Thursday, October 29, 2015

गजल (रञ्जना पौडेल)


तिमी विनाको जिन्दगी, बॉंच्नुको के सार भो
हॉंसो दवियो मेरो यहॉं, आँशुको बजार भो

बिर्सियौं ति क्षण सारा, वाधा पनि भुल्यौं
मेरो सुन्दर जिन्दगीको सपना नै पार भो

मिठो बोली बोल्थ्यौं तिमी थाहा पाइन कप्टी रैछौ
मेरो मन तोडी हिड्यौ तिम्रो जीवन बहार भो

अतितका घटानाले हृदयमा घाउ लाग्यो
तिम्रो माया यो मुटुमा तरवारको धार भो

तिमी फूलको मुना थियौं, म बागको माली थिए
फूल गोड्न नपाउदैमा बाग झारै झार भो।


रञ्जना पौडेल