Friday, October 17, 2014

कविता (शिर्षक दिन भ्याको छैन)

एउटै गोरेटो,
एउटै गल्ली,
एउटै साँझ,
एउटै रमझम,
बिचको
एउटै पार्टी,
र अनायशै हाम्रो भेट,
मेरो लागि असजिलो थियो,
सायद तिम्रो लागि पनि,
अप्ठ्यारो भयो होला ।

झरिले उन्मक्त साँझ,
अपरिचितहरुको भिड,
अनि नशाको तरंग,
मेरो लागि त काफ़ी थियो,
अबचेतन मस्तिष्कमा रहेका,
ति दिनहरु संम्झन,
सायद तिमीले पनि सम्झियौ होला,
त्यस्तरी नै ।