रुपमा प्रदुषित भै-सकेको छ, हामीले पिउने पानीको प्रत्येक थोपामा डरलाग्दा जीवाणुहरु प्रसस्तै भेटिन्छन | हो, म चर्चा हाम्रो राजधानी काठमाडौँको गर्दै छु | हामी अस्वस्थ टोल, समाज र नगरका बासिन्दा, यति मात्रै होइन हामी संसार कै सबै भन्दा फोहर नगरका नगरबासी, संसारकै सबै भन्दा फोहर नदी हाम्रै शहरको बीच भाग भएर बग्दछ | यथार्थ यही हो, यो यथार्थ डरलाग्दो र भयङ्कर भै सकेको छ | बस्ताबमा हामी आफ्नो पहिचान फेर्दै छौ, हामी मन्दिर नै मन्दिरको शहरले विश्वमा चिनिने गर्थ्यौ, तर अब होइन विश्वका सबै भन्दा फोहरी मान्छे भनेर हामी आफ्नो नयाँ पहिचान बनाउदै छौ | सोच्नुस् त के तपाई यो नयाँ पहिचानमा गौरब गर्न सक्नुहुन्छ | पक्कै पनि सक्नुहुन्न |

हाम्रो सुन्दर कान्तिपुरी नगरीलाई सुन्दर राख्न हामी आजैबाट र आफैबाट परिबर्तनकारी पाइला चाल्न जरुरी छ | देशको सबै भन्दा बढी शिक्षित मान्छेहरुको आवादी भएको हाम्रो महानगरको स्थिती यस्तो भयावह छ | हाम्रो व्यवहारले हामी चेतना शुन्य मान्छे जस्तै भएका छौ | डरलाग्दा फोहरका थुप्राहरु हाम्रो दैनिकीको अभ्यस्त पाटा भै-सकेका छन् | हामी संसार मै सबै भन्दा धेरै टाइफाइडका बिरामी उत्पादन गर्ने फ्याक्ट्री तयार पारिरहेका छौ | हाम्रो शहरमा जन्मेका झन्डै ९२% नवजात शिशुमा जन्डिस (कमलपित्त) को जीवाणु भेटिन्छ | तपाई हामी आफैले पनि यो शहरमा जन्डिसले संक्रमित नभएको मान्छे भेट्न असम्भब प्राय भै-सकेको छ | यो हाम्रो डरलाग्दो बास्तबिकता |